नेपाली जनताले २०/२५ हजार मूल्यको ग्रामीण क्षेत्रको जग्गा खरिद बिक्री गर्दा पनि मोलको आधारमा राजस्व बुझाउनु पर्दछ । अंशबण्डा गर्दा पनि मोलको आधारमा राजस्व बुझाउनु पर्दछ । अंशबण्डामा मोलको आधारमा २५ लाखसम्मको सम्पत्तिमा ०.२ प्रतिशत र सो भन्दा माथि २ करोडसम्म ०.३ प्रतिशत र २ करोड माथि ०.४ प्रतिशतका दरले राजस्व बुझाउनु पर्दछ । यस अनुसार २५ लाखको सम्पत्ति बण्डा गरेमा ७ हजार ५ सय रुपैयाँ राजस्व तिर्नु बुझाउनु पर्दछ । २५ हजार भन्दा बढी मोलको सम्पत्ति बिक्री गर्दा सहरी क्षेत्रमा ४ र अन्य क्षेत्रमा २ प्रतिशत राजस्व लाग्दछ । तर लाखौं रुपैयाँ मूल्य पर्ने बाइक र दशौं लाखदेखि २ करोडसम्म मूल्य पर्ने सवारी साधन दोश्रो पटक खरिद बिक्री गरेमा गाडीमा सिर्फ रु २७० र बाइकमा ७० रुपैयाँ मात्र राजस्व लाग्ने कानूनी व्यवस्था नेपालमा रहेको छ । सवारी आयात गर्ने डिलरबाट पहिलो क्रेताले खरिद गर्दा सवारी साधन बिक्री गर्ने कम्पनीले नै भन्सार, आदि राजस्व तिरी बुझाई सकेकोमा नामसारी गर्दा कुनै शुल्क नलाग्नु स्वभाविक नै हो । तर दोश्रो पटक सवारी साधनको खरिद बिक्री भई स्वामित्व परिवर्तन हुँदा खरिदबिक्री बापत वा स्वामित्व परिवर्तन हुँदा राजस्व लगाइनु पर्नेमा लगाउने गरेको पाइँदैन । १ लाख मूल्य पर्ने जग्गा खरिदबिक्री गर्दा सर्व साधारण नेपालीले सहरी क्षेत्रमा ४ हजार र ग्रामीण क्षेत्रमा २ हजार राजस्व राज्यलाई बुझाउनु पर्दछ तर एक लाख मूल्य पर्ने बाइक बिक्री गर्दा सिर्फ ७० रुपैयाँमात्र राजस्व लाग्दछ । सर्वसाधारण नेपाली र हुने खाने, शहरी क्षेत्रमा बसोबास गर्ने आर्थिक रुपमा सम्पन्न वर्गलाई राजस्व छुट दिनु विभेदको प्रष्ट उदाहरण हो । राज्यले यस्तो विभेद गर्न नहुने हो ।
डिलरले पहिलो पटक सवारी साधनको बिक्री गरेकोमा खरिद बिक्री बापत कुनै राजस्व लिनु हुँदैन । त्यसपछि सवारी धनीले तेश्रो व्यक्तिलाई बिक्री गरिन्छ भने जग्गा खरिदबिक्रीमा झैं किन राजस्व नलिने ? एउटै कित्ता जग्गा वर्षमा ५ पटक बिक्री हुन्छ भने ५ पटक नै राजस्व तिर्नु पर्दछ । तर सवारी साधनमा एक पटक पनि राजस्व तिर्नु पर्दैन । अहिले देश भर १२ लाख सवारी साधन रहेका छन् । खरिद बिक्री गरिँदा न्यूनतम खरिद मोलको आधारमा राजस्व असूल गरिनु नै नागरिक नागरिक बीचको विभेदको अन्त्य हो । अहिले यो आर्थिक वर्षमा लगभग दुई पाँग्रे सवारी साधन २ लाख ५२ हजार र ४ पाँग्रे सवारी साधन ६३ हजारको खरिद बिक्री हुने मोटामोटी तथ्यांक रहेको पाइयो । दुई पाँग्रेबाट १ करोड ७६ लाख र ४ पाँग्रेबाट १ करोड ७० लाख राजस्व उठ्ने रहेछ । यदि खरिद विक्री, नामसारी, स्वामित्व परिवर्तन गर्नु पर्दा न्यूनतम मोलको आधारमा ३/४ प्रतिशतमात्र राजस्व लगाउने हो भने अरबौं रुपैयाँ थप राजस्व उठ्न सक्दछ । सवारी साधन खरिद बिक्रीमा राजस्व तिर्न कसैलाई भार पर्ने कुरा पनि हुँदैन । लाख रुपैयाँको बाइक किन्दा ३/४ हजार राजस्व तिर्न वा २० सौ लाखको गाडी किन्दा ७०/८० हजार वा एक लाख रुपैयाँ नै राजस्व तिर्न कुनै कठिनाइ हुँदैन । यदि गाडिमा सिसीको आधारमा १००० सिसीसम्म न्यूनतम रेट र सो भन्दा माथिमा प्रति १०० सिसीको ५ हजारको दरले नामसारी वा बिक्री राजस्व लिनु पर्दछ । बाइकको पनि १०१ सिसी सम्म न्यूनतम र १०१ सिसि भन्दा बढीमा प्रति सिसी १०० रुपैयाँका दरले नामसारी शुल्क लिनु न्यायोचित हुन्छ ।
