माछापुच्छ्रे बंैकद्वारा १० लाख नगद सहयोग
काठमार्डौं । हालैका दिनमा देशका विभिन्न भागमा आएको बाढी पहिरो लगायत प्राकृतिक विपत्ति पिडितलाई सहयोग गर्न आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकारलाई रु. १० लाख रुपैयाा सहयोग प्रदान गरेको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमार्फत बैंकले उक्त रकम उपलब्ध गराएको हो । प्रधानमन्त्री सुशील कोइरालालाई बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमले गत भाद्र २९ गते रु. दश लाखको चेक हस्तान्तरण गर्नुभयो । उक्त सहयोग रकममध्ये बैंकमा कार्यरत कर्मचारीहरूले आधा दिनको तलब योगदान गरेका थिए । बैंकले आगामी दिनहरूमा पनि देशमा आउनसक्ने यस्ता दैवी विपत्तिहरूमा सक्दो सहयोग जारी राख्ने प्रतिबद्धता जाहेर गरेको छ ।
हिमालयन बैंकले सम्पदा संघलाई सहयोग
काठमाडौं । विगत २७ वर्ष देखि नेपालको विभिन्न स्थानमा रहेका ऐतिहासिक, साास्कृतिक एवं प्रकृतिक सम्पदाहरूको संरक्षण र सम्बद्र्घन एवं प्रवद्र्घन गर्न सकृयरुपमा लागिपरेको नेपाल सम्पदा संघलाई दैनिक कार्य सञ्चालन, तथ्याङ्क संकलन तथा विश्लेषणको लागि सहायता पुर्याउने उद्देश्यले बैंकले उक्त कम्प्युटर सेट प्रदान गरेको हो । बैंकका तर्फवाट प्रमुख कार्यकारी अधिकृत अशोक समशेर जबराले सहयोग सामाग्रीहरू संघकी अध्यक्ष श्रीमती अम्बिका श्रेष्ठलाई बैंक परिसरमा हस्तान्तरण गर्नुभयो । उक्त कार्यक्रममा हिमालयन बैंक तथा नेपाल सम्पदा संघका पदाधिकारीहरूको उपस्थिति थियो ।
मेगा बैंकका कर्मचारीले वाढीपिडितलाई सहयोग
काठमाडौं । सिन्धुपाल्चोकका बाढीपहिरो पीडितलाई मेगा बैंक नेपाल लिमिटेडका कर्मचारीहरूले आर्थिक सहयोग गरेका छन् । बैंकका कर्मचारीहरूले एक दिनको तलब बाढीपहिरो पीडितलाई दिएका हुन् । मेगा बैंकका प्रत्येक कर्मचारीको एक दिनको तलबबाट संकलित दुई लाख आठ हजार ७० रुपैयााको चेक मेगा बैंकको चौतारा शाखाका प्रमुखले सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरेका छन । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत, यस प्राकृतिक विपतको घडीमा नेपाली दाजुभाईहरूको लागि यो सहयोग गरिएको मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले बताएका छन ।
सिभिल बैंकमा खाता खोल्दा चाँदीको सिक्का उपहार
काठमाडौं । सिभिल बैंकले दशैं र तिहारको अवसरमा ‘सिभिल गोल्डमा सिल्भर धमाका’ नामक योजना सञ्चालनमा ल्याएको छ । आजदेखि लागू हुने यस योजनामा ‘सिभिल बैंक गोल्ड सेभिङ खाता’ खोल्दा लक्ष्मी र गणेश अंकित चाादीको सिक्का प्रदान गर्ने बैंकले जनाएको छ । न्यूनतम ५० हजार मौज्दातमा खोल्न सकिने यस खातामा ५ प्रतिशत व्याज र सिभिल गोल्ड मास्टर काड निशुल्क प्रदान गर्ने बैंकले जनाएको छ
