आउादै गरेको गाइजात्रालाई मध्यनजर गर्दै पोखरामा हुने गाइजात्रा नृत्य (तायामचा नृत्य) प्रतियोगिताको तयारी तिव्र पारिएको छ । पोखरा–४, रामकृष्णटोलमा यहि भाद्र ८ गते हुने उक्त प्रतियोगिता सम्पन्न गर्नका लागि मङ्गलप्रसाद माकाजुको संयोजकत्वमा पााच सदस्यीय समिति गठन गरिएको छ । समितिका सदस्यहरुमा ढाकामोहन पराजुली(कृष्ण), शरण लिगल, मुक्ति पराजुलि रहुनभएको छ भने सदस्य–सचिवमा किरण कोइराला रहनुभएको छ । समिति गठनसागै प्रतियोगिता–मूल समारोह समिति–२०७० सचिवालयको समेत उद्घाटन गरिएको छ ।
सचिवालयको उद्घाटन गर्दै समाजसेवी तथा नेवा खल कास्कीका उपाध्यक्ष अशोक पालिखेले तायमचा नृत्य प्रतियोगिता सम्पन्न गर्नका लागि आफनो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्दै पुर्खाबाट नै चल्दै आएका यस्ता संस्कृतिको संरक्षण गर्ने दायित्व जाति विषेशको मात्र नभई सबै नेपालीको भएको बताउनुभयो । प्रतियोगिता संयोजक मङ्गल प्रसाद माकाजुको सभापतित्वमा भएको कार्यक्रममा सदस्य ढाकामोहन पराजुली(कृष्ण), सदस्य–सचिव किरण कोइराला लगायतले आ–आफना भनाइ राख्नुभएको थियो ।
त्यस्तै गरेर प्रतियोगितालाई सम्पन्न गर्नका लागि वसन्त कुमार लिगलले २५ हजार, अशोक पालिखेले ५ हजार ५ सय ५५, भिम बहादुर श्रेष्ठले ५ हजार ५ सय, गोकर्णलाल लिगलले ५ हजार १, दिपक मुल्मीले ५ हजार ५ सय ५, कमलराज लामिछानेले ५ हजार १ र भक्तराज श्रेष्ठले ५ हजार ५ सय सहयोग गरेको समितिका संयोजक मङ्गल कुमार माकाजुले बताउनुभयो । प्रतियोतिालाइृ सम्पन्न गर्नका लागि आर्थिक तथा आवश्यक सहयोग गर्न समेत माकाजुले सबैमा अनुरोध गर्नुभएको छ । गतवर्षमा जस्तै यस वर्ष पनि हुने प्रतियाेिगता पोखराका विभिन्न स्थानमा हुदै आएको छ ।









