काठमाडौं/ मेगा बैंक नेपाल लिमिटेडले बाँकेको सीतापुर र कैलालीको चौमालामा शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ । मेगाका सीतापुर र चौमालासहित बैंकका शाखारहित बैंकिङ सेवा सञ्जाल १८ पुगेका छन् ।
‘यी सेवा विस्तार भएपछि बाँके र कैलालीका ग्रामीण क्षेत्रसम्म हाम्रो बैंकिङ सञ्जाल विस्तार हुनेछ, न्यूनआय भएका घरधुरीदेखि सहरका कर्पोरेट हाउससम्मको सेवाले हलोदेखि हाइड्रोसम्म भन्ने हाम्रो नाराको सार्थकता पुष्टि गरिरहेको छ,’ मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने ।
यसै साता दैलेखको नौमुले, दाङको रामपुर, रुपन्देहीको दयानगर र फर्साटिकार तथा चितवनको शारदानगरमा पनि शाखारहित सेवा विस्तार गर्ने मेगा बैंकका माइक्रो बैंकिङ प्रमुख युवराज गुरागाईंले जानकारी दिएको सो बैंकले विज्ञप्तिमार्फत जनाएको छ । बैंकले चालू आर्थिक वर्षको चैतभित्र ४५ शाखारहित सेवा पुर्याउने लक्ष्य लिएको छ ।













