काठमाडौं । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक दुर्जकुमार राई अमेरिकाको वासिङ्गटन डिसीमा आयोजना हुने ‘नेसा एक्जुकेटिभ सेमिनार’मा सहभागि हुन त्यसतर्फ प्रस्थान गर्नुभयो । उहांलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सशस्त्र प्रहरी नायव महानिरीक्षक पुष्पराम के.सी.लगायतका एपीएफ अधिकृतहरुले शुभकामनासहित हार्दिक बिदाई गर्नुभयो ।
विश्वका विभिन्न देशका सुरक्षा क्षेत्रका अधिकारीहरु बीच विस्तृत रुपमा छलफल तथा अन्तरक्रिया हुने कार्यक्रम रहेको उक्त सेमिनारमा क्षेत्रीय सुरक्षा चुनौती, रणनीतिक सुरक्षा विश्लेषण, संकट व्यवस्थापन तथा द्वन्द्व समाधान, सुरक्षात्मक कुटनीतिक विकास एवं एकआपसमा विश्वासको वातावरण सिर्जना गर्दै कसरी अघि बढ्ने भन्ने विषयमा छलफल केन्द्रित रहने बताइएको छ । ‘नेयर इष्ट साउद एशिया सेन्टर’द्वारा आयोजित उक्त सेमिनार असोज ३० गतेदेखि कार्तिक १४ सम्म संचालन हुने कार्यक्रम रहेको छ । सेमिनारमा सशस्त्र प्रहरी बलको तर्फबाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक दुर्जकुमार राईले सहभागिता जनाउनु भएको हो ।
राई अमेरिकातर्फ प्रस्थान
Posted By admin On 19 Oct 2012. Under सक्षिप्त समाचार
Comments are closed.












