जोमसमे बजारमा बाह्र बजे हावा सरर
ए हजुर घर हाम्रो पोखरा, अहिलेसम्म भा छैन घरवार
सनिबार सांझ कास्कीको गण्डकी बोर्डिङ स्कुलको होस्टेलमा यही गीत गुञ्जिदै थियो । दशै बिदामा अन्नपुर्ण क्षेत्रमा पदयात्रा जानेतयारी गरिरहेकाहरु यो गीत गाउदै थिए । जोमसोमको इको टुरिजम संग्राहलय जाने उनहरुहले निधो गरेका छन् । सो संग्राहलयमा अन्नपुर्ण क्षेत्रमा पाईने बिभिन्न प्रजातिका बनस्पति तथा पशुपंक्षी संरक्षित गरिएको छ । हिमाली जडिबुटी यार्सागुम्बा, पाँचऔले जस्ता बहुपयोगी बनस्पति म्युजियममा हेर्न सकिन्छ । आगामी एसएलसी परीक्षाको लागि बाताबरण, स्वास्थ्य तथा जनसंख्या बिषय अन्र्तगत बिद्यालयमा बुझाउनु पर्ने प्रोजेक्ट वर्क रिपोर्ट तयार पार्ने उदेश्यले उनीहरु त्यहाँ जान लागेका हुन ।
देश नै दशैमा डुबेको बेलामा भने अन्नपुर्ण क्षेत्रमा बिदेशी पर्यटकहरुले भरिभराउ भएको छ । असोज र कार्तिक महिनालाई पदयात्राको सिजन मानिन्छ । ज्यादै कम मात्र नेपाली पर्यटक यहाँ आउने गरेका छन् । नेपालीहरु मध्ये धेरै जसो त बाताबरणका बिद्यार्थीहरु अन्नपुर्ण क्षेत्रमा आउने गरेको पाइन्छ । अन्यत्रबाट यहाँ सरकारी सेवामा आएकाहरु एक हप्ता अगाडि नै घर फर्किसकेका छन ।
करीब ७,६३० बर्ग किलोमिटर क्षेत्रफल ओगेटेको अन्नपुर्ण संरक्षण क्षेत्र बिश्वकै उत्कृष्ट पदयात्रा मध्ये एक हो । त्यहा १२ सय बनस्पति, एक सय स्तनधरी प्राणीहरु, ४८८ प्रजातिका चराचुरुङगी पाईएको संरक्षण क्षेत्रको अभिलेखमा उल्लेख गरिएको छ । संरक्षण क्षेत्र भित्र रहेका बनमा डाँफे, मुनाल, कालिज, चीर, कोकलास जस्ता चराचुरुङगी देख्न सकिन्छ ।
मस्र्याङदी, काली गण्डकी, सेती, मर्दी, मोदी, मोदी नदी यहाँबाट मुल फुटेका प्रमुख नदीहरु हुन । घान्द्रक, घोरेपानी, अन्नपुर्ण आधार शिबिर, जोमसोम, मुक्तिनाथ र मनाङ यहाँ मुख्य पर्यटकीय गन्तब्य हुन । जानको लागि अप्ठेरो हुने तिलिचे ताल,नरफु गाउँ र उपल्लो मुस्ताङमा भने कम संख्यामा मात्र पदयात्रीहरु जाने गरेका छन ।
अन्नपुर्ण क्षेत्र परियोजनाले बिभिन्न स्थानमा सुरक्षित खानेपानी केन्द्र स्थापना गरेको छ । पदयात्रीहरु अशुद्ध पानीको कारण बिरामी नपरुन भनी सञ्चालन गरिएका यस्ता केन्द्रहरु बगरछाप, चामे, पीसाङ, हुम्दे, मनाङ, मुक्तिनाथ, कागबेनी, जोमसोम, मार्फा, टुकुचे, लेते र घासा भन्ने ठाउँहरुमा छन् ।
बाताबरणको दृष्टिकोणले निकै संबेदनशील सो क्षेत्रमा पदयात्रीहरुलाई क्याम्पफायर नगर्न नेपाल पर्यटन बोर्ड निर्देशन गर्ने गरेको छ । नेपाल सरकारसंग पदयात्रा अनुमति लिदा बाताबरणमा हानी गर्दिन भनी निबेदन पत्रमा सही गराईएको हुन्छ ।
जाडोबाट बच्ने न्यानो कपडाको प्रयोग हुन दिन त्यहा दाउरा र इन्धन निकै महँगो मुल्यमा मात्र पर्यटकले किन्न पाउने ब्यबस्था गरिएको छ । इन्धनको कम खपत गर्नको लागि सबै पर्यटकरुले एक छाकमा एउटै किसिमको परिकार अर्डर गर्न पदयात्री अनुरोध गर्ने गर्दछन् । ब्याट्री तथा बिद्युतीय उपकरणहरु पदयात्रीहरुलाई आपनो घरमा लिएर जानु पर्ने नियम बनाईएको छ ।
शरद ऋतुमा पर्ने दशैंमा नेपालीहरु बर्षेनी उही शक्तिपीठहरुमा गएर बलि चढाउने काम मात्र गरिरहेका छन । अब दिनमा नेपालीहरु पनि पदयात्रामा सहभागी भई देशका प्राकृतिक सुन्दरतामा हराउन सक्नु पर्ने देखिन्छ । त्यतिबेला मात्र दुर दराजका आदिबासीको समस्यामा केन्द्रीय सरकारको ध्यान जान्छ । एक पर्यटक एक रोजगारको अभियानमा लागेका अन्नपुर्ण क्षेत्रबासीको जीवनस्तर उकास्न सरकारले नेपालीहरु पदयात्राको बिशेष ब्यबस्था मिलाउन सकिन्छ ।
दशैं बिदामा अन्नपुर्ण पदयात्रा
Posted By admin On 19 Oct 2012. Under विविध समाचार
Comments are closed.













