अधिकांश बैंक नाफामा
काठमाण्डौं । आर्थिक वर्ष २०६८/६९मा अधिकांस वाणिज्य बैंकको सञ्चालन मुनाफा बढेको छ । विभिन्न १७ वटा वाणिज्य बैंकको विवरणले मुनाफा बढेको देखाएको छ । निम्न बैंकहरुको मुनाफा यस प्रकारको रहेको छ । नेपाल वैंक लिमिटेडले ५० करोड, सिद्धार्थ वैंकले ५० करोड, नबिल वैंकले २ अर्ब १७ करोड, एभरेष्ट बैंकले १ अर्ब ४१ करोड, सिटिजन्स बैंकले १९ करोड, नेपाल बंगलादेश वैंकले २१ करोड, सानिमा वैंकले २५ करोड, एसवीआई वैंकले ६७ करोड, सनराइज वैंकले ४५ करोड, कृषि बिकास वैंकले २ अर्ब ३६ करोड, वैंक अफ एसियाले ४४ करोड, ग्रान्ड वैंकले १४ करोड, मेगा बैंकले पौने ४ करोड, कुमारी वैंकले ४९ करोड, किष्ट वैंकले ३६ करोड र सिभिल वैंकले जम्मा ७७ लाख मुनाफा कमाएको बताइएको छ
इन्भेस्टमेन्टमा ज्योति
काठमाडौ, इन्भेस्टमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा ज्योतिप्रकाश पाण्डे नियुक्त भएका छन् । १० वर्षदेखि उक्त पद समेत सम्हाल्दै आएका पृथ्वीबहादुर पाण्डेले कार्यकारी पद छोडेर अध्यक्षको जिम्मेवारी मात्रै लिएको बैकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । साउन १ गतेदेखि लागू हुने गरी पृथ्वी पाण्डेले कार्यकारी अधिकृतको पद छाडेका हुन् । विगत ३४ वर्षदेखि बैंकिङ क्षेत्रमा कार्यरत पृथ्वी पाण्डेको बैंकलाई उचाइमा पुर्याउन ठूलो योगदान रहेको बैंकले जनाएको छ ।
चार्टर्ड एकाउन्टेन्ट रहेका पृथ्वी पाण्डेले राष्ट्र बैंक, अन्तर्रािष्ट्रय मुद्रा कोष, वाणिज्य बैंक र हिमालयन बैंकमा समेत काम गरिसकेका छन् । १० वर्षको अवधिमा इन्भेस्टमेन्ट बैंकले तीन पटक बैंक अफ दि इयर सम्मान समेत पाएको थियो ।
यसैगरी ६८ एटीएम रहेको बैंकले जनाएको छ । नवनियुक्त प्रमुख कार्यकारी ज्योति पाण्डेको बैंकिङ क्षेत्रमा २५ वर्षको अनुभव छ । उनी इन्भेस्टमेन्ट बैंकसंग १० वर्षदेखि आबद्ध रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।
बीओकेको शाखा विस्तार
काठमाण्डौ। बैंक दि बैंक कर–फाइनाइन्सियल टाइम्स लन्डनबाट –बैंक अफ दि इयर) बाट सम्मानित भइसकेको बैंक अफ काठमाडौंले विभिन्न स्थानमा शाखा विस्तारको क्रमलाई तिव्रता दिएको छ । बैंकले पछिल्लोपटक महाराजगन्ज र बत्तिसपुतलीमा शाखा विस्तार गरेको छ । शाखाको उद्घाटन बैंकका अध्यक्ष नरेन्द्रकुमार बस्नेतले महाराजगन्ज शाखा र बत्तिसपुतली शाखाको बैंकका निर्देशक सत्यनारायण मानन्धरले उद्घाटन गर्नुभएको थियो । बैंक अफ काठमाडौंको बत्तिसपुतली शाखा ४४औं र महाराजगन्ज शाखा ४५ औं शाखा भएको उक्त बैंकले जारी गरेको बिज्ञप्तीमा जनाएको छ ।
