सराङ्गकोट सञ्चार सहकारी पोखराको बुधबार बसेको पूर्ण बैठकले रेडियो सराङ्गकोटको सञ्चालक समितिमा हेरफेर गरेको छ । रेडियोको प्रबन्ध निर्देशकमा पोखराका व्यवसायि तथा समाजसेवी पवनकुमार प्रजापति चयन हुनुभएको छ । नवगठित सञ्चालक समितिको कार्यकारी निर्देशकमा कृष्ण थापा तथा निर्देशकहरुमा अर्जुनबहादुर बस्नेत, वन्त बहादुर बानिया, बुद्ध गुभाजु, लोकेन्द्रराज भण्डारी, चिन्तामणि बाँस्तोला र ईन्द्रकमल मानन्धर रहेको समिति गठन गरिएको छ । समितिको सल्लाहकारहरुमा पूर्व अध्यक्ष शुसिलराज पराजुली, लोकबहादुर थापा, कमलनयन गौतम र प्रेमबहादुर जिसि रहनुभएको छ । सराङ्गकोट सञ्चार सहकारीबाट सञ्चालित रेडियो सराङ्गकोटलाई समयानुकुल परिमार्जन गरी समुदायमुखी बनाउन समितिलाई परिमार्जन गरिएको पूर्व अध्यक्ष शुसिलराज पराजुलीले बताउनुभयो । सराङ्गकोट सञ्चार सहकारी सँस्थाका अध्यक्ष लोकबहादुर थापाको अध्यक्षतामा बसेको सञ्चालक समितिले समाजमुखि बनाउने निर्णय गर्दै सम्पूर्ण शेयर सदस्यहरुलाई धन्यवाद ज्ञापन गरेको छ ।
र्याण्डम रिडर्समा फूलको आँखामा
र्याण्डम रिडर्स सोसाइटी अफ् नेपालले आफ्नो नियमित पुस्तक परिचर्चा कार्यक्रम अन्र्तगत यही असार ३० गते आनी छोइङ डोल्मा्द्वारा लिखित ‘फूलको आँखामा’नामक पुस्तकमाथि परिचर्चा कार्यक्रम शनिबार सम्पन्न गरेको छ । हरेक महिनाको अन्तिम शनिबार गरिने कार्यक्रमको बिसौं शृङ्खलामा कवयत्री गिता त्रिपाठीको परिचय पनि दिइएको थियो ।
पुस्तकमाथि परिचर्चा प्रस्तुत गर्दै सोसाइटीकी सदस्य मिरा ढकालले पुस्तकले तिब्बती शरणार्थीको जीवनी, आनी छोइङ डोल्माको वाल्यकाल देखी उनको आर्यतारा स्कूल निमाण गर्दासम्मको आत्मकथा एवं बौद्ध धर्म र आनीहरुको जिवनका बारेमा समेत पुस्तकले बोलेको बताउँदै कतिपय सन्र्दभमा भने आनी छोइङका भौतिकवादी तर्कहरुले पुस्तकलाई खल्लो बनाएको भएतापनि समग्रमा पुस्तकलाई सकारात्मक सोचको विकासका लागि अत्यन्तै महत्वपूण सामाग्रीका रुपमा चित्रण गर्नुभयो । कार्यक्रममा पृ.ना क्याम्पसका क्याम्पस प्रमुख गेहेन्द्रेश्वर कोइराला, भू.पु क्याम्पस प्रमुख प्रा.डा. पशुृपतिनाथ तिमिल्सेना, सह प्राध्यापक रद्युनाथ अधिकारी, तोयानाथ लामिछाने, सुभाष मल्ल, डिल्लीप्रसाद ढुङ्गाना, शिब काफले, कृष्ण के.सी, टंकराज बराल, नगेन्द्र भण्डारी, विभाष तटस्थ, सरीता पुरी, महेन्द्रमान व्यथित र युवराज त्रिपाठी लगायका पाठकहरुले टिप्पणी गर्नुभएको थियो ।
