ढाका । बङ्गादेशमा प्रतिपक्षी समर्थकहरूले रेलमार्ग बिगारिदिएकाले एक रेल आफ्नो मार्गबाट बाहिर गएको छ भने यी घातक प्रदर्शनबीच जनवरीमा हुने भनिएको निर्वाचन सर्नसक्ने देखिएको छ ।
यस मुलुकमा निर्वाचन आयोगले जनवरी ५ मा निर्वाचन हुने भनी मिति घोषणा गरेको दुई दिनपछि वरिष्ठ अधिकारीहरूले प्रतिपक्षी पार्टीको भनाइ सुन्न निर्वाचन मिति सार्न सकिने बताए । प्रतिपक्षले उक्त निर्वाचन बहिष्कार गर्ने बताएको छ । प्रमुख प्रतिपक्षी बङ्गलादेश नेसनालिस्ट पार्टी (बीएनपी) तथा उसका सहयोगीहरूले प्रधानमन्त्री सेख हसिनाले निर्वाचन गराउन निष्पक्ष कार्यवाहक सरकार गठन गर्न राजिनामा दिनुपर्ने माग गरेका छन् ।