बैंकले स्थापनाको १४ वर्ष पूरा गर्दा नगर्दै सगरमाथा अञ्चलबाहेक मुलुकका १३ अञ्चलमा शाखा विस्तार गरिसकेको छ । मुलुकमा सञ्चालित बैंकको निक्षेप सङकलनका हिसाबले छैटों स्थानमा छ ।
प्रभु मनि ट्रान्सफर ११ औँ बर्षमा प्रवेश
काठमाण्डौ । स्वदेश तथा विदेशवाट सुरक्षित र भरपर्दो सेवा प्रदान गर्दै आएको प्रभु मनि ट्रान्सफर प्राइभेट लिमिटेड स्थापनाको ११ औँ बर्षमा प्रवेश गरेको छ । स्पथापनाको ११ औँ वर्ष प्रवेशको अवसरमार प्रभु मनि ट्रान्सफरले एक विज्ञप्ती जारी गरी समस्त ग्राहक बर्ग तथा सुभ–चिन्तकहरुमा शुभकामना व्यक्त गर्दै आगामी दिनमा पनि ग्राहक वर्गको सुबिधालाई पहिलो प्राथमिकतामा राख्दै अझै गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।
प्रभुले मलेसियामा १ सय २५ , अमेरिकामा १८ , गल्फमा ५० र नेपालमा ६० जना गरी ६ सय ३ जनालाई प्रत्यक्ष रोजगार प्रदान गर्दै आएको छ । भगिनी संस्थाको रुपमा स्थापित प्रभु फाइनान्सले ३७ बटा आफ्नो शाखाबाट सेवा प्रदान गर्दै आइरहेको छ, जसमा प्रत्यक्ष रुपमा ३५० जनाले रोजगार पाईरहेका छन् । यसका साथै प्रभु मनि ट्रान्सफरले वाषिर्क तीन लाख ग्राहकलाई सुविधा दिदै आएको छ । सन् २००२ मा स्थापना भएको प्रभु मनि ट्रान्सफरले हाल प्रत्यक्ष रुपमा प्रति महिना १ लाख ३० हजार ग्राहकलाई सेवा दिदै आईरहेको छ । नेपालभर रहेका १ हजार ७ सय भन्दा बढी क्गद–ब्नभलत बाट सेवा प्रदान गरिरहेको प्रभुले ग्राहकलाई सुरक्षित, भरपर्दो र छिटो छरितो रुपमा सेवा उपलब्ध गराउँदै आएको छ । मलेसिया र अमेरिकामा आफ्नै कार्यालय तथा क्ष्लमष्ब, द्यबलनबिमभकज, एबपष्कतबल, त्तबतबच, क्बगमष् ब्चबदष्ब मा आफ्नै सम्पर्क कार्यालय खोली त्यहाँ रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आएको छ ।
आफ्नै प्रत्यक्ष सञ्जाल कायम गरी बिश्वको विभिन्न मुलुकहरु जस्तै कतार, मलेसिया, साउदी अरव, बहराईन, कुवेत, ओमान, अफगानिस्तान, इराक, युके लगायतका देश मार्फत र ह्उचभकक :यलभथ कभचखष्अभ, क्द्यक्ष् द्यबलप क्ष्लमष्ब, :यलभथनचबm, ऋयष्लकतबच, इmलभह, त्चबलक ? बकत, ब् िच्बवजष् द्यबलप, भ्शचझष्त बाट पठाएको रकम देशभर रहेको आफ्नो शाखा तथा एजेण्ट मार्फत सम्बन्धित व्यक्तिलाई भुक्तानी गर्दै आएको छ । प्रभु मनिले मलेसियाको ग्लष्त्रगभ :यलभथ, त्:ी, जस्ता प्रख्यात मनि ट्रान्सफर कम्पनीबाट नेपालमा रकम पठाउन सहकार्य गर्दै आएको छ भने मलेसियाबाट ऋक्ष्:द्य बैंकको २५० भन्दा बढि शाखाहरुबाट हाल ब्अअयगलत ऋचभमष्त र क्भउत ज्ञ, द्दण्ज्ञद्द देखि ऋबकज र ब्अअयगलत त्चबलकाभच दुबै गर्न सकिने छ ।