बीओकेले ११ प्रतिशत लाभांश दिने
काठमाडौं । बैंक अफ काठमाण्डूले आर्थिक वर्ष २०७०/०७१ को नाफाबाट सेयरधनीलाई १०.४२ प्रतिशत बोनस सेयर र ०.५ प्रतिशत नगद लाभांस दिने घोषणा गरेको छ । बैंक सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकको स्वीकृत र संस्थाको आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्रै सञ्चालक समितिको निर्णय कार्यान्वयन हुन्छ । बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुाजी दुई अर्ब १९ करोड रुपैयाा हुनेछ । हाल बैंकको चुक्ता पुाजी १ अर्ब ९२ करोड रुपैयाा छ । गत वर्ष बैंकले ५१ करोड रुपैयाा खुद नाफा कमाएको छ । सो अवधिमा बैंकले ३४ अर्ब ११ करोड रुपैयाा निक्षेप संकलन गरी २८ अर्ब ८६ करोड रुपैयाा कर्जा प्रवाह गरेको छ ।
प्रभु बैकको एकिकृत कारोबार शुरु
काठमाडौं । प्रभु बैकको एकिकृत कारोबार गत सोमबारदेखि सुरु भएको छ । किष्ट बैंक, प्रभु विकास बैंक, गौरीशंकर डेभलपमेन्ट बैंक र जेनिथ फाइनान्स एक आपसमा गाभिएर (मर्ज भएर) प्रभू बैक बनेको हो । करिव एक महिना अघि मर्जलाई नेपाल राष्ट्र बैंकले स्वीकृती दिएको थियो । चार बैकवीच मर्जपछि प्रभु बैकका नामबाट कारोवार थालेका हुन् । दुई अर्व चुक्ता पुाजी रहेको किस्ट वाणिज्य बैंक थियो भने प्रभु राष्ट्रिय स्तरको विकास बैंक थियो । जेनिथ पनि राष्ट्रियस्तरको फाइनान्स कम्पनी हो भने गौरीशंकर क्षेत्रीयस्तरको विकास बैंक हो । बैकको चुक्ता पुाजी तीन अर्ब आठ करोड रुपैयाामा छ । मर्जरपछि ३० वटा वाणिज्य बैंकमध्ये चुक्ता पुाजीको आधारमा प्रभु सातौं, जगेडा कोषको आधारमा १२ भित्र, निक्षेपको आधारमा १५ भित्र, लगानीको आधारमा २० भित्र परेको छ । प्रभु बैंक एक सवल, सक्षम र सफल बैंकको रुपमा स्थापित भई सन्तोषजनक बैंकिङक कारोबार गर्ने विश्वास बैंकको छ । किष्ट बैंकको प्रति सय सेयर बराबर ९७.३१, प्रभु विकास बैंकको सय सेयर बराबर १०७.३१, गौरीशंकर डेभलपमेन्ट बैंकको पनि १०७.३१ र जेनिथ फाइनान्सको प्रति सय सेयर बराबर ९२.३१ सेयर स्वाप रेसियो कायम गरि चारवटै सस्थाले पारित गरेका थिए । प्रभु विकास बैंकको चैतसम्म ७६ करोड ५९ लाख रुपैयाा, किस्ट बैंकसाग दुई अर्ब रुपैयाा, गौरीशंकर डेभलपमेन्ट बैंकको चुक्ता पुाजी २१ करोड रुपैयाा र जेनिथ फाइनान्सको २३ करोड रुपैयाा चुक्ता पुाजी थियो । सेयर स्वाप रेसियाको संरचना अनुसार किष्ट बैंकसाग एक अर्ब ८४ करोड ६२ लाख, प्रभुसाग ८२ करोड १८ लाख, गौरिशंकरको २२ करोड ५३ लाख र जेनिथ फाइनान्सको १९ करोड ३८ लाख रुपैयााको चुक्ता पुाजी भएको थियो । विकास बैक हुादा प्रभुसाग जगेडा कोषमा रहेको ३० करोड जेनिथ फाइनान्ससाग चार करोड ३५ लाखर गौरिशंकर विकास बैंकको जगेडा कोषमा दश करोड ६५ लाख रुपैयाा पनि एकै