सोही कार्यक्रममा स्रष्टा परिचयअन्र्तगत कवि एवं साहित्यकार गिता त्रिपाठीको परिचय दिँदै सोसाइटीकै उपाध्यक्ष दुर्गा बहादुर शाह ‘बाबा’ ले त्रिपाणीको साहित्यीक एवं कवि मनको बारेमा चर्चा गर्नुभएको थियो भने प्रस्तोता परिचयका रुपमा परिचर्चाकार मिरा ढकालको परिचय सोसाइटिकै सदस्य उपेन्द्रप्रसाद पौडेलले गर्नुभएको थियो ।
प्रतिष्ठानद्वारा दलित विद्यार्थी सम्मानित
ममिता गौतम स्मृति प्रतिष्ठान पोखराले कास्की जिल्लाबाट २०६८ सालको एसएलसी परीक्षामा उत्तीर्ण दलित उत्पीडित विद्यार्थीहरुलाई कृष्ण मन्दिर प्राङ्गणमा प्रतिष्ठानका अध्यक्ष ऋषिराम विश्वकर्माको सभापतित्व र पोखरा उपमहानगरपालिका सामाजिक विकास शाखाका अधिकृत ओमराज पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न गरियो ।
प्रतिष्ठान स्थापनाको छोटो अवधिमा यसले समाजमा राम्रो कार्य गरेको वक्ताहरुले बताउनुभयो । भूगोलविद् डा.कृष्ण के.सी.ले समाजमा आर्थिक अभावले पढ्न नसकेका छात्रछात्रा, औषधि उपचार गर्न नसकेका थुप्रै क्षेत्रमा प्रतिष्ठान जस्ता सामाजिक संस्थाले सहयोग पुर्याउन सके समाजको विकास हुँदै जाने बताउनुभयो ।
विश्व हिन्दु महासंघ दलित समन्वय समितिका अध्यक्ष खरीलाल विश्वकर्माले ममिता जस्तो हाम्रो समाजमा न कहिल्यै जन्मे न अब जन्मन्छन्, उनले यस संसारमा धेरै बस्न नपाए पनि सामाजिक कार्यले उनको आत्मामा शान्ति पुग्नेछ भन्नुभयो ।
कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार धनबहादुर नेपाली, सूवर्णकला समितिका अध्यक्ष निर्मल सुनार, विश्वकर्मा समाजका अध्यक्ष गणेश बराइली, नेपाल रेडक्रस सोसाइटी १०।११ का सभापति जीवनाथ पौडेल, रामबजार ट्याक्सी इकाईका अध्यक्ष राजु परियार, राष्ट्रिय परोपकार महासंघ जिल्ला अध्यक्ष ललित कुँवर, सम्मानित व्यक्तित्व मणिराज परियार, पत्रकार प्रेम नेपाली लगायत सम्मानित विद्यार्थीहरुलाई शुभकामना व्यक्त गर्नुभएको थियो ।
प्रतिष्ठानले प्रकाशित गरेको स्मारिकामा लेख, रचना उपलब्ध गराउने व्यक्तित्वहरुलाई समेत सम्मान गरिएको थियो ।
अध्यक्ष ऋषिराम विश्वकर्माले शिक्षामा पहुँच नपुगेको क्षेत्रमा पछाडि परेका जाति, जनजातिहरुलाई छात्रवृत्ति प्रदान गरिँदै आएको र गत वर्ष १८ जना गरीब, दलित, जनजातिहरुलाई छात्रवृत्ति प्रदान गरेको र यस वर्ष पनि छात्रवृत्ति प्रदान गरिनुका साथै सीपमूलक, ज्ञानमूलक र आयमूलक तालिम प्रदान गरी दलित, जनजाति, महिलाहरुलाई सहयोग गर्ने बताउँदै सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गर्नुभयो ।









