काठमाडौं । पूर्व युवराज पारस शाहलाई बैंककमा भारतीमूलका नागरिकले पिछा गरि सुरक्षा थ्रेट दिइरहेको भन्दै शाहले थाइल्याण्ड स्थिति नेपाली दूतावासमा सुरक्षा माग गर्दै निवेदन दिएका छन् । नेपालमा रहँदा पाकिस्तानी जासुसी संस्था आईएइसआईसँग निकट सम्बन्ध रहेका भनी आरोपित विवादास्पद सञ्चार उद्यमी युनिस अन्सारीसँग मिलेर भारतीय नक्कली मुद्रा र लागु औषधको कारोबार एवं नेपाली भूमि मार्फत् पाकिस्तानका सशस्त्र आतंकारी समूहलाई भारत प्रवेश गराउन भूमिका खेलेको आरोपमा शाह माथि भारतले निगरानी गर्दै आएको समाचार यस अघि सञ्चारमाध्यमहरुले प्रकाशित गर्दै आएका थिए । ०६२/०६३ को जनआन्दोलन सफल भएर गणतन्त्र आएपछि नेपालमा राजतन्त्र जानुमा पूर्व राजा ज्ञानेन्द्र शाहको भूमिका जिम्मेवार छ भन्ने पारसको विश्लेषण रहेको थियो तर ज्ञानेन्द्रको भने पारसको गुण्डा ट्यापे र अपराधिक प्रवृत्ति जिम्मेवार रहेको भनी बाबु र छोरा बीच आरोप प्रत्यारोप, राजनीतिक दलहरुको थ्रेट, कांग्रेस नेतृ सुजाता कोइरालाका ज्वाई रुवेल चौधरीसँगको चितवनको लफडा र भारतीय थ्रेट बढेफछि सिंगापुर पलायन भएका शाह २ वर्ष अघिदेखि बैंकक र दुवईमा बस्दै आइका छन् । त्यहाँ पनि पारसले लागु औषध सेवा र विक्री गर्दै आएपछि केहि समय अगाडि प्रतिबन्धित लागु औषध गाजा सहित पक्राउ परे धरौटीमा रिहा भएका थिए । पारसले सिंगापुर, हङकङ र दुवईमा नक्कली भारु को ५००, १०० को नोट तस्करी गरि नेपाल पठाउँदै आएको आशंकामा भारतीय सुरक्षा अधिकारीहरुले पारसको निगरानी गरेको हुन सक्ने स्रोतहरुले बताएका छन् । नेपालमा अहिले थाईलैण्ड नाका हूँदै भारतीय नक्कली मुद्रा नेपाल भित्रिएकोमा यसमा पारस शाहको हात हुने भारतीय गुप्तचर संस्था ‘र’ले आशंका गरेको बताइएका् छ । पारस लागू औषधको कुलतमा फसेका र त्यो खर्च धान्न तथा विदेशमा रहँदा गल्ड फेन्ड बनेकी थाइकेटीको खर्च धान्न पनि पारसले दुवई हुँदै भारतीय नक्कली मुद्रा तस्करीको कालो धन्दा चलाएको भारतीय सुरक्षा अधिकारीहरुले आशंका गरेका छन् । यस्तो केशमा लागेका विदेशी नागरिकलाई हत्या गर्ने भारतीय नीति रहेकाले सो कुराको पुष्टि हुन सके पारसको ज्यानमा खतरा आउने सक्ने सुरक्षा अधिकारहिरुको विश्लेषण गरहेको छ ।