बैंकमा थपिएको छ । त्यसैगरी किष्ट बैंकको जगेडा कोष ७७ करोड रुपैयााले ऋणात्मक थियो । तीन वटा सस्थाबाट पैसाले कोष सकारात्मक हुनेछ । सेयर रेसियो अनुपातका कारण झण्डै १८ करोड रुपैयाा जगेडा कोषमा जानेछ । बैंकको लोगो नेपाली परिवेश अनुसार पिपलको पात आकारको बनाई बिचमा किष्ट शब्द लेखिएको छ । प्रभु बैंकको सञ्चालक संख्या सात जना रहने र सञ्चालक समितिको अध्यक्षमा देवीप्रकाश भट्टचन छन् । बैंकको प्रमुख कार्यकारी अधिकृतमा कुमार लम्साल र नायब प्रमुख कार्यकारी अधिकृतमा अशोक शेरचन छन् । मर्जपछि बैंकको शाखा संख्या ११२ वटा पुगेको छ भने एटीएम संख्या ११० भन्दा बढी छन । यो शाखा सञ्जालका हिसावले निजी क्षेत्रका बैंकमा सबैभन्दा बढी हो । त्यसैगरी बैंकमा १२ सय कर्मचारी छन भने ग्राहक संख्या सात लाख भन्दा धेरै रहेको बैंकले जनाएको छ ।
कुमारी बैंकले सेयरधनीलाई ३४ प्रतिशत लाभांस
काठमाडौं । कुमारी बैंकले आर्थिक वर्ष २०७०/०७१ को नाफाबाट सेयरधनीलाई ३३.७४ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । बैंकको गत मंगलबार बसेको सञ्चालक समिति बैठकले ३३ प्रतिशत (करिव ६० करोड रुपैयाा बराबर) बोनस सेयर र कर प्रयोजनका लागि १.७४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको उक्त बैंकले जनाएको छ । बैंकको यो निर्णय नियामक निकाय नेपाल राष्ट्र बैंक र संस्थाकै आगामी साधारणसभाले स्वीकृत गर्न भने बााकी नै छ । बोनस सेयर स्वीकृत भए बैंकको चुक्ता पुाजी २ अर्ब ४३ करोड रुपैयाा पुग्नेछ । हाल बैंकको चुक्ता पुाजी १ अर्ब ८२ करोड ८३ लाख रुपैयाा छ । गत वर्ष बैंकले ३४ करोड रुपैयाा नाफा कमाएको छ । बैंकले रिजर्भबाट रकम थपेर बोनस सेयर दिने निर्णय गरेको हो । गत असार मसान्तसम्ममा बैंकसागे कूल रिजर्भ १ अर्ब १७ करोड रुपैयाा छ । गत वर्षसम्ममा बैंकले २७ अर्ब ५७ करोड रुपैयाा निक्षेप संकलन गरी २२ अर्ब ८० करोड रुपैयाा कर्जा प्रवाह गरेको छ ।
एकता विकासको २० लाख कित्ता साधारण सेयर सूचिकृत
काठमाडौं । एकता विकास बैंकको २० करोड रुपैयाा बराबरको २० लाख कित्ता साधारण सेयर कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत भएको छ । सूचिकरण सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत धु्रवकुमार पौडेल र नेप्सेका महाप्रबन्धक सीताराम थपलियाले हस्ताक्षर गरे । बैंकले सर्वसाधारण तथा संस्थामा कार्यरत कर्मचारीहरूको ८ लाख कित्ता र संस्थापकहरूले लगानी गरेको १२ लाख कित्ता समेत गरी जम्मा २० लाख कित्ता नेप्सेमा सूचिकरण भएको हो । सर्वसाधारणले आगामी सातादेखि बैंकको सेयर खरीद बिक्री गर्न सक्नेछन् । यस विकास बैंकको रुपन्देही, कपिलवस्तु र दाङ गरी ३ जिल्ला कार्यक्षेत्र छ । हालसम्म बैकका दुई विस्तारित शाखासहित कुल शाखा सङख्या ९ रहेको छ । बैंकले हालसम्म १ अर्ब ४८ करोड निक्षेप संकलन गरी १ अर्ब २३ करोड रुपैयाा कर्जा प्रवाह गरेको छ ।
