काठमाडौं/ नेपालमा म्याक्स मोबाइलको आधिकारिक वितरक टेलिम्याक्सले म्याक्स मोबाइलको नयाँ मोडेल एमएक्स–४२१ (सुप्रिमो) नेपाली बजारमा बिक्री सुरु गरेको छ ।
एमएक्स–४२१ सेटमा डुयल सिमका साथै टिएफटी डिस्प्ले, २ मेगा पिक्सल क्यामरा, ब्लुटुथ/एफएम रेडियो, एमपी थ्री तथा एमपी फोर प्लेयरजस्ता सुविधा रहेको कम्पनीले जनाएको ।
सेटमा वाप/जिपिआरएस/एमएमएस, फेसबुक तथा टयुटरजस्ता सोसियल नेटवर्किङ आदि सुविधा छन् । ८ जिबीसम्मको मेमोरी कार्ड सपोर्ट सुविधा रहेको मोबाइल सेटको नेपाली बजार मूल्य ३ हजार ८ सय ९५ रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।













