गम्भीरबहादुर हाडा
परिचय
पर्यटन शब्दको कुरा गर्दा फ्रेन्च शब्द त्यगचष्कmभ बाट उत्पत्ति भएको हो । यसको शाब्दिक अर्थ भने–‘त्जभ उचबअतष्अभ या तयगचष्लन यच तचबखभििष्लन ायच उभिबकगचभ यच चभअचभबतष्यल बलम तजभ नगष्मबलअभ यच mबलबनझभलत या तयगचष्कतक बक ब दगकष्लभककू भनी गरिएको छ । सामान्य अर्थमा भन्ने हो भने पर्यटन पर्यटकको माध्यमबाट सञ्चालन गरिने व्यवसाय हो ।
यो व्यवसायिक रूपमा सञ्चालन हुन्छ । पर्यटकहरूले आफ्नो आनन्द र मनोरन्जनका लागि पैसा खर्च गर्न तयार हुन्छन् । पर्यटन मुख्य रूपमा तीन आधारबाट तयार हुन्छ । (१) यातायात (२) स्थान विशेष (३) सर्व सुविधा । पर्यटन त्यस्तो विषयमा मात्र सम्बन्धित गरिएको छ जो घरबाट बाहिर स्वदेश वा विदेशमा छोटो अवधिका लागि यात्रा गर्दछ र उसले कमाउने उद्देश्य नराखी मनोरञ्जन, स्वास्थ्य, अध्ययन वा अन्य भिन्न परिवेशको अनुभव बटुल्दछ । पर्यटन भन्नाले “कुनै पनि निश्चित राष्ट्र, शहर वा क्षेत्रभित्र र बाहिर विदेशीहरूको बसोबास, आवात–जावत र प्रवेश आर्थिक प्रकृतिसाग प्रत्यक्ष सरोकार राख्ने सम्पूर्ण कार्यक्रम होल स् ।
संयुक्त राष्ट्र संघ ९ग्लष्तभम ल्बतष्यलक इचनबलष्कबतष्यल यच ग्ल्इ०, अन्तर्राष्ट्रिय पर्यटन संगठन संघ ९क्ष्लतभचलबतष्यलब िग्लष्यल या त्यगचष्कत इचनबलष्कबतष्यल यच क्ष्।ग्।इ।त्।इ० र विश्व पर्यटन संघ ९ध्यचमि त्यगचष्कm इचनबलष्कबतष्यल यच ध्।त्।इ० ले पनि लिजर रिकेसन, होलीडे, स्टडी एण्ड विनिजेस र फेमीली एण्ड मिसन शीर्षकअन्तर्गत विभिन्न उद्देश्य लिएर भ्रमण गर्नेलाई पर्यटन भनेर परिभाषित गरेको छ । पर्यटक जसले ९९ दिनभन्दा कम समयसम्म एकै देशमा भ्रमण गर्दछ । ९९ दिन पुग्नु अवधिभित्र अर्को देशमा केही दिन भ्रमण गरी फेरि त्यही देशमा फर्केर भ्रमण गर्दछ भने त्यस्ता विदेशीलाई पर्यटकको रूपमा लिइन्छ ।
पर्यटन शब्दको उत्पत्ति फ्रेन्च शब्द तयगचष्कmभ बाट भएको मानिन्छ । सामान्य अर्थमा पर्यटन पर्यटकको माध्यमबाट सचालन गरिने ब्यबसाय हो । पर्यटक भन्नाले बिदेशी मुलुकबाट भ्रमणको लागि नेपाल राज्यमा आउने गैर नेपाली नागरिक सम्झनु पर्दछ र नेपाली पर्यटक भन्नाले नेपाल राज्यको एक स्थानबाट अर्को स्थानमा भ्रमण गर्ने पर्यटक सम्झनु पर्दछ भनी पर्यटन ऐन २०३५ ले परिभाषित गरेको छ ।
ग्रामीण क्षेत्रमा पर्यटन विकास गरी विशेष चाख राख्ने समूह ९क्उभअष्ब िक्ष्लतभचभकत न्चयगउ० लाई नयाा क्रियाकलापमा संलग्न गराउन पाइन्छ भने सागसागै ग्रामीण गरिबी हटाउन पनि मद्दत हुन्छ । अन्ततोगत्वा अन्तर्राष्ट्रिय पर्यटकहरूको बसाई अवधि लम्बिन नै विदेशी मुद्रा आर्जन अंश बृद्धि हुन्छ र देशको एवं ग्रामीण अर्थतन्त्रमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा मद्दत पुग्न जान्छ ।