लक्ष्मी बैंकले सेयरधनीलाई २१ प्रतिशत लाभांस दिने
काठमाडौं । लक्ष्मी बैंकले आर्थिक वर्ष २०७०/०७१को नाफाबाट सेयरधनीलाई २१.०५ प्रतिशत लाभांस दिने निर्णय गरेको छ । उक्त बैंकको हालै बसेको सञ्चालक समितिको बैठकले २० प्रतिशत (३९ करोड रुपैयाा बराबरका) बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांस दिने निर्णय गरेको हो । बैंक सञ्चालक समितिको उक्त निर्णय नियामक निकाय नेपाल राष्ट्र बैंक र संस्थाकै आगामी साधारणसभाले अनुमोदन गर्न भने बााकी छ । प्रस्तावित बोनस सेयर स्वीकृत भए बैंकको चुक्ता पुाजी दुई अर्ब ३३ करोड रुपैयाा पुग्ने छ । हाल बैंकको चुक्ता पुाजी १ अर्ब ९४ करोड ८३ लाख रुपैयाा छ । गत वर्ष बैंकले ४७ करोड १८ लाख रुपैयाा खुद नाफा कमाएको छ । सो अवधिमा बैंकले ३० अर्ब ५८ करोड रुपैयाा निक्षेप संकलन गरी २९ अर्ब ९ करोड रुपैयाा कर्जा प्रवाह गरेको छ ।
सुर्खेतमा नेपाल बङगलादेश बैंकको शाखा
काठमाडौं । नेपाल वंगलादेश बैंकले आफ्नो २८ औा शाखाका रुपमा गत मंगलबारदेखि सुर्खेतमा पनि सेवा दिन शुरु गरेको छ । बैंकको शाखा कार्यालय वीरेन्द्रनगरमा एक कार्यक्रमकाबीच उद्घाटन गरिएको हो । शाखाको उद्घाटन बैंकका ब्राण्ड एम्बास्डर मिस नेपाल माल्भिका सुब्बा र गिनिजबुक रेकर्ड बनाएका धावक हरिबहादुर रोकाले संयुक्त रुपमा रिवन काटेर उद्घाटन गरेका छन् । कार्यक्रममा बैंकका सञ्चालक मुकुन्दनाथ ढुङगेलले नेपाल बङगलादेश बैंक लिमिटेडले छरिएको पूाजीलाई एकत्रित गर्नमा सहयोग गर्ने बताए । उनले जनताको सेवालाई सबैभन्दा माथि राखेर नै बैंकको शाखा सुर्खेतमा विस्तार गरिएको दाबी समेत गरे । बैंकका प्रमुख कार्यकारी निर्देशक ज्ञानेन्द्रप्रसाद ढुङगानाले स्थानीय पूाजीको प्रवद्र्धन गर्नुका साथै कृषि, व्यापार र विकास निर्माणमा लगानी गर्ने बताए । उनले जनताको भावनालाई उच्च कदर गर्दै अधिकतम् लगानी जिल्लामै गर्ने बताएका छन् । बैंकले गत साउन अन्तिम साता आएको बाढीपहिरोबाट विस्थापित भएकाहरूका लागि १ लाख रुपैयाा प्रदान गरेको छ । बैंक सञ्चालनसागै एटीएम सेवा पनि सञ्चालनमा ल्याईएको छ । बैंक सुर्खेतमा सञ्चालनमा आएपछि साना कृषक, व्यापारी तथा निर्माण व्यवसायी, संघसंस्था तथा सरकारी क्षेत्रलाई समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।
लुिम्बनी बैंकको ११ ५ लाभांस
