काठमाडौं । नेपाल राष्ट्र बैक नेपाल सरकार बाट मान्यता प्राप्त यसको भुक्तान मान आएमा नेपाल राष्ट्र बैकबाट रुपैया एक हजार तुरुन्त पाईने छ लेखिएको नेपाली एकहजारको नक्कली नोट विगत केहि समय यता बजारमा भेटिन थालेको छ ।
प्रसंग नेपाल बिद्युत प्राधिकरण कुलेश्वर वितरण केन्द्रमा बिद्युत महशुल बुझाउन पुगेका ग्राहकले प्राधिकरणलाई बुझाएको महशुल बुभ्mने क्रममा प्रस्तुत नक्कली नोट भेटिएको हो । प्राप्त समाचार अनुसार ति नाम बतन नखुलेका र दुईवटा महशुल कार्डको महशुल तिर्न आएका ति व्यक्तिले बुझाएको रु ३५ हजारका वित्तामा मिसाईएको क ०२–२७२०४७ नम्बर र तत्कालीन गभर्नर सतेन्द्रप्यारा श्रेष्ठको हस्ताक्षर रहको नक्कली एक हजारको नोट भेटिएको बताउँदै केहि समय अगाडि पनि यस्तै नोट भेटिएको प्राधिकरणका एक जिम्मेवार कर्मचारीले हामीसंगको भेटमा बताए । त्यस्तै महशल तिर्ने क्रममा बेलाबखत भेटिने गरेको नक्कली नोट र कारवाही सम्बन्धमा अव पनि त्यस्तो नोट भेटिए तत्काल नक्कली नोट कब्जामा लिई कारवाही गर्न निर्देशन दिईसकेको बताउँदै प्राधिकरणका प्रमुख श्यामकुमार यादवले खोई के गर्ने भन्ने जस्तो हल्का अभिव्यक्ति दिए । यसरी पटक पटक राज्य मातहतका निकायमा महशुल तिर्ने नाममा नक्कली नोट भजाउँने क्रममा तिब्रता आउँदा समेत ति नक्कली नोट बाहकलाई पक्राउ गर्नुको नक्कली नोट बाहकलाई यो नक्कली भन्दै महशुल काउन्टरका कर्मचारील फिर्ता दिनु र ति बाहकले बिद्युत प्राधिकरण कुलेश्वर परिसमानै य हो र भन्दै नोट च्याटचुट पार्दै हिड्डा समेत प्राधिकरण एवम् सम्बद्ध कर्मचारीले छानविनका लागि सरोकारवाला निकायमा खवर नगरि मुकदर्शक बन्नु आफैमा अनुसन्धानको विषय हुनुको अलावा नेपाल बिद्युत प्राधिकरण नक्कली नोट भजाउँने अखडाका रुपमा देखिएको छ ।
कतै तपाई हामी संग भएको रुपैया एकहजारको नोट पनि कतै नक्कली त होईन चनाखो बन्नु पर्ने अवस्था श्रृजना भएको छ ।












