काठमाडौं । नेकपा एमाले निकट पत्रकारहरुको भातृ संगठन प्रेस चौतारी नेपालको सातौ राष्ट्रिय सम्मेलन आगामी फागुन २५ र २६ गते विराटनगरमा हुने गत साता प्रेस चौतारीको केन्द्रीय समितिको मनकामना मन्दिरमा बसेको बैठकले निर्णय गरेपछि एमाले पत्रकारहरुमा चौतारीको भावी नेतृत्व हत्याउन चुनावी सरगार्मी शुरु भएको छ । केन्द्रीय बैठकले जिल्ला कार्य समितिबाट पुरुष २० सदस्य बराबर १ र महिला १५ सदस्य बराबर १ प्रतिनिधि छान्ने मापदण्ड बनाएको छ । यस पटक विधान संशोधन गरेर ३ उपाध्यक्ष र पाँच क्षेत्रीय संयोजक राख्ने, सचिव ३ र आरक्षित सिट राखी सबै केन्द्रीय पदाधिकारी र सदस्य निर्वाचित मात्र गर्ने व्यवस्था गर्न लागेको छ । त्यसका लागि छिट्टै विधान संशोधान मस्यौदा तयार पारिने स्रोतले बतायो ।
चौतारकिो अध्यक्ष उम्मेदवार बन्न वर्तमान अध्यक्ष गगन विष्टदेखि राजेन्द्र अर्याल, विष्णु रिजाल, श्रीधर आचार्य, गणेश बस्नेत, प्रमोद दाहाल, बाल कुमार नेपाल प्रतिस्पर्धाका रहेका छन् । यि मध्ये वर्तमान अध्यक्ष गगन विष्ट र पूर्व महासचिव प्रमोद दाहाल सर्वसम्मत भए मात्र अध्यक्ष बन्ने नत्र चुनावी प्रतिस्पर्धामा नउठ्ने भन्दै छन् । प्रेस चौतारीमा अध्यक्षको दरिलो उम्मेदवार नपाउँदा पूर्व अध्यक्ष एवं सल्लाहकार रहेकाहरु शम्भु श्रृेष्ठ, किशोर श्रेष्ठ, बालकृष्ण चापागाईं, महेन्द्र विष्ट, सूर्य थापा, गोपाल थपलिया, गोपाल बुढाथोकी मध्ये एकलाई ल्याउनु पर्ने चर्चा पनि भइरहेको छ । हाल अध्यक्ष बन्ने चर्चामा आएका नामहरुमध्ये दाहाल बाहेक सबैको हाइट त्यति पुग्दैन । पत्रकारिता क्षेत्रमा कसैको आशिर्वादले ठूलै जिम्मेवारी पाए पनि क्षमता, दक्षता, अनुभवको कमी रहेको एमालेका पुराना र अनुभवी पत्रकारहरु बताउँछन् । विगतमा गगन जस्ता सोझा, इमान्दार र गाई प्राणि व्यक्ति अध्यक्ष बनाउँदा संगठन विस्तार हुन नसकेको, प्रेस युनियन, क्रान्तिकारी पत्रकार महासंघसँग प्रतिस्पर्धा गर्न नसकेको र संगठन कहाँ छ खोज्नु पर्ने स्थिति देखिएको प्रेस चौताली आवद्ध पत्रकारहरुको टिप्पणी रहेको छ ।
अध्यक्षमा दाहाल सर्वसम्मत भए उपाध्यक्षमा राजेन्द्र अर्याल, विष्णु रिजाल, बाल कुमार नेपाल, गणेश बस्नेतको भिडन्त हुने छ । त्यसो त मोफसलबाट प्रकाश खतिवडा, दुर्गा प्रसाद शर्मा, शरद अधिकारीले पनि उम्मेदवार बन्ने चर्चा चलाएका छन् । महासचिवमा माधव नेपाल, लक्की चौधरी भिड्ने भएका छन् । उता सचिवमा उपेन्द्र केसी, टिका विष्ट, रामकुमार ऐलन उम्मेदवार बन्ने भएका छन् । कोषाध्यक्षमा विश्वमणी पोखरेल, गणेश पाण्डे, राजेश राई, नरेन्द्र साउद, विमला राई र सदस्यहरुमा शान्ति गुरुङ, डिल्ली पोखरेल, गोविन्द चौलागाई, शान्तराम विडारी, टिवी विरही, रामकृष्ण शर्मा, मुशेक, पोखरेल, शेरबहादुर केसी, सुदर्शन रिजाल, राजेन्द्र विष्ट, सम्झना वन, भीम ज्वाला राई, चेतन अधिकारी, बन्धु पोखरेल, अमृत नाथ तिमिल्सिना, दीपक सापकोटा, दीपेन्द्र खड्का, विष्णु बेल्वासे, श्रीराम सिग्देल, रामकृष्ण बोहरा, धनश्याम खड्का, र्सिजना आचार्य, सुरेन्द्र काफ्ले, रामशरण बजगाई, हेमकर्ण विक, अमृत बास्कुने, आदि उम्मेदवार बन्ने भन्दै हिडिरहेका छन् चौतारकिो नेतृत्व चयन गर्न महेन्द्र विष्टको संयोजकत्वमा केशव खनाल र सिहद राज राई रहेको तीन सदस्य निर्वाचन समिति गठन गरिएको छ ।













