मधेशको अधिकार आन्दोलनको अगाडि राज्य नत्मस्तक भए पनि मधेशप्रतिको भेदभाव नीतिमा किञ्चित परिवर्तन भएन । मधेशबाट धेरै संख्यामा मधेशको प्रतिनिधी जितेर आएको संविधान सभाको चुनावको परिणामलाई स्वीकार्नु राज्यको बाध्यता थियो । एकातिरबाट राज्य मधेशप्रति सहिष्णु बनेको ढोंग गर्यो भने अर्कोतिर मधेशलाई उनको अधिकारबाट पछाडि धकेल्न षडयन्त्रका रणनीतिलाई अगाडि बढायो । मधेश आन्दोलन पश्चात् लगत्तै कार्यान्वयनमा ल्याएका राज्यका ती षडयन्त्रहरू विजयोन्मादमा रहेका मधेशका दलहरूलाई दृष्टिगोचर हुनै सकेन । आज षडयन्त्रका लामो फेहरिस्तबाट मधेश टुटेर कमजोर भएको सबैले अनुभव गरेका छन् ।
देशको मेरूदण्डीय भूमिकामा मधेश रहेको कुरा सबैले स्वीकार गरेका छन्, तर मधेशलाई स्वायत्त रूपमा अधिकार दिन चाहादैन । मधेशलाई आफनो धरातलमा एकीकृत रूपमा राज्य स्वीकार गर्न चाहादैन, बरू गैर मधेशी पार्टीहरूको कित्तामा खण्डित गरि गुलामको रूपमा स्वीकार्य छ । चापलुसीको भरमा ऊ सबै राज्य सुविधा दिन तयार छ भने आन्दोलनको चुनौतीलाई ऊ स्वीकार्दैन ।
मधेशको फरक संस्कृतिका कारण नै राज्यले मधेशीप्रति भेदभावको रवैया अद्यावधि कायम राखेको छ । मधेशीमाथि उनको किञ्चित पनि विश्वास छैन । सहस्राब्दियौंदेखि आफनै भूमिमा रहेका यी भूमिपुत्रहरू नेपाली बन्न सकेका छैनन् । गोपालवंशी, महिषपालवंशी, किरातवंशी, लिच्छवीवंशी, मल्लवंशी तथा शाहवंशी राजाहरू मधेशको उपस्थितिमा गुज्रेका हुन् । मल्लकालमा उपत्यकामा मिथिला राज्यको वर्चस्व कायम रहेको इतिहासले भने पनि शाहवंशले गोर्खाली राज्य कायम गरि मधेशीलाई मधेशमा मात्र सिमित गर्यो । त्यहींबाट मधेशीलाई मस्र्या, धोती, मदिशे, भारतीय आदि अपमानजनक संज्ञाले बोलाउन र विदेशी सरहको भेदभाव गर्ने प्रचलनको थालनी भयो । शाहवंशी पृथ्वीनारायण शाहले गोर्खाली राज्यको स्थापना गरेर सो राज्यको संरक्षण र सम्बद्र्धन गर्न खसलाई जिम्मा लगायो । यही गोर्खाली राज्यले मधेशमाथि अतिरञ्जित भेदभाव राखी मधेशलाई राज्यविहिन अवस्थामा पुर्यायो । अधिकारविहिन अवस्थामा मधेशलाई नियन्त्रणमा राख्न धेरै सामन्तहरूलाई मधेशमा बित्र्ता दिई नियुक्त गरियो । ती सामन्तहरू मधेशीलाई दास र गुलाम सरह व्यवहार गर्दै राज्य गर्न थाले । फलत: दास, गुलामको अवस्थाले मधेशमा चाकरी, चापलुसीको संस्कारको विकास गर्यो । यही संस्कारको परिणामस्वरूप धेरै मधेशीहरू उच्च ओहदासम्म पुग्न सफल भयो । व्यक्तिको सफलता चाकरी, चापलुसीको भरमा मात्र प्राप्त गर्ने आधार भएकोले चाकरी मधेशीको नियति बन्यो ।
