काठमाडौँ/ विगत ४ दशक यतादेखि सामाजिक सेवाको क्षेत्रमा अग्रणी स्थान बनाउँदै क्रियाशील कामपा वडा.न.१९ स्थित मरूहिटी क्लवले आफ्नो ४३ औं स्थापना दिवसको अवसरमा अन्तर वडास्तरिय बुद्धिचाल प्रतियोगिता लगायतका विविध रचनात्मक कार्यक्रमको आयोजना गरेका छन ।
आज भन्दा ४३ वर्ष अगाडि स्थानीय क्षेत्र विकासको अवधारणालाई सम्बोधन गर्न स्थापित यस क्लवले त्यसबेला देखिनै समाजसेवाका क्षेत्रमा हरसंम्भव कार्यक्रम सञ्चालन गर्दै आईरहेको कल्व अध्यक्ष मणिश्रीरत्न बज्राचार्यले बताउँदै समाज सेवाका नाममा अनेकौ सामाजिक संस्था सञ्चालन भएपनि अभाव दवाव र प्रभावका कारण प्राय संस्था आफ्ना प्रस्तावित लक्ष्यमा पुग्न व्यवधान रहेको अवस्थामा मरूहिटी क्लवलाई अविचलितरूपमा गतिशिल तुल्याउन सहयोग गर्नुहुने सवैप्रति आभार व्यक्त गर्दै उहाँले स्थापना दिवसको क्रममा आयोजित कार्यक्रमलाई सफल बनाउन अपिल गर्नुभयो ।
यसैविच नेपाल बुद्दिचाल सङ्घका अध्यक्ष राजेशहरी जोशीको प्रमुख आतिथ्यमा हिजो सम्पन्न उद्घाटन सत्रमा क्लवका सल्लाहकारत्रय पुष्पराजन शाक्य, प्रचन्द्रलाल झा, निलरत्न शाक्य लगायतका वक्ताले बुद्दिचाल प्रतियोगिताको महत्व माथि प्रकाश पार्नु भएको थियो । प्रस्तुत प्रतियोगितामा क्रमश जनार्दन शर्मा, राजन पुरी, सिदिप बज्राचार्य, लवकुमार श्रेष्ठ, सिताराम अग्रवाल, हिमाल लामा, विवेक लामा, वालकृष्ण डङ्गोल, अरविन्दलाल जोशी, बावुरत्न बज्राचार्य, रमेशविर डङ्गोल, उदयलाल डङ्गोल, पुष्परत्न चित्रकार, मोहनमान श्रेष्ठ, हेराकाजी महर्जन, पद्मकारन्जीत, पद्म शाक्य, गम्भिरमान शाक्य, श्याम श्रेष्ठ, सुजन बज्राचार्य, सुरेन्द्र महर्जन, सञ्जय महर्जन, श्याम नापित, सुदेश जोशी, धर्म महर्जन, विश्वबन्धु मानन्धर, रितेशमान शाक्य, निलरत्न शाक्य,रामेश्वरहहर्जन लगायतका प्रतियोगिवीच बुद्दिचाल प्रतिस्पर्धा भईरहेका छन ।
मरूहिटीको स्थापना दिवस
Posted By admin On 19 Oct 2012. Under सक्षिप्त समाचार
Comments are closed.












