आपुर्ति सचिव लालमणी जोशीले दुई रङको सिलिण्डर फागुन १ गतेदेखी अनिवार्य लागु हुने बताएका छन् । मिडिया इन्टरनेसनलले आयोजना गरेको ‘किन असफल भयो निलो सिलिण्डर योजना ?’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सचिव जोशीले जुनसुकै हातलमा भएपनि फागुन १ गतेबाट दुई रङ (निलो र रातो) को सिलिण्डर लागु गर्ने बताएका हुन् । ‘१ हुन्छ, २ हुन्छ, जसरी पनि फागुन १ गतेबाटै लागु भएरै छोड्छ, जोशीको कथन छ ।’ कानुनी प्रकृया मिलाउँदा दुई रङको सिलिण्डर बजारमा आउन ढिला भएको सचिवको भनाई छ । ट्रेडमार्क, कार्यविधी, अनुदान, मुल्यसूची सबैकुरा मन्त्रिपरिषदबाट पारित भैसकेकोले व्ययभारमा लागु गर्न मात्र बाँकी रहेको भन्दै सचिवले २ रङको सिलिण्डर लागु भैसकेपछि व्यापारी प्रयोजनका लागि छुट्याइएको निलो सिलिण्डरको मुल्य बढ्ने र सर्वसाधरण उपभोक्ताले प्रयोग गर्ने रातो सिलिण्डरको मूल्य यथावत हुने पनि जानकारी दिनुभयो । उपभोक्तले जति पनि मुल्य तिर्न सक्ने क्षमता भएको भए २ रङको सिलिण्डर बजार ल्याउनुपर्ने आवश्यकता नभएको भन्दै जोशीले सर्वसाधरण उपभोक्तकै लागी २ रङको सिलिण्डर बजारमा ल्याउन लागेको हो । २ रङको सिलिण्डरको प्रयोगबाट निगमको घाटा घट्ने, उपभोक्तालाई अनुदान पनि हुने र बजारमा ग्यासको अभाव पनि नहुने सचिवले स्पष्ट पारेका छन् ।
कार्यक्रममा बोल्दै नेपाल आयल निगमका कार्यकारी प्रमुख सुरेश अग्रवालले कारबाहीको नाममा ग्याँस कम्पनीहरुको पिडियो काट्न नमिल्ने बताउनुभएको छ । पिडीयो काट्दा ग्यास अभाव सृजना भै सर्वसाधरणको भान्सा रोकिने भन्दै सर्वसाधरणको भान्सा रोक्ने पक्षमा आयल निगम छैन । ग्याँसको कोटा काटेको समाचार गलत हो ।
ग्याँस बिक्रेता महांसघका महासचिव महेश्वर श्रेष्ठ भन्छन् : ग्याँस वितरण कार्डलाई आफुहरुले जिम्मा लिएपनि डिलर मापदण्ड प्रमाणित नगर्दा समस्या परेको छ । चामल, तरकारी र औषधी पसलले समेत ग्याँस बेच्न पाउने नीतिको अन्त्य हुनुपर्छ । कार्ड लागु हुने र अनुदान कहिले र कति दिने भन्नेकुरा स्पष्ट हुनुपर्छ ।
एल पि ग्यास उद्योग संघका वरिष्ठ उपाध्यक्ष शिवप्रसाद घिमिरले दुई रङको सिलिण्डर ल्याउने भन्ने कुरामा आफुहरु सहमत भएको बताए । बिगतका दिनमा केही असमझदारी भए पनि अहिले सरकारलाई यस विषयमा पूर्ण सहयोग गर्न तैयार छौं भन्दै घिमिरेले भने– घरायसी र व्यापारीक प्रयोजनको लागी ५०/५० प्रतिशत सिलिण्डर बजारमा ल्याउने सरकारको निर्णयप्रति इंगित गदै प्रतिशत तोक्ने काम बजारको मागले हो, सरकारले होइन, निलो सिलिण्डर २ प्रतिशत मात्र पनि बिक्री हुनसक्छ ।’ कार्यक्रममा बोल्दै उपभोक्ता अनुसन्धान अधिकार मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले ग्यास कार्ड भर्ने कुरामा सर्वसाधरण अझै अन्योल रहेको बताए । के का लागी र सरकारले अनुदान दिने कुरामा विश्वास नहुँदा उपभोत्ताले कार्ड भर्न आनाकानी गरेको खुलासा पनि गरे । उनले यस्ता कुरामा सचेत गराउनुपर्ने बताए ।
pandeybimala789@gmail.com













