काठमाडौं । केन्द्रिय सरकाले कर नतिरेका निजी विद्यालयका बिद्यार्थीलाई एसएलसीमा सामेल नगर्न परिपत्र गरेको छ । सरकारले धेरै थरीको कर निजी कम्पनीहरुमा थोपारेक छ । स्थानीय सरकारहरुले आफ्नो क्षेत्रमा प्रवेश गरेका निजी स्कुलका गाडीहरुलाई समेत प्रवेश शुल्क तोकेको छ । तर स्थानीय निकाय चूपचाप यो कर संकलन नगरी बसेको छ ।
भक्तपुर प्रबेश गरेका दर्जनौं विद्यालयहरुले कर तिरेका छैनन् । अव उनीहरुका विद्यार्थीहरुलाई सरकारले कर नतिरी नै परीक्षामा सामेल गराउने हो कि होइन हेर्न बाँकी छ । यसरी कर नतिर्ने हरुमा बल्खुचोकको वर्नहार्ट स्कुल समेत रहेकोछ । कैलालीको कपिलबस्तु ज्ञानज्योति शिक्षा सदन,जोरपाटीकोनर्थ भ्याली स्कुल, नक्सालको बृहस्पति बिद्या सदन, सितापाइलाको क्यापिटल हिल, कपनको रेलियन्स पब्लिक स्कुल, किर्तीपुरको ग्रीन भिलेज एजुकेशसन फाउन्डेसन, बानेश्वरको सोसाइटल स्कुल, गोदावरीको सेन्ट जेभिएर स्कुल, लुभुको सुर्योदय साइ स्कुल,बानेश्वरको इन्द्रधनुष स्कुल, जोरपाटीको मनकामना र त्यहीको बिपुल शिक्षा सदनले नगर क्षेत्रमा प्रवेश गरे बापत राजश्व तिरेको छैन । धनवानहरुको लागि छुटाइएको स्कुलहरुले समेत राजश्व नतिरेको पाइएको छ । यसरी स्थानीय कर छल्ने धनी स्कुलहरुमा बालुवाटारको सुप्रिम हाई स्कुल, चावहिलको युनिभर्सल टुर बालुवाटारको युनिभर्सल कलेज प्रिपेरटरी स्कुल रहेका छन् ।













