रामेश्वर पराजुली
काठमाडौं । वैदेशिक रोजगारमा जाने नेपाली कामदारहरुलाई दिइने अभिमुखीकरण तालिम व्यवसायीहरुले व्यापक अनियमितता गर्ने गरेका छन् । विभिन्न शक्तिकेन्द्रबाट संरक्षणप्राप्त उनीहरुले सरकार र विभागले तोकेको कुनै पनि मापदण्ड पुरा गरेका छैनन् । दुई वर्ष अगाडि झोलामा सर्ठिफिकेटका पत्ता राखेर विभाग परिसरमा पचास रुपैयाका दरले बेच्ने उनीहरुले संस्थागत हुने प्रयास गरे पनि कामदारलाई दिने शिक्षामा भने कुनै परिवर्तन भएको छैन । परिवर्तन रकममा मात्र गरिएको छ । पहिला प्रति सर्ठिफिकेट पचास रुपैया पथ्र्यो भने अहिले प्रति गोटा सातसय ।
वैदेशिक रोजगार विभागको आन्तरिक कार्यसञ्चालन निर्देशिकाको दफा २३ को उपदफा १ को ‘ख’ मा संस्थाको संस्थापको योग्यता स्नातकोत्तर हुनुपर्ने र एक भन्दा बढी संस्थापक भए पचास प्रतिसत स्नातकोत्तर (एमए पास) हुनु पर्ने भए पनि विभागमा दर्ता भएका कुनै पनि सञ्चालकको योग्यता स्नातकोत्तर (एमए) छैन । सम्वन्धित व्यक्तिको योग्यता स्नातक (विए) सम्म छैन । खोजेर ल्याएका सर्ठिफिकेट वा सम्वन्धित व्यक्तिलाई केहि रकम दिएर उनीहरुको सर्ठिफिकेट प्रयोग भैरहेको छ । सम्वन्धित सर्ठिफिकेट वाला व्यक्तिको यी संस्थाहरुमा कुनै नामो निसानै छैन् भने सोही दफाको खण्ड ‘ग’ मा कम्तीमा दुई जना प्रशिक्षकले स्नातक भै अनिवार्य रुपमा आधारभुत प्रशिक्षक प्रशिक्षण ९द्यबकष्अ त्यत० लिएको हुनुपर्ने उल्लेख भए पनि यी कुनै पनि शर्त लागु भएको छैन । किन भने द्यबकष्अ त्यत तालिम लिनकोलागि सवभन्दा पहिला स्नातक (विए) पास गरेको हुनुपर्छ ।
एसएलसी पासदेखि स्नातक नै पास नगरेका प्रशिक्षकहरुले अभिमुखीकरण तालिम दिइरहेका छन् अहिले । राम्रोसँग चेकजाँच भए अहिले विभागमा दर्ता भएका एकदुई वटा संस्थासमेत रहदैनन् । यो टोट तालिम वैदेशिक रोजगार प्रवद्र्धन वोर्डले दिने गर्दछ । त्यसका अलावा स्थानिय विकास प्रशिक्षण प्रतिष्ठान,जिल्ला विकास समिति लगायतका सरकारी संस्थाहरुले दिने गर्दछन् ।
श्रोतका अनुसार विदेशमा रोजगारीकोलागि जाने सर्वसाधारणलाई सहि शिक्षा दिने हो भने तालिम लिनेहरु मध्ये पचासप्रतिशत त विदेश जाँदै जाँदैनन् । वास्तविक र सहि सुचना लुकाएर कामदारहरुलाई प्रलोभन दिने खालको शिक्षा दिइन्छ । वैदेशिक रोजगार प्रवद्र्धन वोर्ड र विभागले तयार पारेको कोर्ष समेत पढाइदैन । गलत शिक्षाकै कारण कामदारहरुले सास्ती पाउने गरेको गुनासो एक व्यवसायीले उल्लेख गरे ।
श्रोतका अनुसार विभागमा पेश भएका ९त्यत० टोटका सर्ठिफिकेट एकजनाको दसठाउँमा विक्री भएको छ । एकठाउँमा सर्ठिफिकेट बेचेको दसहजार सम्म लिने गर्दछन उनीहरु । अर्कोतर्फ पत्रकार महासंघको सदस्यताको कार्ड र सूचना विभागको सक्कली कार्ड बोकेर विभागमा अभिमुखीकरण तालिम र म्यानपावर सञ्चालन गर्ने गरेका व्यक्तिहरुको समेत अभाव छैन । कमसल योग्यता भएका प्रशिक्षकहरुले शिक्षाको नाममा नेपाली महिलाहरुलाई कण्डम ((ढाल) लिएर विदेश जान सिकाउने गर्दछन् ।
दस घण्टा गफ दिएर गरिव जनताको सातसय लिन अनुमति भने वोर्ड विभागले नै दिएको छ । नोपली कामदारकोलागि यो चर्को रकम हो । गुणस्तर भन्दा संख्याको महत्व हुने गर्दछ यो तालिममा । प्रतिव्यक्ति सातसयका दरले पचास जाना कामदार पढाउँदा दस घण्टामा ३५०००/(पैंतीस हजार) आउने गर्दछ । शिक्षा अनुसार यो चर्को रकम हो । त्यसैगरी अभिमुखीकरण तालिम दिने भनेर त्यस्ता खाले संस्थाहरु खेले पनि उनीहरुले तालिमको अलावा म्यानपावरले झैं कामदार विदेश पठाउने व्यक्तिगत वा संस्थागत श्रमस्वीकृति निकाल्ने, पासपोर्ट संकलन गर्ने र एजेन्टको समेत काम गर्ने गर्दछन् जुन भिन्न शिर्षकका कुराहरु ह्ुन । दैनिक दुई हजारको हाराहारीमा नेपाली कामदारहरु रोजगारीकोलागि विदेशीने गर्दछन् । प्रतिव्यक्ति सातसयका हिसावले दैनिक चौध लाखको शिक्षा दिइन्छ । दैनिक चौध लाखको शिक्षा चौध पैसाको जस्तो हुँदैन ।