वास्तवमा ग्रामीण क्षेत्रमा हुने पर्यटन लामो समयको लागि हुादैन तर छोटै अवधिको भएपनि यसले ग्रामीण अर्थतन्त्रमा टेवा चाहि नपुर्याउने होइन । ढुवानीको समस्याले अलपत्रमा परी अनावश्यक रूपमा खपत हुने खाद्यान्न, सागसब्जी, फलफूल या दुग्ध पदार्थको उपभोगमा बृद्धि हुन गै ग्रामीण समुदायले आफूले उत्पादन गरेका वस्तुको उचित मूल्य प्राप्त गर्ने यो एक सरल उपाय हुन्छ ।
यस अलावा अल्प रोजगारीको अवसर भएको ग्रामीण समुदायमा रोजगारीको नयाा अवसर पनि खुल्छ । ग्रामीण क्षेत्रका जनसंख्याको मुख्य रोजगारी कृषिलाई पर्यटन विकास भएपछि, निश्चय नै पर्यटनले कृषिलाई पनि प्रवद्र्धन गर्न प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहायता पुर्याउाछ र पर्यटन क्रियाकलापको विस्तारको लागि निर्माण गरिने पूर्वाधारहरू (सडक आदि)ले कृषिको विकास कार्यमा पनि टेवा पुर्याउाछ । ग्रामीण पर्यटनतर्फ सााच्चै भन्ने हो भने योजनाकार, ग्रामीण विकास सम्बन्ध विशेषज्ञमा पर्यटन विशेषज्ञ कसैले पनि सोचेकै देखिादैन ।
संस्थागत रूपमा लिादा पनि राष्ट्रिय योजना आयोग, पर्यटन मन्त्रालय अथवा ग्रामीण विकास आयोजनाहरू कतैबाट पनि यसतर्फ एक ठोश कार्यनीति तयार भएको पाइन्न । छिटफुट रूपमा कुनै कुनै बैठक गोष्ठीमा खास कुनै ठाउाको विशेषतालाई लिएर पर्यटन सम्भाव्यताको विषयमा अलिअलि आवाज उठ्नु वा विधायकहरूले चर्चा गर्नु भन्ने कुरालाई एउटा छोटो कथा अथवा लाज ढाक्ने प्रयोजनको रूपमा मात्र लिए पनि हुन्छ ।
ग्रामीण पर्यटन उद्योगको सम्भाव्यता
नेपालमा पर्यटन उद्योगको विकासका लागि ठूलो सम्भावना छ । नेपालमा आफ्नै किसिमको एक अनौठो र विलक्षण भौगोलिक विशेषता पाइन्छ । यस देशमा प्राचीन संस्कृति, कला र कौशलका अनुपम नमुनाहरू यत्रतत्र देख्न पाइन्छन् । नेपाल प्राकृतिक दृश्यले सुशोभित र मनोहर छ । तुलनात्मक दृष्टिले हेरेको खण्डमा नेपाल स्वीटजरलैण्ड र काश्मीर जस्तै सुन्दरतम देशको दााजोमा आउाछ । नेपाल एउटा पहाडी मुलुक भएकोले यहाा अनेकौं प्राकृतिक दृश्यहरू पाइन्छन् । नेपालको सुन्दर पहाडी दृश्यले पर्यटकहरूलाई निकै मन्त्रमुग्ध पार्दछ । विश्वको शिखर सगरमाथा पनि यही छन् र साथै कञ्चनजंघा, माछापुच्छ्रे, अन्नपूर्ण आदि उच्च हिम–टाकुराहरू पनि यही छन् । यसका साथै नेपालको पूर्वदेखि पश्चिमसम्म ५०० मीलसम्म फैलिएको हिमालय श्रृङ्खलताको साथै आफ्नो किसिमको अनुपता देखिन्छ ।अर्को महत्वपूर्ण तत्व देशको शीतल जलवायुले गर्दा नेपालमा पर्यटकहरूलाई आकर्षित गर्न सकेको हो । कहिं जाडो, कहीं अलि गर्मी इत्यादि विभिन्न मानिसलाई विभिन्न किसिमको हावापानीले प्रभाव पारेको छ ।
देशको भव्य र प्राचीन संस्कृति पनि अर्को महत्वपूर्ण तत्व हो । जसले गर्दा पर्यटन उद्योगको सम्भावनालाई बढाउन सकेको छ । यहााका प्रत्येक मठ, मन्दिर, देवल र वहालहरूमा हिन्दू र बौद्ध धर्मको सुन्दरतम समन्वय देख्न पाइन्छ । नेपालमा अनगिन्ती तीर्थस्थलहरू, मन्दिरहरू प्राचीन महलहरू, शिलालेख, अभिलेख र धार्मिक कुण्डहरू छन् । फेरि नेपालमा विभिन्न किसिमका चाडपर्वहरू छन्, जसले गर्दा पनि पर्यटकहरू आकर्षित हुन्छन् ।
