काठमाडौं । नवलपरासीको गैडाकोटस्थित भृकुटी कागज कारखानाका कामदार कर्मचारीले नपाएका थप आन्दोलन गर्ने भएका छन् । विगत दुई वर्षदेखि तलबभत्ता नदिएको भन्दै कामदारहरुले आन्दोलन गर्ने वताएका हुन् ।कामदार कर्मचारीको भेलाले सङघर्षका कार्यक्रममा जान संयुक्त सङघर्ष समितिलाई दबाब दिएको छ । कारखानामा भएको भेलामा बोल्ने अधिकांश मजदुरले सङघर्ष समितिले तत्कालै आन्दोलनका कार्यक्रम ल्याउन नसके नयाँ नेतृत्व चयन गरेर अघि बढ्ने चेतावनी पनि दिएका छन् ।
भेलामा सङघर्ष समितिका संयोजक राम शर्मा र मजदुर कृष्ण चौलागाईंले समस्याको निकास नआएसम्म अब आन्दोलन नरोकिने बताउनुभयो । भेलामा नेपाल स्वतन्त्र केमिकल तथा आइरन मजदुर युनियनका केन्द्रीय उपाध्यक्ष टीकाराम पौडेल, अखिल नेपाल औद्योगिक मजदुर सङघका इकाई अध्यक्ष, हेमराज खनाल, नेपाल कारखाना काँग्रेसका प्रतिनिधि सुन्दर खड्का, नेपाल स्वतन्त्र केमिकल तथा आइरन मजदुर युनियनका पूर्वइकाई अध्यक्ष हरि ढकाललगायतको सहभागीता रहेको थियो ।
– सुकु विश्वकर्मा (प्रशिक्षार्थी)
समावेशी बनाउन नसकेको मन्त्रीको स्वीकार
काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले आफूले चाहेर पनि सञ्चारमाध्यमलाई समावेशी बनाउन नसक्ने बताउनुभएको छ । उहाँले आफूले नेपाल टेलिभिजन, रेडियो नेपाल, गोरखापत्र संस्थान तथा राष्ट्रिय समाचार समितिलाई समावेशी बनाउने प्रयास गरे पनि पूर्ण रूपमा सफल हुन नसकेको स्वीकार गर्नुभयो । सञ्चारमाध्यमलाई समावेशी बनाउन दबाब दिनका लागि अनसनमा बसेका मधेसी पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले आफूलाई घेराबन्दीमा पारिएकोले समावेशीका लागि केही गर्न नसकिने स्थितिमा रहेको बताउनुभयो । उहाँले राजधानीबाट सञ्चालित सञ्चारमाध्यमहरू आत्मबोध गरेर समावेशी नभए मधेसी, दलित, महिला, जनजाति र बहिष्करणमा परेका सबै पत्रकार ती सञ्चारमाध्यमविरुद्ध एकजुट भएर लाग्न सुझाव दिनुभयो । मधेसी पत्रकार समाज नेपालले हिजोबाट मधेस मिडिया हाउसको साक्षात्कार कक्षमा अनसन सुरु गरेको छ । समाजका अध्यक्ष मोहन सिंहले राज्य व्यवस्था, सूचना तथा सञ्चार मन्त्रालय, नेपाल पत्रकार महासङ्घ, प्रेस काउन्सिल तथा काठमाडौँ केन्द्रित सञ्चारमाध्यम साम्प्रदायिक भएको भन्दै यस अवस्थामा परिवर्तन ल्याउनका लागि अनसन बसेको बताउनुभयो । मधेस मिडिया हाउसका अध्यक्ष राजेश अहिराजले काठमाडौँ केन्द्रित निजी तथा सरकारी सञ्चार माध्यमका समाचार कक्ष तथा प्रकाशन/प्रसारण हुने विषयवस्तु समावेशी नभएसम्म राष्ट्रिय सञ्चारमाध्यम भन्न नमिल्ने बताउनुभयो । समाजले प्रेस काउन्सिलद्वारा मधेसकेन्द्रित पत्रपत्रिकाको वर्गीकरणमा हुने विभेद हटाउन पनि माग गरेको छ । समाजले अन्तरिम संविधानको धारा २७ अनुरूप राज्य व्यवस्थाद्वारा मधेसी जनतालाई सूचनाको हकबाट वञ्चित गरेको भन्दै सूचनाको हकको ग्यारेन्टी गर्न माग गरेको छ । समाजले आºनो माग सम्बोधन नहुञ्जेलसम्म अनसन जारी राख्ने बताएको छ । – दिपिका आचार्य (प्रशिक्षार्थी)