राज्यका सामन्तहरूले मानसिक रूपमा मधेशीलाई कमजोर बनाउाद,ै उनको स्वाभिमानलाई निल्दै जाादा त्यही चाकरीको संस्कारभित्र विद्रोहको अंकुरण पनि हुन लागेको थियो । समयको अनुकूलता पाएर मधेशको स्वाभिमान जागृत भई चाकरी प्रथालाई चिरेर विद्रोह सतहमा आयो । राज्यको लागि अप्रत्याशित रूपमा उठेको मधेश विद्रोह र त्यसमार्फत ल्याईएको संघीयताको मााग राज्यको लागि असह्य थियो । राज्य बडो चातुर्य तथा कूटनीतिक कला प्रयोग गरि मधेशमाथिको षडयन्त्र जारि राख्यो । एकातिर संविधान सभालाई निष्प्रयोजन बनाउन सफल भयो भने मधेशी दलहरूलाई आफनो प्रभावमा लिएर एकअर्कासंग जुधाउने, कमजोर पार्ने, तथा मधेशमै बदनाम गराउने प्रपंचमा पनि सफल भयो ।
संघीयता विरोधी मानसिकताले जहाा पहिलो संविधान सभालाई अन्त गरायो, सरोकारबालामा उत्साह घटेको बेला, मधेशका दलहरू आफनै धरातलमा प्रभावहीन अवस्थामा आएपछि फेरि संविधान सभाको चुनाव गराई गैर मधेशवादी दलहरू संविधान सभामा आफ्नो वर्चस्व कायम राख्ने धेरै गम्भीर षडयन्त्र अगाडि बढाएको छ । पहिलो संविधान सभाको चुनावमा मधेशमा साख गुमाएका गैर मधेशी राजनीतिक दलहरूले अहिले मधेशलाई आफनो कब्जामा लिन अनेक किसिमका चुनावी रणनीति अख्तियार गरेका छन् । मधेशबाट अत्यधिक सीट हासिल गरि मधेश, मधेशी दलहरूलाई अल्पमतमा पार्न र मधेश आन्दोलनलाई जरैदेखि उखेलेर फाल्ने गुरूयोजना सबैले अनुभूत गरेको कुरा हो । दीर्घकालीन रूपमा मधेशको अधिकारको आवाजलाई दबाउन राज्यको यो षडयन्त्र मधेशमा केन्द्रित हुन लागेको हो । जुन जालझेलबाट पहिलो संविधान सभाको अन्त गरियो, यसपालि मधेशी दलहरूको प्रतिनिधी न्यून बनाएर संविधान सभालाई आफनो प्रभावमा पारि मनोमानी ढंगको संविधान बनाउने नियत स्पष्ट छ । संघीयता बिषयमा नेपाली कााग्रेस, एमालेभन्दा फरक देखिएको एमाओवादी भारत भ्रमणबाट फर्केर आएपछि प्रचण्ड “भाषाको आधारमा संघीयता” को परिभाषा गर्न थालेपछि कााग्रेस, एमालेको परिभाषाभन्दा भिन्न नरहेको स्पष्ट हुन आउाछ । सबैशक्ति एकोहोरो रूपमा मधेश मामिलामा खनिएपछि मधेशका राजनीतिक दलहरूलाई प्रतिरक्षात्मक पंक्तिमा उभिनु पर्दछ । संविधान सभाको अन्तिम अवस्थामा नेपाली कााग्रेसले ल्याएको ११ प्रदेशको मनगढन्ते प्रस्तावको विरूद्ध मधेशी मोर्चाले जनजातिसंग मिलेर जसरी प्रतिकार गरेको थियो, त्यस्तै आज पनि मधेश विरूद्ध भई रहेको षडयन्त्रको सबै मिलेर सामना गर्नु पर्दछ । मधेशको आवाज पनि यही हो र मधेशी दलहरूको नैतिकता देखाउने अवसर पनि ।