अरू देशहरूको दााजोमा पनि यहाा पर्यटन उद्योगको विकास गर्ने सम्भावना छ । किनभने काश्मिर, एसिया, स्वीटजरलैण्ड आदि देश पनि नेपालजस्तै भौगोलिक क्षेत्रसाग मिल्दोजुल्दो छ । ती देशहरूमा पनि पर्यटन उद्योग राम्ररी विकास भएको हामी पाउाछौं । पर्यटन प्रबद्र्धनका दृष्टिले पर्यटकहरूलाई हाम्रा सांस्कृतिक तथा प्राकृतिक सम्पदाहरूले ठूलो सघाउ पुर्याइरहेका छन् ।
सन् १७३७ को वर्ष नेपालमा युरोपीयनहरूको प्रवेशको इतिहासमा नयाा आयाम थपिन्छ । नेपालको एकीकरणभन्दा अगाडि नेपाल आउने विदेशीहरूको उद्देश्य मुल रूपले धार्मिक देखिएतापनि पृथ्वीनारायण शाहको एकीकरण पछाडि यो प्रक्रिया अवरुद्ध भयो । जंगबहादुरको उदय भएपछि नेपालको पर्यटन भ्रमणको इतिहासमा नयाा आयाम थपिन्छ ।
१०४ वर्ष लामो राणा शासनकालमा नेपाल एक किसिमले प्रवेश निषेध देशको रूपमा रहन बाध्य भएको थियो । तर २००७ सालको क्रान्ति सफलतापूर्वक सम्पन्न भएपछि नेपालको बाह्य सम्पर्क बढ्दै गयो । नेपालमा पर्यटन विकासको थालनी प्रथम पञ्चवर्षीय योजनाको शुरुआत (वि.सं. २०१३) देखि नै भएको देखिन्छ । त्यसपछि दोस्रो त्रि–वर्षीय योजना, तेस्रो पञ्चवर्षीय योजना, चौथो, पााचौं, छैठौं सातौं, आठौं र नवौं पञ्चवर्षीय योजना (२०५४–२०५९) सालमा समेत पर्यटन उद्योगको विकासको लागि विभिन्न उद्देश्य, नीति र कार्यक्रमहरूको समावेश गरियो ।
ग्रामीण पर्यटन उद्योगको भूमिका
ग्रामीण पर्यटनको विकास भएमा त्यहाा जाने मुख्य पर्यटकहरू शहरी क्षेत्रका हुन्छन्, तिनले केही नयाा कुरा थाहा पाउाछन् र ग्रामीण समुदायलाई केही मद्दत गरेर फर्कन्छन्, तुलनात्मक रूपमा शहरी क्षेत्र भन्नाले साथै प्रतिव्यक्ति आय बढी नै हुने समुदाय भएबाट शहरी क्षेत्रबाट ग्रामीण क्षेत्रमा मानिसहरूको बहाव हुनाले आय वितरणमा पनि केही हदमा सुधार आउने कुरामा दुईमत हुन सक्दैन । त्यसैले ग्रामीण क्षेत्रले केही नयाा या कुनै अनौठो कुरा प्रस्तुत गर्ने प्रयास गरेर पर्यटकहरूलाई उत्प्रेरित गराउन सक्ने वातावरण सिर्जना भएमा क्रमिक रूपमा ग्रामीण विकास हुादै जान्छ र शुरुमा सहायक गन्तव्य स्थल भएपनि पछि गएर प्राथमिक गन्तव्यस्थलको रूपमै पनि विकसित हुन सक्छ ।
वास्तवमा ग्रामीण पर्यटनलाई उकास्न त्यति सजिलो छैन । त्यहाा व्याप्त अभाव वा असुविधालाई सम्झेर नै मानिसहरू जाने मन गर्दैनन् । यसको लागि आवास, यातायात र खानेकुरा त मूलभूत रूपमा नभै नहुने कुरा भए । सुविधायुक्त आवास, स्वादिष्ट भोजनलाई एकातिर राखेर पनि यातायातको विकास नभैसकेको क्षेत्रमा छरिएर रहेका ग्रामीण क्षेत्रमा पैदले रूपमा पर्यटकहरूलाई आकृष्ट गर्न सकिन्छ भन्ने कुराको कुनै निश्चितता छैन तापनि त्यहााको आकर्षणहरूको प्रसार प्रचार बढाएर क्रमिक रूपमा आन्तरिक र अन्तर्राष्ट्रिय पर्यटक बढाउने प्रयास हुनुपर्दछ । अर्कोतिर गाउामा आउने पर्यटकहरूका थरिथरिका र अनपेक्षित प्रश्नहरूले गर्दा गाउालेहरूमा पनि