नासोद्यो पूजा सम्पन्न
पोखरा । रामबजार ताया:मचा: नाच समिति रामबजार १०,१५ पोखराले श्री कालिका मन्दिर रामबजार परिसरभित्र रहेको नासोद्यो पूजा कार्यक्रम एक समारोहका बीच सम्पन्न गर्यो । नासोद्यो पूजा नेवारी परम्परा अनुसार हरेक वर्षको गठेमंगल घण्टाकर्ण पूजाको दिन टोल टोलका नेवाहरु मिली गरिने गरिन्छ । भनिन्छ नासोद्यो भनेको देवतालाई समेत नाच सिकाउने गुरु भएको हुँदा नेवा समुदायहरुले गठेमंगलका दिन पारेर पूजा गरी तया:मचा: नाच सुरु गरेमा नाच संचालन गर्दा कुनै किसिमको समस्या आउँदैन र सम्पन्न गर्न सकिन्छ । परापूर्वकालमा राक्षसले टोलबासीलाई दु:ख दिने, मानिस मार्ने, मानिसको भोग दिनुपर्ने जस्ता कार्य गरी राक्षसले सताउने गरेकोमा घण्टाकर्णको दिन त्यस राक्षसलाई टोलबासी मिलि मारेको हुनाले घण्टाकर्ण पूजा गर्ने गरिएको हो । घण्टाकर्ण को दिन राक्षस मारेको कुरा राक्षसको श्रीमतिलाई थाहा हुँदैन, राक्षस घर नआएको हुँदा घण्टाकर्णको भोलिपल्ट राक्षसनीले आफ्नो श्रीमान खोज्न टोलमा आउँछन् र राक्षसलाई कहिँ कतै नपाएपछि राक्षसनी बौलाहा जस्तै भई जतामन लाग्यो त्यतै जाने गरेकाले उक्त राक्षसनीलाई शान्त पार्न टोलबासीहरुले राक्षसको रुप बनाई लाखे नाच निकाल्ने प्रचलनमा ल्याएको पाइन्छ ।
नासोद्यो भनेको नात्यश्वर देवता हो र घण्टाकर्णको दनि बेलुकी नेवारी परम्परा अनुसार नासोद्यो पूजा गरी नाच सिकाउने प्रचलन रहेको हुँदा रामबजार ताया:मचा: नाच समिति, नयाँबजार ताया:मचा: नाच समिति, भैरब साँस्कृतिक समिति लगायत पोखराका अधिकांश नेवारी समुदाय बसोबास गरेका ठाउँहरुका नासोद्यो पूजा गरियो ।
सम्मरबहादुर श्रेष्ठको अध्यक्षतामा नासोद्यो पूजा गरी नाच प्रशिक्षण गरिएको उक्त पूजामा समितिका नायो: रामलाल श्रेष्ठले नासोद्यो पूजा गरी उपस्थितहरुलाई टिका, प्रसाद वितरण गर्नुभएको थियो । उक्त पूजामा प्रशिक्षण संयोजक सरन ताम्राकार, नासोद्यो पूजा संयोजक मिठू गोशली लगायतका व्यक्तिहरुले नासोद्यो पूजाको दिन गरिएको पूजा कार्यक्रमले नाच सम्पन्न गर्न सफल रहने विश्वास राख्दै शुभकामना दिनुभएको थियो ।
सर्वपक्षीय महासभाको माग
काठमाडौं । सद्भावना पार्टीले देशको वर्तमान राजतितिक निकासको सम्बन्धमा दुई दिने सर्वपक्षीय महासभाको निष्कर्ष बताउनका लागि कुटनितिक नियोगहरुलाई आमन्त्रण गरी श्रावण १ गते साझ बुढानिलकण्ठको पार्क भिलेज होटलमा छलफल गरी सम्पन्न भएको छ । सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष मन्त्री राजेन्द्र महतोले संविधानका विषयमा टुगों नगरी सरकार फेर्ने कुराले मात्र राष्ट्रले निकास नपाउने वताउनु भयो ।