आफ्नो सञ्जाललाई नेपालका हरेक कुनामा सरल, सुलभ तरिकाले पुर्याउन हाल मात्र एचबदजग ऋय–इउभचबतष्खभ क्भचखष्अभ को स्थापना गरिएको छ, जसको मुख्य उद्देश्य प्रत्येक गाँउमा, च्झष्ततबलअभ को भुक्तानी लिन छिटो, छरितो र सजिलो साथै ऋजभअप ऋभिबचबलअभ, अन्तर सहकारी :यलभथ त्चबलकाभच को काम पनि सञ्चालनमा ल्याई सेवा प्रदान गर्न अभिभारा बोकी स्थापना भएको छ । एचबदजग ऋय–इउभचबतष्खभ क्भचखष्अभ ले नेपाल भरी छरिएर रहेको हरेक ऋय–इउभचबतष्खभ क्भचखष्अभ सँग साझेदारी गर्दै अगाडी बड्ने योजना राखेको छ । साथै देशभर कारोबार गरिरहेको २८,००० भन्दा बढि सहकारीहरु सँगको सहकार्य गरी नेपालमा क्ष्लधबचम च्झष्ततबलअभ रआन्तरिक मनि ट्रान्सफरको कार्य समेत गरिनेछ ।
रियल फ्रुट पावर विजेता
काठमाडौं/ डाबर नेपालको उत्पादन रियल जुसले बजार प्रवद्र्धनका लागि सुरु गरेको ‘रियल फ्रुट पावर कन्टेस्ट–जिन्दगी रमाउँछ, फ्रुट पावरले जिताउँछ’ को पन्ध्रौँ सातामा काठमाडौंका विमल तुलाधर विजेता घोषित भएका छन् । मोबाइल नम्बर ९८४९९४६००४ रहेका तुलाधरले चेन जोमसन माउन्टेन बाइक उपहार प्राप्त गरेको कम्पनीले जनाएको छ । पन्ध्रौँ साताको योजनासँगै रियल फ्रुट पावर कन्टेस्ट सम्पन्न भएको छ । योजनामा सहभागीले सुपर बम्पर पुरस्कार ५ लाखको छात्रवृत्ति र मासिक पुरस्कार १ लाखको छात्रवृत्ति आउँदो साता लक्की ड्रद्वारा पाउनेछन् ।
ई–चुरोट बजारमा
काठमाडौं/ ओपल नेपाल प्रालिले ई–चुरोट नेपाली बजारमा बिक्री सुरु गरेको छ । परम्परागत चुरोट सेवनको विकल्पका रूपमा नयाँ चुरोट बजारमा ल्याएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार, ७० खिल्ली साधारण चुरोटबराबर एउटा ई–चुरोट ग्राहकले खरिद गर्न सक्नेछन् ।
नेपाल एक्सप्रेस नाफामा
काठमाडौं/ नेपाल एक्सप्रेस फाइनान्सले गत आव ०६८/०६९ मा २ करोड ७५ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । सोही अवधिमा कम्पनीले ६५ करोड ३ लाख निक्षेप संकलन गरी ४८ करोड ९६ लाख कर्जा प्रवाह गरेको छ ।
चुक्ता पुँजी १४ करोड ३० लाख रहेको कम्पनीले आउँदो १७ साउनदेखि सेयरधनीलाई १ करोड ७० लाखबराबरको हकप्रद सेयर निष्कासनको तयारी गरिरहेको जनाएको छ ।
मन्जुश्रीको साधारणसभा
