सामुदायिक वन उपभोक्ता समूहका सदस्य एंव चुरे भावर राष्ट्रिय एकता पार्टी बारा जिल्लाका अध्यक्षसहित वन हेरालु अपहरणमा परेको ४ दिन बितिसक्दा पनि कुनै खोजखबर छैन । उनीहरूको अपहरणको घटनाले घर परिवारलगायत गाउँ नै चिन्तित छ । नजिकिंदो बडादशैंका बेला अपहरणको घटनासँगै दुवैजनाको अवस्था अज्ञात रहनुले पनि घर परिवार चिन्तामा डुबेका छन् ।
बारा निजगढ–८ का ५२ वर्षीय अध्यक्ष भीमलाल श्रेष्ठ र सोही वडाका ५२ वर्षीय इन्द्रलाल चौलागाई बारासँग सीमा जोडिएको रौतहट कनकपुरसम्म सामुदायिक वन क्षेत्रमा रेखदेख र घाँस लिन बिहीवार बिहान घरबाट निस्केका थिए ।
बेलुकी अबेरसम्म घर नफर्केपछि र सम्पर्कमा नआएपछि कतै बाटो बिराए कि, जडली जनावरको पञ्जामा पो परे कि भन्ने भयो ।
स्थानीय बासिन्दाले वन क्षेत्र र वरिपरि बस्तीमा रातभर खोजी गरे तर पनि पत्तो लागेन । पीडित घर परिवार र चिन्तित गाउँलेहरूले अपहृतको मोबाइलमा कैयौंपटक सम्पर्क गर्दा बल्ल अपहृत वन हेरालु वृद्ध चौलागाईको मोबाइलमा शुक्रवार बिहान ७:३० बजे सम्पर्क भयो ।
मोबाइलमा कुरा गर्ने अज्ञात व्यक्तिले वृद्ध चौलागाईलाई घरका सदस्यसँग सम्पर्क गरापछि उनीहरू अपहरणमा परेको जानकारी दिए र लगत्तै सम्पर्क विच्छेद भयो ।
अहिलेसम्म सम्पर्क विच्छेद भएको पीडित परिवार, सामुदायिक वन समूहका पदाधिकारी र गाउँलेहरू बताउँछन् ।
अपहरण घटनाले गाउ चिन्तित
Posted By admin On 19 Oct 2012. Under सक्षिप्त समाचार
Comments are closed.