झन्झट हुन सक्छ ।
अन्तर्राष्ट्रिय पर्यटकहरूसंग भाषागत समस्या त आफ्नो ठाउामा छादैछ । यस्ता खालका समस्या ग्रामीण समुदायमा रहेका शिक्षित बेरोजगारको माध्यमद्वारा टार्न सकिन्छ । वातावरणमा भिन्नता भएबाट अथवा संस्कृतिमा भिन्नताले गर्दा आसपासमा अथवा टाढाका गाउामा भ्रमण गर्दा हुने रमाइला घटनाहरूका बारेमा आन्तरिक या अन्तर्राष्ट्रिय पर्यटकले आफूसंग एक राम्रो स्मृति लिएर जान्छ । यस्ता पर्यटकमा असल प्रभाव परे आगन्तुकको संख्या बढ्दै जान्छ र नपरेमा शुन्य प्राय: हुने कुरा प्रष्ट छ । पर्यटकले आफूसंग लिएर जाने तस्वीरहरू, स्थानीय आतिथ्यको स्मरण, स्थानीय भोजन आदिको वर्णन नै प्रचार प्रसारको मुख्य माध्यम हो । साथै लैजाने व्यक्तिगत धारणा या स्मरण शंकालु, आश्चर्यलाग्दो, डरलाग्दो, रोषपूर्ण या उत्साहप्रद जस्तो सुकैपनि हुन सक्छ र यो बढी मात्रामा ग्रामीण बासिन्दाले प्रकट गर्ने आतिथ्य र कम मात्रामा आगन्तुक पर्यटकको व्यवहारमा भर पर्छ ।
नेपालमा कार्यान्वयन भइरहेका विभिन्न आयोजनाहरूको सफल कार्यान्वयनका लागि विदेशी मुद्रा ९ायचभष्नल भ्हअजबलनभ० को ठूलो आवश्यकता पर्छ । पर्यटन उद्योग राष्ट्रिय आम्दानी र विदेशी मुद्रा आर्जन गर्ने एक महत्वपूर्ण स्रोतको रूपमा रहेको छ । यसको विकासबाट विदेशी मुद्राको आम्दानी निकै बढ्ने छ । देशमा पर्यटन उद्योगको विकासले विभिन्न देशका मानिसहरू बीच विचारहरूको आदान–प्रदान गर्ने मौका प्राप्त हुन्छ । देशवासीहरूको बाहिरी संसारसाग सम्बन्ध बढ्छ र उनीहरू पनि अरू देशको शिक्षा, संस्कृति, सभ्यता आदिसाग परिचित हुन पाउाछन् । पर्यटनको विकासबाट नेपालको कलाकौशलमा प्रगति हुन्छ । पर्यटकहरूले कलाका चीजहरू खरिद गर्नाले यी चिजहरू तयार गर्ने उद्योगहरूको विकासमा ठूलो सहायता हुनेछ । कलाका क्षेत्रमा नेपाली कलाकारहरू प्राचीनकालदेखि नै विश्वभर प्रख्यात छन् । पर्यटन उद्योगको विकास भएमा केही मात्रामा भए पनि रोजगारी दिलाउने कार्य गर्दछ । शिक्षित बेरोजगारहरू पर्यटकहरूलाई बाटो देखाउने काम गर्न पाउाछन् जसले गर्दारोजगारीको मात्रामा बृद्धि हुन्छ । नेपालमा पर्यटन क्षेत्रबाट आज करिब प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा गरी ५० हजारभन्दा बढी व्यक्तिले रोजगारी पाएका छन् । यस क्षेत्रमा नेपालको अर्थव्यवस्थामा ठूलो भूमिका रहन गएको छ ।
पर्यटन उद्योगको विकासबाट देशमा विभिन्न प्रकारका घरेलु तथा साना उद्योगहरूको विकासमा योगदान पुगेको छ । पर्यटकहरूले खरिद गर्ने खालका वस्तुहरू उत्पादन गर्ने उद्योगहरू धातुका सामान बनाउने, काठका सामान बनाउने, कागजका घरेलु उद्योगहरूको विकासमा पर्यटन व्यवसायले ठूलो
योगदान पुर्याउाछ ।