काठमाडौं । आर्थिक वर्ष २०७०/७१ को नाफाबाट सेयरधनीलाई ११ प्रतिशत लाभांस दिने प्रस्ताव लुम्बिनी बैंकले गरेको छ । उक्त लाभांसमध्ये ६ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांस रहेको छ । बैंक संचालक समितिले गरेको उक्त लाभांस नेपाल राष्ट्र बैंकको स्विकृती र लुिम्बनी बैंकको आगामी साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ । हाल १ अर्व ८८ करोड पुाजी रहेको बैंकले लाभांस वितरण गरेपछि बैंकको पुाजी २ अर्व पुग्नेछ । बैंकले २४ करोड २३ लाख रुपैयाा खुद नाफा गत आ.व.मा गरेको थियो ।
प्रभु गु्रपले बाढी पीडितलाई सहयोग
काठमाडौं । मुलुकमा हालै गएको बाढीपहिरोबाट पीडित भएका नागरिकहरूको राहतका लागि प्रभु गु्रपले ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाा नगद सहयोग प्रदान गरेको छ । प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनले गत आइतबार प्रधानमन्त्री सुशील कोइरालालाई सो रकम बराबरको चेक हस्तान्तरण गरे । प्रभु गु्रपले दिएको सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमार्फत पीडितसमक्ष पुग्ने छ । सो अवसरमा प्रधानमन्त्री सुशील कोइरालाले बाढी पीडित नेपालीको राहतका लागि अग्रसरता देखाएकोमा प्रभु गु्रपलाई धन्यवाद दिए । प्रभु गु्रपले आफ्ना संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत नेपालका बाढी पीडितका लागि राहतस्वरुप रकम प्रदान गरेको अध्यक्ष भट्टचनले जानकारी दिए । सो अबसरमा प्रभु मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र शेरचन, मार्केटिङ प्रमुख बिनोद थकाली, नायव महाप्रबन्ध रामेश्वर सापकोटा, दक्ष पौडेल, ध्रुव धिताल, रोजर गुरुङलगायत प्रभु गु्रपका प्रतिनिधिको उपस्थिति थियो ।
सिद्धार्थ बैंकको २३.१६ प्रतिशत लाभांश,
काठमाडौं । सिद्धार्थ बैंकले बोनस सेयर दिएर चुक्तापूाजी दुई अर्ब रुपैयाा पुर्याउने भएको छ । बैंकले हालै २३.१६ प्रतिशत लाभांश घोषणा गरेको हो । बैंकले १२ प्रतिशत बोनस सेयर र ११.१६ प्रतिशत नगद लाभांश दिने भएको हो । बैंकले घोषणा गरेको बोनस सेयर पारित भए चुक्तापूाजी दुई अर्ब तीन करोड पुग्ने छ । हाल बैंकको चुक्तापाूजी एक अर्ब ८१ करोड रुपैयाा रहको छ । बैंकले गत आ.व.मा ७९ करोड १४ लाख रुपैयाा नाफा कमाएको थियो । यसअघि बैंकले १२ प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश दिएको थियो ।
सगरमाथाको बोनस सेयर
काठमाडौं । सगरमाथा मर्चेन्ट बैकिङ एण्ड फाइनान्सले आर्थिक वर्ष २०७०/७१ को नाफाबाट ३६ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । फाइनान्स सञ्चालक समितिले गरेको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्विकृती र फाइनान्सको साधारणसभाले पारित गरेपछि वितरण हुनेछ । नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुाजी नपुगेको फाइनान्सको उक्त बोनस सेयर वितरणपछि पुाजी २० करोड रुपैयाा पुग्नेछ ।
एनसिसीको ३८ प्रतिशत वोनस सेयर
काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेडले ३८ प्रतिशत वोनस सेयर दिने भएको छ । उक्त बैंकले कर प्रयोजनका लागि दुई करोड ९४ लाख रुपैयाा नगद लाभांस दिने भएको छ । बैंकको हालै बसेको सञ्चालक समितिको वैठकले उक्त लाभांस प्रस्ताव गरेको हो । बैंकको सञ्चालक समिति नेपाल राष्ट्र बैंकले गत माघदेखि जिम्मा लिएको छ । बैंकले प्रस्ताव गरेको लाभांस बार्षिक साधारणसभाले अनुमोदन गरेपछि लगानीकर्ताले पाउने छन । वोनस सेयर वितरणपछि बैंकको चुक्ता पुाजी दुई अर्ब दुई करोड ८६ लाख रुपैयाा पुग्ने छ । अहिले बैंकको पुाजी एक अर्ब ४७ करोड रुपैयाा छ । बैंकले अघिल्लो पटक पााच प्रतिशत बोनस सेयर दिएको थियो ।
प्रभु‘‘डबल बहार’’
काठमाडौं । प्रभु मनि ट्रान्सफर प्रा.लि.ले नेपालीहरूको महान चाड दशै,तिहार तथा छठको अवसरमाखुसी बाड्नको लागिआफ्ना ग्राहकहरूलाई ूप्रभु डबल बहारूपठाउने र पाउने दुबैको ूहातमाउपहारू योजना यही ज्ञद्ध क्भत द्दण्ज्ञद्ध बाट शुरु भएको छ । यस योजना अन्र्तगत प्रत्येक दिन नेपालमा पैसा प्राप्त गर्ने एक जना भाग्यशाली ग्राहकलाई रु.१ लाख १० हजार बराबर ब्यक्तिगत दुर्घटना तथा मेडीकल इन्स्योरेन्स साथै प्रत्येक दिन एक जना ग्राहकलाई लेमन द्यद्दण्ज्ञ :यदष्भि र प्रत्येक हप्ता पैसा प्राप्त गर्ने एक जनाग्राकलाई लेमन एज्ञद्ध :यदष्भि प्रदान गरीने छ । यसका अतिरिक्त हरेक हप्ता बिदेशबाट पैसा पठाउने ग्राहकहरू मध्येबाट एक जना भाग्यशाली ग्राहकलाई एक तर्फी हवाई टिकट उपलब्ध गराईने छ । प्रभु मनि ट्रान्सफर प्रा.लि.ले यस महान पर्वमा ग्राहकहरूलाई अझ खुशी बनाउन बम्पर उपहार अन्र्तगत अन्त्यमा योजना अवधिभर पैसा पाउने मध्येबाट एक जना भाग्यशाली ग्राहकलाई द्धद्द क्ष्लअज ीऋम् त्भभिखष्कष्यल का साथ म्ष्कज ज्यmभ एबअपबनभ ९ म्ष्कज जयmभ नभएमा ष्लकतबिि गरिने भएमा एक वर्षको लागि रिचार्ज गरिने०प्रदान गरिनेछ । यो योजना ज्ञद्ध क्भउ द्दण्ज्ञद्ध बाट शुरु भई द्दढ इअत ज्ञण्ज्ञद्ध मा अन्त्य हुनेछ ।
चिनियाँ प्रख्यात मोबाइल ‘जियोनी‘ नेपालमा
काठमाडौं । चिनियाा मोबाइल निर्माता कम्पनी जियोनी नेपाली बजारमा भित्रिएको छ । गत शुक्रबार राजधानीमा आयोजना गरी जियोनी मोबाइल सार्वजनिक गरिएको छ । पहिलो चरणमा जियोनीले ५ वटा विभिन्न मोडलका स्मार्टफोन र २ वटा फिचर फोन नेपाली बजारमा भित्राएको छ । जियोनी ब्रान्डका मोबाइल टेलिटक प्रा.लिले नेपाली बजारमा आयात तथा बिक्री वितरण गर्ने जिम्मा पाएको छ । सो मोबाइल सार्वजनिक कार्यक्रममा जियोनीका उच्च अधिकारीहरूको समेत सहभागीता रहेको थियो । विश्वका करिव ४० मुलुकमा वार्षिक २ करोड ५० लाख मोबाइल सेट बिक्री वितरण गर्दै आएको जियोनीले नेपालमा एक वर्षमा उत्कृष्ट तीन र दुई वर्षमा पहिलो मोबाइल ब्रान्ड हुने दाबी समेत गरेको छ ।