उहाँले सहमतिका लागि १० प्रदेशको संघियताको खाका संविधानमा उल्लेख गरेर संसदीय र्निवाचनमा जाउँ र संसदको निवाचन भएको तीन महिना भित्र त्यसको अन्तिम टुङ्गो लगाउला । स्वीस नियोग का प्रतिनिधिले सोधेको प्रश्न सामाजिक सदभाव खलवल्याउन थालेको विषयमा अधयक्षज्यूले “जबसम्म विभेद को अन्त्य हुदैन् तबसम्म सामाजिक सद्भाव कायम रहन सक्दैन्” भनी उत्तर दिनु भयो । उत्तर दिने क्रममा संघीयता र संविधानका लागि आफू जुनसुकै त्याग गर्न तयार रहेको बताउनु भयो । संघीयताका लागि समय आएपछि सरकार छोडेर सडक आलदोलनमा जाने बताउनु भयो ।
कार्यक्रममा फ्रान्सका राजदुत, डेनिस डि.सि.एम., भारतका डि.सि.एम., जर्मनीका डि.सि.एम., स्वीस विकास नियोगका प्रतिनिधि, यूरोपियन युनियनका प्रतिनिधि, अमेरिकी प्रतिनिधि लगायतका कुटनितिक नियोगका उच्च व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
– उषा उप्रेती (प्रशिक्षार्थी)

शिक्षक सुध्रिए इन्जिनियर सुध्रिएन
भक्तपुरको कलेजमा अध्यापन गराउन शिक्षक सुध्रिएका छन् । सार्वजनिक क्षेत्रमा धुम्रपान नगरेर डा. पुरुषोत्तमलोचन श्रेष्ठ सुध्रिएका हुन । इन्जिनियर नेता किशोर शाक्य भने अझै पनि निर्धक्कका साथ सार्वजनिक स्थलमा धुम्रपान गर्ने गरेका छन् । यही साउन ३ गते इन्जिनियर दिवस समारोह स्थल प्रज्ञा भवनमा समेत उनको धुम्रपान गर्ने योजना छ । करीब तीस लाखको खर्च तथा पन्ध्र सय जना इन्जिनियरको जमघट हुने सभामा शाक्यले धुम्रपान गर्ने भएका हुन । सो संविधान बनाउन सभासदहरुलाई दवाब दिन नसकेका शितल दरवार प्रमुख रामवरण यादव सभानायक भएर जाने भएका छन् । देश र जनताले खोजेको संविधान निर्माण गर्न असमर्थ भए पनि यादवले सो दिन इन्जिनियर विद्यार्थीले भनेको मान्ने भएका छन् । सो दिन यादवलाई कम्युटरको बटन दवाएर सभा उद्घाटन गराउने आयोजकको रहेको छ । सार्वजनिक स्थलमा धुम्रपान गर्ने छुट आयोजकले देला या नदेला त्यो हेर्न बाँकी छ । यसैबीच लिवालीका आधा भन्दा बढी शिक्षकले सार्वजनिक स्थलमा धुम्रपान गर्ने पाइएको छ । त्यहाँ अध्ययन गर्ने ७० प्रतिशत बढी विद्यार्थी धुम्रपान, मध्यपान र लागु औषध सेवन गर्ने दुव्र्यसनमा फसेका छन् ।
खाना पकाउने चूल्हो सुधारिँदै
काठमाडौँ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले ग्रामीण क्षेत्रमा हालसम्म पाँचलाख सुधारिएको चुल्हो जडान गरेको उपलक्ष्यमा एक विशेष कार्यक्रमको आयोजना गरेको छ । सन् १९९९ देखि २०१२ सम्म विभिन्न दातृ निकायको आर्थिक एवम् प्राविधिक सहयोगमा मुलुकका ६३ जिल्लामा ६ लाख १९ हजार सुधारिएको चुल्हो जडान गरिएको भए पनि पाँचलाख जडान गरेको उपलक्ष्य पारेर विशेष कार्यक्रमको आयोजना गरिएको हो ।
