पथलैया । पथलैयास्थित मध्य क्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालय रुद्रवाहिनीमा वन्यजन्तु अपराध नियन्त्रण सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
वन्यजन्तु अपराध नियन्त्रण ब्युरो र विश्व वन्यजन्तु कोषको सहयोगमा आयोजित कार्यक्रममा कार्यालय मातहत रहेका बारा, पर्सा र चितवनका २७ प्रहरी अधिकृतको सहभागीता थियो ।
वन्यजन्तु चोरी शिकारीलगायत अन्य अपराध बढिरहेकोले न्यूनीकरण गर्न सहज होस् भनी प्रशिक्षणको आयोजना गरिएको हो । नेपालको सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरीले विभिन्न नाका हुँदै वन्यजन्तु तस्करी हुने हुँदा त्यसबारे जानकारी गराउने उद्देश्यले तालिमको आयोजना गरिएको विश्व वन्यजन्तु कोषका अधिकृत माधव खड्काले जानकारी दिए । कार्यक्रममा विश्व वन्यजन्तु कोषका अधिकृत, पर्सा वन्यजन्तु आरक्षका कर्मचारीलगायतले प्रशिक्षण दिएका थिए ।
रुद्रबाहिनीमा अपराध नियन्त्रण तालिम
Posted By admin On 19 Oct 2012. Under सक्षिप्त समाचार
Comments are closed.