किञ्चित शक्तिको भरमा उन्मादित मानसिकताले मधेशको धरातलीय यथार्थलाई पहिचान गर्न सक्दैन र गलत निर्णय नै सही लाग्ने भएकोले मधेशका दलहरूलाई संयमित रूपमा सोच्न आवश्यक छ । मधेशका जनतामा पार्टीहरूप्रति वितृष्णा रहेपनि मधेशी उम्मेदवारलाई नै वोट दिने बाध्यता छ । गैर मधेशी पार्टीहरूले पनि मधेशी उम्मेदवार दिएर यसको भरपूर फायदा उठाउन सक्दछ । यसबाट मधेशको धरातलीय राजनीतिको धेरै ठूलो हानि हुन्छ । मधेशलाई मधेशीबाट नै निस्तेज पार्ने राज्य षडयन्त्र विरूद्ध मधेशी दलहरू एक ठाउाबाट प्रतिकारात्मक रूपमा चुनाव लड्नु के उसको दायित्व होईन ? मधेशको नाममा राजनीति गर्ने तर मधेशप्रति सम्बेदनशील हुन नसक्ने राजनीतिक दलहरूको अलग अलग चुनाव लड्ने रणनीति गैर मधेशी पार्टीहरूलाई फायदा पुर्याउने मनसाय होइन भने अरू के हो ? सिंगै मधेशले राजनीतिक दलहरूलाई एक हुन आकााक्षा प्रकट गरि रहेको बेला एकअर्कामाथि दोषारोपण गर्दै हिंड्नु, पारस्परिक सहमतीका लागि बहस छलफलमा नबस्नु व्यक्तिगत राजनीति नभई अरू के भन्न सकिन्छ ? विनाशकालमा बुद्धि विपरित दिशामा जाने भनेको यही हो । एक्ला एक्लै चुनाव लड्नु पार्टीको लागि किञ्चित हित गर्छ भने यसबाट मधेशको हित हुने कुरा पटक्कै मान्न सकिन्न ।
व्यक्तिगत अहंकारमा फासेका दलहरू न्यून भएर संविधान सभामा प्रतिनिधित्व गर्नुभन्दा मधेशमा जरा गाड्न लागेको षडयन्त्रको विरूद्ध एकजूट भई ज्यादा संख्यामा प्रतिनिधित्व गर्नु बेस हुने कुरा बुझ्दा बुझ्दै दलहरू मधेशका लागि पारस्परिक वैमनस्यता हटाई एकजूट हुन जरूरी छ । व्यक्तिगत झगडाले मधेशलाई ठूलो क्षति व्योहोर्नु पर्ने हुन्छ । मधेशलाई मधेशी दलहरूले विगारेको इतिहास बनाउनुको कलंक लिनुभन्दा समय छादै सहमती गरि एक भएर चुनाव लड्नु बुद्धिमानी हुनेछ । सहिष्णुता, त्याग, दुर्दर्शिताको अभावमा निष्प्राण रहेको राजनीतिले अखण्ड मधेशको अधिकार कथमपि दिलाउन सक्दैन भने दीर्घकालीन रूपमा व्यक्तिगत फायदा पनि हुन सक्दैन । मधेशका दलहरूको अकर्मण्यता र टूटफूटका कारण मधेशी जनतामा उब्जिएको वितृष्णा, असन्तोष, अविश्वासलाई आफनो प्रभावमा लिने रणनीतिका तहत गैर मधेशी दलहरू मधेश पसेको बेला पनि मधेशका दलहरू यसको विरूद्ध एकजूट हुन नसक्नु दुर्भाग्य मात्र होइन, दलहरूको विनाश पनि हो । मधेशको आकााक्षा विपरित जानु जानि जानि क्षति व्योहोनु हो । मधेशले नै अस्तित्वमा ल्याएको यी दलहरूको अस्तित्व व्यक्तिको भरमा होइन मधेशको भरमा सुरक्षित रहन्छ । त्यसकारण मधेशको इच्छा अनुसार हिंडनु नै असल राजनीतिको द्योतक बन्न सक्दछ र मधेशका राजनीतिक दलहरूको छवि पनि प्रखर रूपमा उदाउन सक्दछ ।
(मधेश दर्पण फिचर सेवा)











