ओसाका । दक्षिण–पश्चिम जापानी क्युसु द्वीपमा भारी वर्षाको क्रम नरोकिएको र त्यहाँ अहिलेपनि बाढी आइनै रहेको बताइएको छ । बाढी र वर्षाका करण हालसम्म सोही द्वीपमा कम्तीमा पनि ३० जनाको ज्यान गइसकेको जानकारी जापानी अधिकारीहरुले दिएका छन् । साथै सो बाढीका कारण त्यहाँका एकलाख भन्दा बढी नागरिक प्रभावित भएका पनि समाचारमा जनाइएको छ ।यसैबीच अर्काे एक समाचारमा स्थानीय सञ्चारमाध्यमले सो स्थानमा आँधीको पनि डर रहेको जनाएका छन् ।यस प्रकोपबाट अझै केही व्यक्ति बेपत्ता भएको पनि समाचारमा उल्लेख छ । कुमामोटो प्रान्तको आसो सहरमा ५०० मिलिमिटरसम्म वर्षा भएपछि सो प्रकोप आएको समाचारमा उल्लेख छ । मौसमी वर्षा भारी मात्रामा आएपछि क्युसुद्वीप क्षेत्रमा बाढी र पहिरोको प्रकोपले सताएको जनाइएको छ । सो आँधीको समाचार सार्वजनिक भएपछि थप त्रास फैलिएको समाचारमा उल्लेख छ ।
बम विष्फोटमा एघारको मृत्यु
पाकिस्तान । उत्तर पश्चिम पाकिस्तानको एक आदीवासी क्षेत्रमा भएको बम विष्फोटमा आठ व्यक्तिको मृत्यु भएको छ । एक सवारीसाधनसँग ठोकाएर गराइएको यस विष्फोटमा दुई महिला र दुई बालबालिकासहित एघार व्यक्तिको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । उत्तर पश्चिमी पाकिस्तानको ओराकाजाइ जिल्लाको सेपोय गाउँमा सो विष्फोटन भएको स्थानीय प्रशासन अधिकारी जाकिर हुसेनले जनाएका छन् । सडकमा राखिएको सो बम दुर नियन्त्रक यन्त्र (रिमोट कन्ट्रोल) द्वारा विष्फोटन गराइएको समाचारमा जनाइएको छ । उक्त बम यात्रुवाहक एक भ्यानको नजिकै भएकोले त्यस भ्यानमा रहेका आठ व्यक्तिको मृत्यु भएको उल्लेख गरिएको छ । यसमा परी अन्य चार व्यक्ति घाइते भएको पनि जनाइएको छ ।
यस विष्फोटनको गुप्तचर अधिकारीहरुले पुष्टि गरेका छन् । अफगानिस्तानको सीमा क्षेत्रमा पर्ने यो ओराकाजाइ क्षेत्र पाकिस्तानको सातवटा आदीािसी क्षेत्रमध्ये एउटा हो । यस इलाकामा तालिवानी र अल–कायदा नामक आतङ्ककारी सञ्जालको बलियो प्रभाव रहेको पाइन्छ ।
अफगानी सैनिकलाई मृत्युदण्ड
काबुल, । चारजना फ्रान्सेली सैनिकको हत्यागर्ने अफगानी सैनिकलाई अफगानिस्तानमा मृत्युदण्ड दिइएको छ । ती सैनिकलाई मृत्युदण्ड दिनुपर्ने आदेश हालै अफगानिस्तानको राष्ट्रिय सेनाले गरेको रक्षा मन्त्रालयले एक विज्ञप्ति मार्फत जनाएको छ । ती अफगानी सैनिकले गएको जनवरी महिनामा आफुसँगै संयुक्त सुरक्षा फौजमा कामगर्ने चारजना फ्रान्सेली सैनिकको गोलीहानी हत्या गरेका थिए । अफगानिस्तानको कापिसा प्रान्तमा सो हत्याकाण्ड भएपछि उनलाई तत्कालै अन्य सहकर्मी सैनिकले पक्राउ गरेका थिए । अफगानिस्तानबाट आºना सेना छिट्टै फिर्तागर्न दबाव दिनका लागि ती सैनिकले फ्रान्सेली सैनिकलाई आक्रमण गरी हत्या गरेका थिए













