रौतहट । बिरामी हजुरआमा भेट्न जिल्लाको सन्तपुर (म) गएकी सरिता चौलागाईंलाई माघ १० गते बुधबार साँझ ५:३० बजे अज्ञात समूहले अपहरण गरेको समाचार प्राप्त भएको छ । लामो समय अमेरिका बसेर नेपाल आएकी सरिता आफ्नो मावली घर जाँदा अपहरणमा परेकी हुन् ।
तराईमा रहेको सशस्त्र समूह तराई कोब्रा नामक समूहले अपहरण गरेको हुन सक्ने मानवअधिकारवादी नेता विनोद भण्डारीले बताए । पूर्व मन्त्री कमलप्रसाद चौलागाईंकी छोरी सरिताको अपहरणमुक्त गराउन विभिन्न मानवअधिकार संघसंगठन क्रियाशील रहेको समाचार जानकारीमा आएको छ ।