पर्यटन उद्योगको विकासबाट देशमा नयाा–नयाा प्रविधि र सीपको विकास हुन जान्छ । विदेशी प्रविधि, सीप र पूाजीको आयात विदेशी उद्योगपतिहरूको आगमनबाट हुन्छ भने यात्रुहरू प्रशस्त मात्रामा आवत–जावत गर्ने भएमा देशको तीर्थस्थल, सांस्कृतिक र ऐतिहासिक स्थल र प्राकृतिक दर्शनीय स्थलहरू र आन्तरिक बजारको विकास हुन्छ । ग्रामीण पर्यटनको विकास मार्फत् औषत गरिबीको रेखामुनि बााचिरहेको नेपाली जनताले आर्थिक फड्को मार्ने थियो । पसल खोलेर, रिसोर्ट र रेस्टुरेन्टको स्थापना गरेर, गाइडिङ गरेर लगायत अनेकौं आय आर्जनका कार्यहरू मार्फत् गाउाको मान्छेले आय आर्जनका कार्यहरू मार्फत् गाउाका मान्छेले आय गर्न सक्छन् । यसरी गाउाको आयस्तर मात्र बृद्धि हुादैन, पुाजीनिर्माण पनि हुन्छ ।
पर्यटकहरूको नियमित भ्रमणले गाउाका जनतामा चेतनाको विकास हुन्छ । एवं उनीहरू पर्यटकले बोल्ने भाषा, उनीहरूले गर्ने व्यवहार, उनीहरूको खाना आदिको बारेमा जानकार हुन्छन् । ग्रामीण जनताको यथास्थितिवादमा परिवर्तन हुन्छ र उनीहरू गेयात्मक हुन्छन् । बिस्तारै जाति विभेद, छुवाछुत, छाउपडी आदिजस्ता सामाजिक कुरीतिहरू समाप्त हुन्छ र समाजले कााचुली फेर्छ । साास्कृतिक आदानप्रदान विभिन्न संस्कृति र सम्प्रदायका व्यक्तिहरू पर्यटकको रूपमा गाउामा आउादा गाउाका जनताले नयाा व्यक्तिहरूको रहनसहन र नयाा व्यक्तिहरूले गाउाको रहनसहनको आदानप्रदान गर्दछन् जसबाट विश्व नै एउटा गाउा बन्न जान्छ । यसरी आफ्नो र अर्कोको संस्कृतिका सबल र दुर्बल पक्षहरू केलाउनसमेत मद्दत पुग्छ । ग्रामीण विपन्नता देखेर आन्तरिक र बाह्य पर्यटकहरूले विभिन्न संघसंस्थामार्फत् आर्थिक विकासका योजनाहरूमा लगानी प्रवद्र्धन गर्दछन् । यस्ता उदाहरणहरू पहिले पनि प्रशस्त देखिएका छन् । यसरी विकासको नयाा ढोका खोल्न र आर्थिक उन्नति गर्न ग्रामीण पर्यटनले सहयोग गर्दछ ।
समस्या समाधानका उपायहरू
नेपालको आर्थिक तथा सामाजिक विकास सन्दर्भमा सरकारी तथा निजी क्षेत्रको सहकार्य आवश्यक छ । तर पनि यसको सञ्चालन तथा व्यवस्थापनका सन्दर्भमा अनेकौा कठिनाइहरू रहेका छन् । यी कठिनाइहरू घटाउन सकेको खण्डमा नेपालजस्तो कम विकसित देशको सन्दर्भमा आर्थिक तथा सामाजिक विकासका लागि महत्वपूर्ण मोडेल बन्न सक्दछ ।
सन्तुलित प्रकृतिको सहकार्य व्यवस्थापन गर्न सकेमा यसका समस्यालाई केही मात्रामा भए पनि न्यून गर्न सकिन्छ । यसका लागि कामको प्रकृतिअनुसार जोखिम, लगानी, प्रतिफलको वितरण आदिमा सन्तुलन कायम गर्ने पारदर्शी मापदण्डहरू बनाउनु आवश्यक छ । सहकार्यमा जिम्मेवारी महत्वपूर्ण कुरा हो । जिम्मेवारीको विभाजनलाई पारदर्शी तथा उपयुक्त बनाउनु आवश्यक छ । कुन कुरामा सरकारी पक्षले ध्यान दिने र कुनमा निजी क्षेत्र क्रियाशील रहने भन्ने कुरा व्यवस्थित बनाउन सकेमा सहभागिताका बीचमा समस्या आउादैन । सरकार तथा निजी क्षेत्रका उद्देश्य तथा चाहनामा विविधता, अनेकता रहनु स्वभाविक हुादा कतिपय उद्देश्यहरू एक–अर्काका सन्दर्भमा विरोधाभास पनि रहन सक्दछन् । यस्तो अवस्थामा समन्वयात्मक प्रयास गर्नुपर्दछ । दुवै पक्षका उद्देश्य पूरा गर्न सकिने मापदण्डहरू आपसी छलफलद्वारा तय गरी समन्वयात्मक प्रयासमा लाग्नु
