काठमाडौं । वैदेशिक रोजगार व्यवसाय गुण्डागर्दी र कमिसनमाचलेको छ ।कुनै एजेन्ट वा नातेदार वा चिनेजानेका व्यक्तिले म्यानपावरमा पासपोर्टमात्र पुर्याए जनही १० हजार कमिसन पाउने गर्दछन् । एजेन्ट मार्फत म्यानपावरसम्म आईपुग्दा अझ बढी कमिसन वापतको रकम म्यानपावरले जोडेर लिने गरेका छन् । त्यसै गरी वैदेशिक रोजगारीमा जाने व्यक्तिले लिने अभिमुखीकरण तालिम दिने संस्था सम्म पुर्याए बापत एजेन्टले प्रतिव्यक्ति दुईसय कमिसन पाउने गरेका छन् । म्यानपावरले पढ्न पठाए पनि प्रतिव्यक्ति दुई सयका दरले कमिसन प्राप्तगर्ने गर्दछन् ।
वैदेशिक रोजगारीमा जानु अघि अभिमुखीकरण तालिम लिनुपर्ने वाध्यत्मक व्यवस्था ऐनमा समावेस गराएर कुनै पाठ्यक्रम नै तय नगरी ८ घण्टा पढाएको ७ सय लिने गरिएको छ । यो कमिसन सरकारी उच्चतहसम्म पुग्ने गरेको छ । ऐनमाव्यवस्थाभएवमोजिमतालिमदिने संस्थामा न त शिक्षक/प्रशिक्षक छन, न त पाठ्यक्रम नै पढाईन्छ । हाजिर गराएका भरमा तालिम दिएका पत्ताथमाएर प्रतिव्यक्ति सात सय उठाउँदै आएका व्यवसायी र विभागको मिलेमतोमा सर्वसाधारणमाथि ठाडै शोषण भै रहँदा सरकारका जिम्मेवार निकायहरु कमिसनमै मक्खभएका छन् । निरीक्षणका नाममा हाजिर भन्दा अन्य कुनै काम हुँदैन । नमिलेका वा हाजिर नभएकाको नाम लिष्ट तयार पार्न निरीक्षणमा जाने कर्मचारीले नै अनियमित रकम लिएर पास गराउने गरेका छन् । ऐनमा व्यवस्था भए अनुसार प्रशिक्षकको योग्यता ‘टट’ तालिमप्राप्त र स्नातक वा सो भन्दामाथि हुनुपर्ने व्यवस्था भएपनि यी शर्तहरु ५ प्रतिशत पनि पुग्दैन । एक/डेढ वर्ष अगाडि प्रतिगोटा पचास रुपैयामा बेचेर श्रम स्वीकृतिको फर्मसँगै पेश गर्ने व्यवस्था थियो । व्यवसायीहरुको अफिस झोलामै हुने गरेको थियो । सम्बन्धित शाखामा प्रति पत्ता २ सयका हिसावले रकम बुझाएपछि कर्मचारीले स्वीकृत गरिदिन्थे भने अहिले पेटीक्याँस नै आउने गरेको छ ।
सर्वसाधारणलाई ठग्न पल्केका म्यानपावर र अभिमुखीकरण तालिम व्यवसायीहरुले गुण्डागर्दीकै भरमा रकम असुल गर्दै आएका छन भने उनीहरुले भने बमोजिम रकम बुझाउन बाध्य पारिएको छ । रकम दिन इन्कार गरे तिम्रो पासपोर्टमा भिजा लागिसकेको छ, सर्ठिफिकेट पाउँदैनौ,यति रकम तिरेर पासपोर्ट लैजाउ होइन भने शुरुक्क विदेश जाउ भन्दै धम्काउने गरेका छन् । ओरिन्टेनसन व्यवसायी र म्यानपावरका विरुद्ध गए जे पनि हुन सक्ने भनेर सर्वसाधारणलाई त्राहीत्राहीबनाई रहँदा सम्बन्धित निकाय अनुगमनकानाममा घुष बटुलेर चित्तबुझाउने गरेको श्रोतले उल्लेख गरेको छ ।
तालिम दिने संस्थामा प्रशिक्षकमा श्रीमान/श्रीमती, एस.एल.सी पास वा अण्डर ग्रेजुएटले विना पाठ्यक्रम प्रशिक्षण दिने गरेका छन् । नयाँ पाठ्यक्रम वा निर्धारित पाठ्यक्रमका आधारमा पढाउने हो भने आधाभन्दा वढी सर्वसाधारण वैदेशिक रोजगारीमा जाँदैनन् एक व्यवसायीले उल्लेख गरे ।हाउस मेडमा वैदेशिक रोजगारीमा जान चाहानेले २१ दिन तालिम लिन अनिवार्य गरिएको छ । तर २१ दिन तालिम दिएका सर्ठिफिकेट वैदेशिक रोजगार अभिमुखीकरण तालिम व्यवसायीमहासंघले आँफै बेच्दै आएको छ । विभागमा दर्ता भएका करिब ७० यस्ता संस्थाहरुमध्ये करिब डेढ दर्जनको हाराहारीमा हाउसमेड तालिम दिने संस्थाहरु छन तर ती नाममात्रका हुन् ।तोकेको पूर्वाधार छैन् । २१ दिनको तालिमलाई ६ हजार र थपदुई दिनको सातसय गरि हाउसमेडमा जानेले तालिममा मात्र ७ हजार बुझाउनु पर्छ । वैदेशिक रोजगार प्रर्वद्र्धन वोर्डले निश्चितकोटा तोकेको छ । वोर्डले तोकेको कोटा सकिएपछि व्यवसायीहरुले मनपरी रकम लिने र वोर्डको मिलेमतोमा व्यापक भ्रष्टाचार हुने गरेको श्रोतले उल्लेख गरेको छ ।
वैदेशिक रोजगार ऐनलाई हात्तीको देखाउने दाँत बनाएर विभाग र व्यवसायीको मिलेमतोमा सर्वसाधारणमाथि दाई हाल्दा कसैको ध्यानपुग्न सकेको छैन । ऐनको दफा २२ को उपदफा २ मा व्यवस्था भए बमोजिम मासिक कतिको संख्यामा विदेशी विमानस्थलको लागि पासपोर्ट लैजान स्वीकृति लिने गरेका छन् यो रेकर्ड विभागले कहिल्यै सार्वजनिक गरेको छैन् । स्वदेशी विमानस्थलबाट टिकटको अभाव देखाउँदै भारतीय विमानस्थलहुँदै खाडी लगायतका मुलुकमा कामदार पठाउँदा समेत व्यापक अनियमितता हुने गरेको श्रोतले उल्लेख गरेको छ । पाँच हजारमा खुट्टाभाँच्ने, दस हजारमा ज्यानमार्ने र अपहरणको मुल्य बढी भएको व्यवसायमा संलग्न व्यवसायीहरुले धम्काउँदै समाचार नलेख्न पत्रकारलाई समेत धम्कीदिने गरेको श्रोतले दाबी गरेको छ ।













