काठमाडौँ, नेकपा–माओवादीका कार्यवाहक अध्यक्ष सिपी गजुरेलले आºनो पार्टी प्रचण्डपथमा नफर्कने भएकाले दुई पार्टीबीच एकीकरणको सम्भावना नरहेको बताउनुभएको छ । साक्षात्कार कार्यक्रममा कावा अध्यक्ष गजुरेलले भन्नुभयो– “हामी प्रचण्डपथमा सच्चिएर जाँदैनौँ, हामीले आºनै पथ निर्माण गरिसक्यौंँ ।” एमाओवादीले वर्गीय र सामाजिक आधार छाडेर आत्मसमर्पणवादी बाटामा हिँडेको भन्दै उहाँले सो दलसँग एकता हुन नसक्ने स्पष्ट पार्नुभयो । उहाँले प्रश्न गर्नुभयो– “एमाओवादीको विस्तारित बैठकमा अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत गरिएको भनिएको राजनीतिक प्रतिवेदनमा जनयुद्ध शब्द कहाँ हरायो ?” ‘प्रचण्डजीले आºनो लाइन परिवर्तन गर्न विस्तारित बैठक बोलाउनुभएको होला, यसले हामीलाई कुनै अर्थ राख्दैन,’ कावा अध्यक्ष गजुरेलले भन्नुभयो । उहाँले प्रधानमन्त्री डा बाबुराम भट्टराईले नैतिकताका आधारमा पदबाट राजीनामा दिनुपर्ने नत्र राजनीतिक आन्दोलनबाट उहाँलाई पदबाट हटाइने चेतावनी दिनुभयो । एक प्रसङ्गमा उहाँले पार्टी अध्यक्ष मोहन वैद्य चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा दुई पार्टीबीचमा सम्बन्ध विस्तार गर्न चीन जानुभएको जानकारी दिनुभयो । कार्यक्रममा नेकपा (एमाले)का केन्दीय सदस्य भीम रावलले आºनो पार्टीेले विघटित संविधानसभा पुन:स्थापना गर्ने कि नयाँ निर्वाचनमा जाने भन्ने कुनै निर्णय नगरेको बताउनुभयो । उहाँले भन्नुभयो– “प्रधानमन्त्री डा भट्टराईले आºनो पदबाट राजीनामा दिई सहमतीय सरकारका लागि मार्गप्रशस्त गर्नुपर्छ ।”
यसैबीच उपाध्यक्ष गजुरेलले प्रधानमन्त्री डा बाबुराम भट्टराईले आफै पदवाट राजीनामा नदिए आन्दोलनको आँधीबेहरीबाट बालुवाटारबाट लखेट्ने चेतावनी दिनुभएको छ । गजुरेलले आफूहरु आन्दोलनको तयारीमा रहेकोले तयारीपछि भिषण आन्दोलन गरेर स्वेच्छाचारी प्रधानमन्त्रीलाई आन्दोलनबाटै घुँडा टेकाउने दाबी गर्नुभयो ।
गजुरेलले प्रधानमन्त्रीलाई हटाउने आन्दोलनमा नेपाली काँग्रेस र एमालेले नेतृत्व गरेको मोर्चालाई पनि साथै लिएर हिडे पनि क्रान्तिकारी शक्तिहरुको आफूहरुले तेश्रो मोर्चा निर्मार्ण गर्ने खुलासा गर्नु भयो । उहाँले भन्नुभयो,’प्रचण्ड र एमाले–काँग्रेसले नेतृत्व गरेको दुई मोर्चा छ, हामी अलग तेश्रो मोर्चा निर्मार्ण गछौं । बाबुरामजीलाई हटाउने विषयमा काँग्रेस र एमालेको मोर्चासँग सहकार्य गर्न सकिन्छ तर अरु विषयमा हाम्रो कुरा मिल्दैन । ‘