आवश्यक छ ।
सरकारी तथा निजी सहकार्यका सन्दर्भमा व्यापक अन्तक्र्रिया हुनु आवश्यक छ । त्यसमा हुने लगानी, जोखिम, प्रतिफल आदिका सन्दर्भमा यथेष्ट छलफल गरी कार्यान्वयन गर्न सकेका खण्डमा दुवै पक्षमा समझदारी रहन्छ । सहकार्यको सन्दर्भमा पादर्शिताका विभिन्न उपायहरू अवलम्बन गर्नु आवश्यक गरी छलफल तथा विचार विमर्श गर्ने परिपाटी अपनाउनु आवश्यक छ । यसो गर्न सकेमा सबैमा अपनत्वको भावना सिश्रृत हुन्छ ।
ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक महत्वका मठ, मन्दिर संस्कृति र परम्पराको संरक्षण र संवद्र्धनका माध्यमबाट नेपाललाई सांस्कृतिक, गन्तव्य स्थलका रूपमा विकसित गरी अधिकाधिक मात्रामा पर्यटकहरूलाई आकर्षित गर्दै लैजान अहिलेको महत्वपूर्ण आवश्यकता हो । यसको साथसाथै नयाा खोलिएका पर्यटकीय स्थलहरूको पर्याप्त विकास नहुनु र पर्यटकलाई उपलब्ध गराउने सेवा सुविधाहरू ग्रामीण क्षेत्रतर्फ अभिमुख हुन सकेको छैन ।
पर्यटकीय पूर्वाधारहरूको विकास र साास्कृतिक सम्पदा स्थलहरूको पहिचान गरी एकीकृत तथ्याङ्कीय आधार निर्माण गर्ने, साास्कृतिक सम्पदा स्थलहरूको संरक्षणमा स्थानीय निकाय एवं सर्वसाधारणहरूको सहभागिता अभिवृद्धि गर्ने तथा साहसिक र जैविक पर्यटन तथा रचनात्मक एवं नवीनतम पर्यटनको विकास एवं विस्तार गर्ने कार्य आजको प्रमुख आवश्यकता बनेको छ ।
ग्रामीण एवं विपन्न वर्ग र क्षेत्रसम्म पुग्ने गरी सीप विकास तथा तालिमको व्यवस्था गरी वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूका लागि उपयुक्त तालिमको व्यवस्थाका साथै अदक्ष श्रमिकलाई सीपयुक्त र दक्ष बनाउनु आवश्यक छ । सीमित भौगोलिक क्षेत्रहरूमा पर्यटन प्रवद्र्धनका कार्यक्रमहरू केन्द्रित रहनु, पर्यटकीय पूर्वाधारहरूको विस्तार हुन नसक्नु, पर्यटकलाई आकर्षण गर्न व्यापक प्रचार प्रसार हुन नसक्नु, शान्ति सुरक्षाको असहज स्थितिको सिर्जना हुनाले ग्रामीण पर्यटनको राम्रोसाग विकास हुन सकेको छैन ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमबाट बेलाबेलामा नेपाल बारेको नकारात्मक प्रचार प्रसार आदि कारणले पर्यटकहरूको आगमन संख्या र बसाई अवधिलाई लम्ब्याउन सकिएको छैन । उपयुक्त कठिनाईको सामना गरी पर्यटक संख्या र पर्यटक बसाई अवधि बढाई पर्यटन उद्योगलाई प्रवद्र्धन गर्ने कार्य अर्को ठूलो चुनौतिको रूपमा रहेको छ
ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक महत्वका मठ, मन्दिर संस्कृति र परम्पराको संरक्षण र संवद्र्धनका माध्यमबाट नेपाललाई सांस्कृतिक, गन्तव्य स्थलका रूपमा विकसित गरी अधिकाधिक मात्रामा पर्यटकहरूलाई आकर्षित गर्दै लैजान अहिलेको महत्वपूर्ण आवश्यकता हो । यसको साथसाथै नयाा खोलिएका पर्यटकीय स्थलहरूको पर्याप्त विकास नहुनु र पर्यटकलाई उपलब्ध गराउने सेवा सुविधाहरू ग्रामीण क्षेत्रतर्फ अभिमुख हुन सकेको छैन ।
