काठमाडौ । संकटा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औँ वार्षिक साधारण सभा गत शुक्रबार सम्पन्न भयो । राष्ट्रिय सहकारी संघका अध्यक्ष केशवप्रसाद बडालले सभाको उद्घाटन गर्दै गरिबी निवारणमा सहकारीको भूमिका अहम रहेको उल्लेख गर्दै आर्थिक विकासका लागि निजी, सरकारी र सहकारी तीनै क्षेत्र संगै मिलेर काम गर्नुपर्ने बताउनुभयो । अर्थशास्त्री डा. चिरन्जिवी नेपालले सहकारीले छरिएर रहेको पूँजीलाई एकीकृत गरी विभिन्न क्षेत्रमा लगानी गरेर राष्ट्रिय अर्थतन्त्रलाई भित्रबाट चलायमान बनाएको उल्लेख गर्नुभयो । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कून)का अध्यक्ष मिनराज कँडेलले बचत तथा ऋणसहकारीलाई वित्तीय कारोबारमा केन्द्रित हुन आग्रह गर्नुभयो । सभामा संस्थाका अध्यक्ष ईश्वरमान तुलाधरले आर्थिक वर्ष २०६८/२०६९को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । आर्थिक वर्ष २०६७/०६८मा शेयर पुंजी रु ५ करोड ७ लाख ८१ हजार ९ सय रहेकोमा आर्थिक वर्ष २०६८/०६९मा ०.५ प्रतिशतले वृद्धि भई रु ५ करोड ९ लाख ८ हजार ९ सय पुग्न सफल भएको जानकारी दिनुभयो । यस्तै आर्थिक बर्ष २०६७/२०६८मा रु ५१ करोड ५७ लाख ७ हजार ५ सय रुपैया निक्षेप संकलन गरेकोमा आ.ब.२०६८/०६९मा रु ६२ करोड ५ लाख ७ सय संकलन भएको सो सभामा जानकारी दिइयो । यस्तै कर्जा तर्फ आ.ब.२०६७/०६८ मा रु ३८ करोड ९० लाख ६० हजार कर्जा लगानी गरेकोमा आ.व.२०६८/०६९मा रु ४७ करोड ८० लाख ८ हजार ९ सय कर्जा लगानी गर्न सफल भएको संस्थाले जनाएको छ । यस्तै संस्थाले चालु आ.ब.२०६९।२०७०मा शेयर पूँजी ५ करोड ५० लाख पुर्याउने लक्ष्य लिनुका साथै चालु आ.व.मै निक्षेप ७३ करोड पुग्ने विश्वास लिएको छ । संस्थाका प्रवन्ध सञ्चालक बिन्देश्वर श्रेष्ठले दशैंअघि नै आºना सदस्यहरुलाई डेविट कार्डको व्यवस्था गर्ने योजना रहेको जानकारी दिनुभयो । यस्तो व्यवस्थाले दशैं तिहार वा अन्य चाडपर्वमा समेत रकम बोकेर हिंड्ने झन्झटबाट सदस्यहरु मुक्त हुने प्रवन्ध सञ्चालक बिन्देश्वर श्रेष्ठले भनाइ छ ।
You are here : इन्द्रेणी साप्ताहिक » आर्थिक समाचार » संकटा बचतले चालु आवमा ७३ करोड निक्षेप पुुर्याउने
-
Related Articles From This Category
लगानीकर्ताहरुको लागि शेयर संसारले सार्वजनिक गर्यो एसएस प्रो सफ्टवेयर
Published On 31 Aug 2018विगत ८ वर्षदेखि नेपाली शेयरबजार सम्बन्धी तथ्यपरक समाचार प्रकाशित गर्दै आएको र पोर्ट्फोलियो सफ्टवेयर पनि ...
हालसम्म ३ लाख भन्दा बढी विजेता
Published On 31 Aug 2018काठमाडौं । स्प्राइट रिफ्रेश बनायो रिर्चाज गरायो योजना भव्य रुपमा सञ्चालन भईरहेको छ । यस ...
ओप्पो एफनाइन सार्वजनिक
Published On 31 Aug 2018काठमाडौं । ओप्पोले नेपाली बजारमा नयाँ स्मार्टफोन एफनाइन सार्वजनिक गरेको छ । काठमाडौंमा गत बुधवार ...
आइएमई लिमिटेड र सुमेरु अस्पतालवीच सम्झौता
Published On 31 Aug 2018काठमाडौं । आइएमई लिमिटेड र सुमेरु अस्पताल वीच गत सोमबार सम्झौता भएको छ । सम्झौता ...
प्रभु इन्स्योरेन्स र नेपाल मेडिसिटी अस्पताल बीच सम्झौता
Published On 31 Aug 2018काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेड र नेपाल मेडिसिटी अस्पताल बीच नगद रहित सेवा प्रदान गर्ने ...
-
ताजा अपडेट
e-Papers
- Bhadra 15 (328)
- Bhadra 08 (675)
- Bhadra 01 (664)
- shrawan 25 (661)
- shrawan 18 (655)
- shrawan 11 (648)
- shrawan 04 (630)
- Ashad 29 (619)
- Ashad 22 (639)
- Ashad 15 (646)
- Ashad 08 (626)
- Ashad 01 (647)
- Jestha 25 (605)
- Jestha 18 (558)
- Jestha 11 (611)
- Jestha 04 (534)
- Baisakh 28 (480)
- Baisakh 21 (449)
- Baisakh 14 (383)
- Baisakh 7 (421)
- Chaitra 30 (248)
- Chaitra 23 (263)
- Chaitra 16 (230)
- Chaitra 2 (200)
- Falgun 25 (184)
- Falgun 18 (185)
- Falgun 11 (155)
- Falgun 4 (166)
- Poush 28 (163)
- Magh 12 (161)
- Poush 21 (159)
- Push 14 (136)
- Poush 7 (135)
- Mangsir 29 (124)
- Mansher 15 (136)
- Mangsir 8 (179)
- Mangsir 1 (156)
- Kartik 24 (156)
- Kartik 17 (142)
- Kartik 10 (130)
- Aasoj 20 (153)
- Ashoj 6 (148)
- Bhadra 23 (161)
- Bhadra 16 (186)
- Bhardha-09-2074 (146)
- Bhardha-02-2074 (147)
- Shrawan-27-2074 (178)
- Shrawan-20-2074 (146)