वातावरण, विज्ञान तथा प्रविधिमन्त्री डा. केशवमान शाक्यले मुलुकका विभिन्न स्थानमा जडान गरिएका ती चुल्होबाट ग्रामीण महिलाको स्वास्थ्यमा सुधार आउने र यसबाट जीवनस्तरमा समेत उल्लेख्य परिवर्तन हुनसक्नेमा जोड दिनुभयो । उहाँले घरभित्रको धुवाँ प्रदूषण कमी, दाउराको खपतमा कमी तथा पकाउने समयमा समेत बचत गर्न सुधारिएका चुल्होले मद्दत पुग्ने विश्वास व्यक्त गर्दै ब्राजिलको रियोमा हालै सम्पन्न दीगो सम्मेलनबाट गरिबी हटाउन र सामाजिक परिवर्तनका दिशामा अख्तियार गरिएको कार्यलाई सफलता दिन यस्तो कार्यक्रमले सघाउने पनि बताउनुभयो ।
सो अवसरमा ग्रामीण क्षेत्रमा सुधारिएको चुल्हो प्रवद्र्धनमा विशेष योगदान पुर्याउने क्षेत्रीय ऊर्जा प्रदायक संस्थाहरू रिमरेक काभ्रेका अध्यक्ष डा. प्रेम शर्मा, ग्रामीण प्रविधि केन्द्र ललितपुरका अध्यक्ष गणेशराम श्रेष्ठ, त्रिभुवन विश्वविद्यालय रिकाष्टका कृष्णदास श्रेष्ठ तथा प्रेरणादायी व्यक्तित्वद्वय हुतराम वैद्य र डा. मृगेन्द्रराज पाण्डे एवम् विभिन्न जिल्लामा सुधारिएको चुल्होको सफल प्रयोगकर्ताहरूलाई सम्मान गरिएको थियो । समारोहमा नेपालका लागि नर्वेजियन राजदूत आल्फ आर्ने रेमसेलिनले आºनो मुलुकले नेपालमा वैकल्पिक ऊर्जा, सौर्य प्रविधि र सुधारिएको चुल्होका लागि सहयोग प्रदान गर्दै आइरहेको र यो सहयोग निरन्तर राख्नेछ भन्नुभयो । नेपालका लागि डेनमार्कका राजदूत मोर्टन एसपर्सनले नेपालको विकासमा आफ्नो मुलुकले सघाउन तयार रहेको र नेपाली जनताको स्वास्थ्य सुधारलगायतका कार्यक्रममा सहयोग पुर्याउने बताउनुभयो ।
वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव कृष्ण ज्ञवालीले दाउराको धुवाँबाट निस्कने प्रदूषण कम हुने र यसले दम, खोकी, आँखा पोल्ने, क्यान्सरजस्ता रोगबाट बच्न सहयोग पुग्ने भएकाले यसलाई हरेक गाउँ–गाउँमा पुर्याउनुपर्नेमा जोड दिनुभयो । वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक प्रा.डा.गोविन्दराज पोखरेलले सुधारिएको चुल्होले केन्द्रद्वारा सञ्चालित कार्यक्रमहरूले ग्रामीण जीवनमा ऐतिहासिक सफलता प्राप्त गरेको उल्लेख गर्दै सुधारिएको चुल्हो र वायोग्याँसमा नेपालले पाएको सफलतालाई नमूनाका रूपमा विश्वका कतिपय देशहरूले लिइरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा पूर्वमन्त्रीद्वय भक्तबहादुर बलायर र केशव बडालले सुधारिएको चुलो जडानपछि महिलाले खाना पकाउने र दाउरा सङ्कलन गर्न लाग्ने समय बचत भएको भन्दै यस प्रविधिलाई ग्रामीण क्षेत्रमा विस्तार गर्न सकिए स्वच्छ ऊर्जाको पहुँच विस्तार गर्न सहयोग पुग्ने बताउनुभएको थियो । सन् २००९ मा विश्व स्वास्थ्य सङ्गठनले नेपालमा गरेको एक अध्ययनमा घरभित्रको धुवाँ प्रदूषणबाट वर्षेनी सात हजार ५०० ले अकालमा ज्यान गुमाउनुपरेको बताएको थियो । नेपालमा अहिले पनि ८६ प्रतिशत बासिन्दाले खाना पकाउने ऊर्जाको रूपमा दाउराको प्रयोग गरिरहेका छन् ।