पर्यटन क्षेत्रबाट आर्जित मध्ये मुलुकभित्रै रहने रकम लाभ तथा लागत, मूल्यमा आधारित गुणस्तरीय पर्यटनको विकासको निम्ति प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी र जनशक्तिको व्यवस्था, पर्यटनको गुणात्मक लाभको स्थिति, निर्मित पूर्वाधारहरूको उपयोगको स्तर र लगानीको आवश्यकता आदि जस्ता विषयहरूको लेखाजोखा हुन सकेको छैन । कलाकौशललाई व्यवसायिक प्रयोग गर्ने र सम्पदा स्थलको व्यवस्थापन आत्मनिर्भर बनाउने गरी स्थानीय समुदायलाई संलग्न गराउने कार्यहरू सुस्त गतिमा रहेका छन् ।
विकेन्द्रीकरणको सिद्धान्तलाई अंगिकार गर्दै नेपाल सरकार तथा विभिन्न दातृ निकायहरूको सहयोगमा सन् २००१ देखि ग्रामीण गरिबी निवारणको लागि पर्यटन कार्यक्रम (त्च्एब्ए) जस्तो कार्यक्रम नुमनाको रूपमा प्रयोग गर्न अभ्यास सुरु भएको छ । यो प्रयासअन्तर्गत लाभान्वित हुने समुह तथा क्षेत्रमा गरिब र महिलाहरूलाई बढी प्राथमिकता दिएर सञ्चालन गरिएको यस किसिमको प्रयास सम्भव त दक्षिण एशियामै पहिलो हो । यस कार्यक्रमको कार्यान्वयनले हिजोसम्म कुनै सरोकार नै नभएकाहरूले पर्यटनबाट फाइदा पाउन सक्ने अवस्था सिर्जना भएको छ भने कुनै सीप नै नभएकाहरूले पनि पर्यटनको केही न केही लाभ पाउन थालेका छन् ।
पर्यटन नीति २०६५ मा उल्लेख गरिएअनुसार ग्रामीण पर्यटन उद्योग प्रवद्र्धन गर्न ग्रामीण पर्यटनलाई गरिबी निवारणसाग आवद्ध गरी प्रभावकारी कार्यक्रम सञ्चालन गरिनेछ ।उच्च आय वर्गका पर्यटकलाई ग्रामीण पर्यटन तर्फ आकर्षित गराउन पर्यटन व्यवसायीलाई प्रोत्साहन दिइनेछ । राष्ट्रिय निकुन्ज तथा वन्यजन्तुतर्फ आकर्षित पर्यटकलाई पर्या–पर्यटन, ग्रामीण पर्यटनसाग आवद्ध गराउनका लागि आवश्यक प्याकेज बनाउन पर्यटन व्यवसायलाई प्रोत्साहन दिइनेछ । ग्रामीण क्षेत्रका स्थानीय जनसमुदायमा स्वरोजगारका अवसर सिर्जना हुने तथा आम्दानी वृद्धिको माध्यमबाट जिवनस्तरमा सुधार ल्याउने प्रकृतिका ग्रामिण पर्यटन पूर्वाधारको दिगो विकास गरिनेछ ।
स्थानीय उत्पादनलाई पर्यटन प्रबद्र्धनसाग आबद्ध गरी पर्यटनबाट प्राप्त लाभ स्थानीय समुदायसम्म पुर्याउने नीति लिइनेछ । ग्रामीण पर्यटनको माध्यमबाट विपन्न, महिला, मधेशी, आदिवासी जनजाति र हालसम्म समेट्न नसकिएका समूहको समेत संलग्नता रहने गरी पर्यटन व्यवसायबाट प्राप्त हुने लाभलाई समुदायको पहुाचभित्र ल्याउने संरचनाको निर्माण र विकास गरिनेछ ।
महिलाको नेतृत्वमा वा महिला समूहद्वारा संचालन गरिने पर्यटकीय कृयाकलापहरूमा विशेष प्रोत्साहन सहित प्रबद्र्धन गरिनेछ । स्थापित पर्यटकीय सम्पदाका साथै ग्रामीण क्षेत्रमा विकास गरिएका नयाा पर्यटकीय सम्पदालाई समेत उच्च प्राथमिकता दिई प्रचार प्रसार गरिनेछ । ग्रामीण क्षेत्रका पर्यटक स्थलबाट भएको आम्दानीको निश्चित हिस्सा स्थानीयस्तरमा पर्यटन पूर्वाधार, वातावरण संरक्षण लगायत सामाजिक क्षेत्रमा खर्च गरिनेछ ।