गाडी आयातमा पनि ठूला गाडी र १०१ सिसी भन्दा बढीका बाइकमा बढी सिसीका आधारमा बढी भन्सार आदि राजस्व लिइनु न्यायोचित हुन्छ । यसरी उठ्ने राजस्व मध्ये केही प्रतिशत अंश ट्राफिक व्यवस्थापन र धुलो र धुँवामा रातोदिन कत्र्तव्य पालन गर्ने ट्राफिक प्रहरीलाई प्रदूषण भत्ता बापत दिलाइनु पर्दछ । पेश हुन लागेको अहिलेकै बजेटमा माथि सुझाए झैं सामान्य सुधार गरेर अरबौं राजस्व बढाउन सकिने तर्फ अर्थ मन्त्रीज्यू, अर्थ मन्त्रालयले कदम चाल्नु पर्दछ भन्ने एउटा नागरिकको हैसियतले म विनम्र अनुरोध गर्दछु । माथिको स्थिति गत वर्षको हो । आगामी आर्थिक वर्षमा पनि यस विषयमा विचार हुन र सवारी नामसारीमा राजस्व उठाउनु पर्छ भन्ने लागेकाले प्रेषित । गत वर्ष यो सुझावलाई सरकारले लागु गरेन, आगामी आर्थिक वर्षको बजेटमा कर लिने व्यवस्था गरिनु पर्दछ ।
You are here : इन्द्रेणी साप्ताहिक » लेख रचना » जग्गामा कर लिने, गाडीमा चैँ छुट किन ?
-
Related Articles From This Category
मधेशी जनता दृढ भएर अगाडि बढ्न जरूरी
Published On 31 Aug 2018अरविन्द साह — सदियौंदेखि मधेशी, दलित, आदिवासी जनजाति, महिला तथा मुस्लिम समूदायमाथि केन्द्रिकृत एकात्मक तथा पितृसत्तात्मक ...
नेपालको गौरवमय राष्ट्रियता, राजतन्त्र, हिन्दु अधिराज्य र प्रजातन्त्र बचाउन कटिवद्ध हौं !
Published On 31 Aug 2018दीर्घराज प्रसाई नेपालमा हामी अनादिवासी, आदिवासी र आप्रवासी तीन थरिका बासिन्दा छौं । ब्रामण, क्षेत्री, ...
लोकतन्त्र र बेरोजगार नेपाली युवा
Published On 24 Aug 2018धीरेन्द्र झा मैथिल लोकतन्त्रबाट नेपाली जनताले आशा राखेका थिए । के–के नै होला भनेर मनमा सोचेका ...
बलत्कारीको लिङ्ग छेद्यन नगरी बलत्कारी समस्या हट्दैन
Published On 24 Aug 2018दीर्घराज प्रसाई बलत्कार समस्या अत्यन्त ठूलो पीडाको रुपमा देखा परेको छ । नेपाल, भारत लगायत विश्वका ...
चुरे संरक्षण र नदी नियन्त्रण आजको आवश्यकता
Published On 17 Aug 2018उपेन्द्र झा सप्तरीदेखि पर्सासम्म तोकिएको प्रदेश नं. २ को सिमानाभित्र बग्ने नदीहरू पश्चिमको नदीहरूभन्दा भिन्न चरित्रको रहेकोले यसले ...
-
ताजा अपडेट
e-Papers
- Bhadra 15 (328)
- Bhadra 08 (675)
- Bhadra 01 (664)
- shrawan 25 (661)
- shrawan 18 (655)
- shrawan 11 (648)
- shrawan 04 (630)
- Ashad 29 (619)
- Ashad 22 (639)
- Ashad 15 (646)
- Ashad 08 (626)
- Ashad 01 (647)
- Jestha 25 (605)
- Jestha 18 (558)
- Jestha 11 (611)
- Jestha 04 (534)
- Baisakh 28 (480)
- Baisakh 21 (449)
- Baisakh 14 (383)
- Baisakh 7 (421)
- Chaitra 30 (248)
- Chaitra 23 (263)
- Chaitra 16 (230)
- Chaitra 2 (200)
- Falgun 25 (184)
- Falgun 18 (185)
- Falgun 11 (155)
- Falgun 4 (166)
- Poush 28 (163)
- Magh 12 (161)
- Poush 21 (159)
- Push 14 (136)
- Poush 7 (135)
- Mangsir 29 (124)
- Mansher 15 (136)
- Mangsir 8 (179)
- Mangsir 1 (156)
- Kartik 24 (156)
- Kartik 17 (142)
- Kartik 10 (130)
- Aasoj 20 (153)
- Ashoj 6 (148)
- Bhadra 23 (161)
- Bhadra 16 (186)
- Bhardha-09-2074 (146)
- Bhardha-02-2074 (147)
- Shrawan-27-2074 (178)
- Shrawan-20-2074 (146)











