मालद्वीपका राष्ट्रपतिको चीन भ्रमण
कोलम्बो । मालद्वीपका राष्ट्रपति अब्दुल्ला यामिनले आफुले चीन भ्रमणको कार्यक्रम बनाइरहेको बताउनुभएको छ । आफुले आगामी केही महिनाभित्र चीनको भ्रमण गर्न लागेको जानकारी दिनुभएको हो । द्विपक्षीय सम्बधको विकासका लागि सो भ्रमण गर्न लागेको जानकारी उहााले दिनुभयो । तीन दिनको औपचारिक भ्रमणका लागि हाल श्रीलङ्कामा रहनुभएका राष्ट्रपति अब्दुल्लाहले आफु आगामी फेब्रुअरी या मार्चमा चीन र जापानको भ्रमण गर्ने जानकारी दिनुभएको समाचारमा जनाइएको छ ।
झिनो आशाको शान्ति सम्मेलन
तेहरान । जेनेभामा सुरु भएको सिरियासम्बन्धी शान्ति सम्मेलनको सफलताप्रति झिनो आशा रहेको इरानी राष्ट्रपति हसन रोहनीले बताउनुभएको छ । विगत तीन वर्षदेखि सिरियामा जारी रक्तपातपूर्ण द्वन्द्व अन्त्यको लागि सिरियामा बुधबारदेखि स्विट्जल्यान्डको मोन्ट्रो सहरमा शान्ति वार्ता सुरु भएको छ । राष्ट्रपतिको आधिकारिक बेभसाइटमा केही राष्ट्रहरूको सहभागितामा सुरु भएको सिरिया विषयको उक्तबाट समस्या समाधानका लागि निकै कममात्र आश रहेको बताउनु भएको छ । केही राष्ट्रको सहभागितामा हुन लागेको यस वार्ताले स्थायित्वका लागि खासै सहयोग नगर्ने पनि उहााले बताउनुभएको छ । राष्ट्रपति बसार अल असादको सन् २०११ को मार्च महिनादेखि राजिनामाको मागगर्दै सुरु भएको जनआन्दोलनको समाधानका लागि जेनेभामा यो दोस्रो पटक सम्मेलन हुन लागेको हो । संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुन, अमेरिकी विदेशमन्त्री जोन केरी र रसियाली विदेशमन्त्री सेर्गेइ लाभरोभको सम्मेलनमा औपचारिक सम्बोधन गरी सुरुवात गर्नुभएको थियो । सम्मेलनमा करिब ४० राष्ट्र र अन्तर्राष्ट्रिय समूहलाई मोन्ट्रो सहरमा भइरहेको यस शान्तिवार्ता निमन्त्रणा गरिएको छ ।
बालअधिकार संरक्षण गरिने
याङ्गुन । बालअधिकार सुरक्षित गर्न विभिन्न पहलहरू गरिने म्यानमारको बालअधिकार सम्बन्धी राष्ट्रिय समितिले जनाएको छ । समितिका अध्यक्ष डा.डाओ म्याट म्याट ओन खिनले न्यूनतम बालअधिकारहरू–बााच्न पाउनु, कुप्रभावबाट बच्न पाउनु, दुरुपयोगहुनुबाट बच्नु, श्रम शोषण हुनबाट बच्नु र परिवार, संस्कृति, सामाजिक जनजीवनमा घुलमिल हुने जस्ता गतिविधिहरू सुनिश्चित गर्न सरकारले प्रत्याभूति दिने तर्फ विशेष कदम चाल्ने बताउनुभएको छ । डा. डाओ म्यानमारको समाजकल्याण राहत र पुर्नवास मन्त्री समेत हुनुहुन्छ । उहााले म्यानमारको बालकानुन १९९३ को संशोधन गरिने र राष्ट्रिय बालकार्य योजना २००६–२०१५ पनि पूर्णरुपमा छिट्टै लागु गर्ने बताउनुभयो । याङगुन बाल विकाश केन्द्र पनि छिट्टै स्थापना गरिने बताउनुभयो । म्यानमारले सन् २०१७ सम्ममा बालअधिकार सम्बन्धी राष्ट्रसङ्घीय समझदारी पत्र अनुसार प्रतिवेदन बुझाउनु पर्ने छ ।
आक्रमण सातको मृत्यु
इस्लामावाद । पाकिस्तानमा प्रहरी भ्यानलाई लक्ष्यगरी गरिएको बम आक्रमणमा उत्तरपश्चिममा सात जनाको मृत्यु भएको समाचार छ । उक्त आक्रमणमा एक विद्यार्थीसहित सात प्रहरीको मृत्यु हुनुको साथै अन्य नौ जना घाइते भएको पनि स्थानीय सञ्चार माध्यमले जनाएको छ । यस आक्रमणबाट घाइते भएका प्रहरी, विद्यार्थी र सर्वसाधारण व्यक्तिहरूलाई नजिकैको अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ । हालसम्म यस आक्रमणको कुनै पनि समूहले जिम्मा लिएको छैन । पाकिस्तान प्रहरीले कराची सहरमा जारी रहेको पोलियो थोपा खुवाउने कार्यक्रमस्थलमै पुगेर ती कार्यकर्ताको हत्या गएिको समाचारमा बताएको थियो । पोलियो थोपा खुवाउन पुगेका कार्यकर्तालाई नै लक्ष्यगरी तालिवानहरूले आक्रमण गरेको बताइएको छ । पोलियो थोपा खुवाउन पुगेका कार्यकर्तालाई बारम्बार तालिवानले नै आक्रमण गर्ने गरेका हुनाले आजको आक्रमणमा पनि तालिवानकै हात रहेको हुनु पर्ने प्रहरीले अनुमान गरेका छन् ।













