कास्की/ पोखरामा मुख्य कार्यालय रहेको मेट्रो डेभलपमेन्ट बैंकले सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको पोखरामा सम्पन्न तेस्रो वार्षिक साधारणसभाले लाभांश वितरण प्रस्ताव पारित गरेको अध्यक्ष डा. पुष्पराज शर्माले जानकारी दिए ।
साधारणसभामा अध्यक्ष शर्माले आव ०६८/६९ सम्मको सञ्चित मुनाफाबाट १० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर वितरण प्रस्ताव पेस गरेका थिए ।
साधारणासभाले बैंकमा सर्वसाधारण सेयरधनीबाट प्रतिनिधित्व हुने गरी आगामी चार वर्षका लागि गोकुल न्यौपाने र कृष्णबहादुर बस्नेतलाई सर्वसम्मत सञ्चालकमा निर्वाचित गरेको छ । बैंकको हाल अधिकृत पुँजी २० करोड र चुक्ता तथा जारी पुँजी १० करोड छ ।