स्थानीय समुदायहरूद्वारा उत्पादित मौलिक र परम्परागत हस्तकला तथा अन्य उपहार सामग्रीको बिक्री वितरणको लागि बजार व्यवस्थापनको उचित प्रबन्ध मिलाइनेछ । विभिन्न क्षेत्रमा भएका पर्यटकीय सम्पदाहरूको छुट्टाछुट्टै विशिष्ट पहिचान बनाई “एक स्थान एक पहिचानको” नीति अवलम्बन गरिनेछ । नेपालका पर्यटकीय सम्भाव्य गाउाहरूलाई स्थानीय जनसहभागिता समेतका आधारमा ग्रामीण पर्यटनस्थलका रूपमा विकास गरिनेछ । नेपालका पर्यटकीय गाउाको छनौट तथा विकास गरी पर्यटकहरूका लागि खास अवधिको ज्यmभ क्तबथ ख्ष्ििबनभ त्यगचष्कm कार्यक्रमलाई प्रोत्साहन गरिनेछ ।
बर्तमान त्रिबर्षिय योजना (२०७० /२०७१ —२०७२ /२०७३) को आधारपत्रमा पर्यटन विकास कार्यक्रम अन्त्र्रगत नेपाललाई विश्व पर्यटन मानचित्रमा आकर्षक, रमणीय र सुरक्षित गन्तव्य स्थलको रूपमा विकास गरीराष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउने । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा पर्यटन प्रर्वद्धनमार्फत सङ्ख्यात्मक तथा गुणात्मक रूपमा पर्यटकआगमनमा वृद्धि गरी प्राप्त लाभको समन्यायिक वितरण गर्ने जस्ता लक्ष्यहरू निर्धारण गरिएको छ भने सोही लक्ष्यहरू प्राप्तिका लागि पर्यटन प्रवद्र्धन र पर्यटन विकास गर्न निजी क्षेत्रसाग सहकार्य गर्ने ।नयाा पर्यटकीय गन्तव्यस्थलहरूको एकीकृत र समन्वयात्मक रूपमा पूर्वाधार विकास गर्ने ।
पर्यटकीय स्थलको र उपजको विविधिकरण र विस्तार गरी ग्रामीण पर्यटनमार्फत थप रोजगारीकाअवसरहरूको सिर्जना गर्ने ।मुलुकमा सबै मौसममा पर्यटकीय क्रियाकलापहरूसञ्चालनका निम्ति आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्ने । पर्यटन प्रर्वद्धन गर्न छिमेकी तथा नयाा पर्यटन उद्गम मुलुकहरूलाई केन्द्रित गरी व्यापकरूपमा प्रचारप्रसार र प्रर्वद्धन गर्ने ।पर्यटकहरूलाई उपलब्ध गराइने सेवा सुविधाको पर्याप्तता र गुणस्तरीयताको सुनिश्चितता गर्दै दिगोपर्यटन विकास गर्ने जस्ता रणनीतिहरू अवलम्बन गरिएको छ ।
संविधान नबन्दैमा सबै अवरुद्ध हुन्न
निर्माणमा भन्दा पनि भ्रष्टाचारी बचाउने र पद हत्याउने कामलाई नेताहरूले बढी प्राथमिकता दिएकाले जनतामा निराशा बढ्दै गएको छ ।
मोदी डक्ट्रिनले पश्चिमा बिकृतिलाई शायद प्रोत्साहित नगर्ला । हिन्दुस्थानी प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली संसदमा सम्बोधन गर्दा भनेका थिए–“ऋचा जस्तो सुपुत्र राखेर ऋषी मनले संविधान बनाउनुपर्छ । अहिलेको हतारोले पछिको पुस्तालाई मरणशिल बनाउाछ, एउटै कमा, फुलस्टपले विकराल समस्या उत्पन्न गराइदिन सक्छ ।” जातीय संघियता लगायत जे जे मा जीवनमरणको विवाद जसरी भैरहेछ त्यसैलाई संविधानमा स्थान दिने विष सेवन गर्नु भन्दा बरु संविधान न बन्दैमा सबै अवरुद्ध हुने होइन । बालीनै नलाग्ने, घाम नै नलाग्ने पानी नै नपर्ने त होइननी । अमृतभोग फलाउन नसकेपनि जानाजान विषवृक्षचाहिा रोप्न भएन ।