काठमाडौं/ मन्जुश्री फाइनान्सियल इन्स्टिच्युसनको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा आर्थिक वर्ष ०६७/०६८ मा ७३ करोड निक्षेप संकलन तथा ७१ करोड कर्जा लगानी गरेको जानकारी दिइएको थियो । यसैगरी कम्पनीले ५८ लाख रुपैयाँ खुद मुनाफा गरेको र सेयरधनीलाई १२ दशमलव ५० प्रतिशत (करबाहेक) बोनस सेयर दिने प्रस्ताव गरेको छ । कम्पनीले बैंक तथा वित्तीय संस्थासँग मर्जमा जाने प्रस्ताव पनि पारित गरेको विज्ञप्तिमा उल्लेख छ । साधारणसभाले सर्वसाधरणबाट दुई सञ्चालक शिवप्रसाद शर्मा र टीकाप्रसाद उप्रेतीलाई चयन गरेको छ ।
ओमको नाफा सवा ९ करोड
कास्की, ओम फाइनान्सले गत आव ०६९/७० को असारमसान्तसम्म ९ करोड १५ लाख सञ्चालन मुनाफा आर्जन गरेको छ । महाप्रबन्धक बुद्धि मल्लका अनुसार, असारमसान्तसम्म कम्पनीले ३ अर्ब २२ करोड निक्षेप संकलन गरी २ अर्ब ५२ करोड कर्जा लगानी तथा ६ करोड २ लाख खुद मुनाफा गरेको छ ।
फेवाको नाफा पौने ९ करोड
कास्की/ फेवा फाइनान्सले गत आव ०६८/०६९ को असारमसान्तसम्म ८ करोड ७४ लाख सञ्चालन मुनाफा आर्जन गरेको छ । कम्पनीले आव ०६८/०६९ को १२ महिने अवधिमा २ अर्ब ४३ करोड निक्षेप संकलन तथा २ अर्ब १५ करोड ऋण लगानी गरी नाफा आर्जन गरेको हो । अधिकृत पुँजी ७० करोड, चुक्ता पुँजी ३० करोड ३ लाख रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रेशम थापाले जानकारी दिए ।
सिटीको निक्षेप २.३३ अर्ब
कास्की । सिटी डेभलपमेन्ट बैंकले गत आव ०६९ असारमसान्तसम्म २ अर्ब ३३ करोड निक्षेप र १ अर्ब ८२ करोड कर्जा प्रवाह गरेको छ ।
पुँजी अभावमा व्यापार व्यवसाय सञ्चालन गर्न नसकेका महिलालाई लक्षित गरी लघुवित्त कार्यक्रम सञ्चालन गर्दै आएको बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले जानकारी दिए । अधिकृत पुँजी ४० करोड र जारी तथा चुक्ता पुँजी २२ करोड रहेको बैंकका हाल मुलुकभर ८ शाखा सन्जाल छन् ।
सिद्धार्थलाई गुणस्तर चिन्ह
काठमाडौं/ ‘मजबुतीको अर्को नाम सिद्धार्थ सिमेन्ट’ नारासहित बजारमा बिक्री हुँदै आएको सिद्धार्थ सिमेन्टले नेपाल गुणस्तर चिन्ह–३८५ प्राप्त गरेको छ । गुणस्तरीय सिमेन्ट उत्पादनमा उत्कृष्ट भएका कारण उद्योगलाई गुणस्तर तथा नापतौल विभागले प्रमाणचिह्न प्रदान गरेको हो ।
गुणस्तरप्रतिको प्रतिबद्धता एवं ग्राहकको विश्वासका कारण गुणस्तर चिन्ह प्राप्त गर्न सफल भएको कम्पनीका महाप्रबन्धक उमेश हवासले बताए छ । सिमेन्ट कारखाना भैरहवामा छ ।
गण्डकी बैंक नाफामा
कास्की/ पोखरामा केन्द्रीय कार्यालय रहेको गण्डकी विकास बंैकले ०६९ असार मसान्तमा ६ करोड ७ लाख सञ्चालन मुनाफा आर्जन गरेको छ । सोही अवधिमा बंैकले २ अर्ब ८ करोड निक्षेप संकलन गरी १ अर्ब ५० करोड कर्जा लगानी गरेको जनाएको छ । बैंकका हाल १३ जिल्लामा शाखा सन्जाल रहेका छन् ।













