काठमाडौं । बर्तमान सरकारले पूर्ण वजेट ल्याउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । मिडिया इन्टरनेसनलले आयोजना गरेको कार्यक्रममा उनीहरुले पूर्ण बजेट नआए देशले आर्थिक कष्ट भोग्नुपर्ने भन्दै सरकारलाई पूर्ण आकारको बजेट ल्याउन सुझाएका हुन् ।
सहकारी तथा गरीवी निवारण मन्त्रालयका सचिव लालमणी जोशीले अबको लगानी उत्पादन क्षेत्रमा हुनुपर्ने बताउादै सरकारले पनि त्यसतर्फ ध्यान दिने बताउनुभयो । सहकारी मार्फत उत्पादन क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिदैं उहााले सहकारी गरिवहरुकै लागि भएको र आफू सहकारीको विकासमै लाग्ने प्रतिवद्धता जनाउनु भयो । उहााले सहकारी मार्फत देशको गरिवी घट्ने कुरामा आफू विश्वस्त रहेको पनि बताउनु भयो । सहकारी मन्त्रालयमा आएपछिको पहिलो सार्वजनिक कार्यक्रममा सहकारी क्षेत्रका संचालकहरुमा शिक्षा र चेतनाको अभाव रहेको औंल्याउादै चेतना मुखी कार्यक्रम अघि सार्ने प्रतिवद्धता पनि ब्यक्त गर्नुभयो । देशमा उत्पादनको आबश्यक्ता भएकोमा जोड दिादैं उत्पादन कार्यमा अघि बढ्न सबैलाई आग्रह गर्नुभयो ।
सो अवसरमा राष्ट्रिय सहकारी संघका अध्यक्ष केशब बडालले कुनै पनि सरकारलाई आर्थिक क्षेत्रमा राम्ररी काम गर्ने वातावरण निर्माण गरीनुपर्ने आबश्यक्ता औंल्याउनुभयो । उहााले देशमा २००७ सालदेखिका सबै सरकार अस्थाई भएको उल्लेख गर्दै बर्तमान सरकारलाई पूर्ण बजेट ल्याउन बाट रोक्न नहुने धारण राख्नुभयो । सरकारको अस्थीरताका कारण देशको अर्थतन्त्र सुदृण हुन नसकेको उहााको भनाई थियो ।
कार्यक्रममा बरिष्ठ अर्थबिद डा. चन्द्रमणी अधिकारीले बर्तमान सरकार अस्थायी भएपनि अर्थतन्त्रमा अस्थायी सरकारको महसूस गर्न नहुने बताउनुभयो । सरकारले पूर्ण बजेट ल्याउनु पर्ने धारण राख्दै उहााले बर्तमान सरकारलाई राजनीतिक दलहरुले धेरै हस्तक्षेप गर्न नहुने उल्लेख गर्नुभयो । उहााले उत्पादन क्षेत्रमा लगानी बढ्नेगरी बर्तमान सरकारले बजेट विनियोजन गर्नेमा आफू आशावादी रहेको समेत बताउनुभयो । उहााले राज्यको अर्थतन्त्रलाई मजबुत पार्नका लागि पनि आर्थिक बर्षका बजेटहरु अधुरो हुन नहुने तर्क गर्नुभयो ।












