जनजाति वा जातीय अधिकार, जातीय परिचय र आबश्यकता त्यसको महत्व र ब्यबस्थापन सम्बन्धमा बिश्व इतिहास र अहिले नेपाल मा उठेको जातियबादको पक्ष र बिपक्ष धेरै बहस भइसकेका छन् र भैरहेछन । नेपालमा बहुचर्चित र बिबादित जातिबादको सकारात्मक वा नकारात्मक पक्षमा चर्को विवाद बहस र कुनै अप्रिय बातावरणको सृजना हुनु भन्दा पहिले दक्षिण अफिकाका स्वेत अस्वेत द्वन्द्वको कारण तिन दशकसम्म जेल सजाय भोग्नु भएका, नोवेल शान्ति पुरस्कार लगायत २५० वटा अन्दा बढी अन्तराष्ट्रिय पुरस्कार वाट सम्मानित पूर्ब राष्ट्रपति नेल्सन मण्डेलाको अभिव्यक्तिलाई मनन गर्नु जरुरी भएको ले स्मरण गराउनु यो समयमा उचित होला । नेल्सन मण्डेलाले भन्नुभएको छ : म जातिबादलाई घृणा गर्दछु जातिबाद मानबता बिरोधी बर्बरतापूर्ण अपराध हो । वहाको यो अभिव्यक्ति त्यसै आएको होइन. जसले स्वेत हरुको मानबता बिरोधि हरकत को पिडा भोगेको छ । ठिक त्यसै गरि अहिले हाम्रो देशमा पनि तिनै स्वेतहरुको उक्साहटमा यो मानबता बिरोधी आन्दोलन (जातीय)ले प्रशय पाएको स्पस्ट भएको छ । हाम्रै समाजका दार्शनिक गुरु स्वामी बिबेकानंद जसले हिन्दु दर्शन लाइ युरोप र अमेरिकामा सम्म पुर्याउन सशक्त भूमिका खेल्नु भएको थियो .वहाँ जहाँ जहाँ पुग्नु हुन्थ्यो आफ्नो प्रबचनमा यही कुरोलाई बल दिनुहुन्थ्यो कि यो संसारमामात्र दुई जात छन् एक स्त्री र अर्को पुरुष ‘संसारमा एउटैमात्र धर्म छ । त्यो हो मानब सेवार सभ्य आधुनिक समाज जसलाई हामी चेतनशिल नागरिक हरुको बस्ति भन्छौं वा सभ्य समाजको अबधारणा को अपेक्षा राख्दछौं त्यो भनेको समान मानबिय मूल्य र मान्यताको मर्मलाई व्यवहार मा कार्यान्वयन गरिदा मात्र उपलब्ध हुने हो । जात भनेको एउटा बंशको निरन्तरता दिने वा परिचय दिने माध्यम मात्र हो कुनै सानो र कुनै ठुलो हुँदैन । यो कुरो बुझ्न र बुझाउन ढिला भै सकेको छ । मानब मानब नै हुन्छ सबै समान हुन्छन कथित ठुलो जात भनेर दम्भ देखाउनु वा जन जाति, दली भनेर आफुले आफैलाइ हेलित सम्झनु दुवै अबचेताना का पराकाष्ठा हो । हामीले जातीयता होइन एउटै देशका नागरिक बीचमा आत्मियता बढाउने सोच र बाटो खोजौ देश बलियो हुदा नै नागरिक बलियो हुन्छ त्यसैले साम्प्रदायिकता र क्षेत्रीयता होइन राष्ट्रियता बलियो हुने बाटो रोज्नु पर्छ । अन्यथा उसलाई खाने बाघले एक दिन म हामी र सबैलाई खान्छ समयमा नै सोचौ । जहाँ स्वयम फरक देख्ने वा देखाउने मानसिकता हुन्छ त्यहाँ अब चेतनायुक्त समाज हुन्छ । हामि सभ्य छौ चेतनशिल छौ भन्ने मान्यता राख्छौं भने जातीय बिभेदको विवाद आजैवाट अन्त गर्नु पर्छ । गौतम बुद्धले प्रतिपादन गर्नुभएको शान्ति सेवा र मानबियता”को सिद्धान्त पनि जातीय बिभेदभन्दा माथिको सोच राख्नकै लागि थियो । वहाले देख्नु भएको दु:खी रोगी र लाशको तिनवटा नै अवस्था मानबियतामात्र थियो जातियताको गन्ध थिएन ।
नेपालमा अहिले जसरी जातीय मुद्दा उठेको छ त्यसको उठानको आधार बिन्दुदेखि प्रस्थान (गन्तब्य) बिन्दु अर्थात परिणामसम्म प्रत्यकले म राष्ट्रको एक जिम्मेवार नागरिक हँु भन्ने सोचेर बिषयगत बिश्लेषण, मुल्यांकन गर्नु अनिवार्य हुन्छ । हामीले सभ्य मुलुक, बिकसित मुलुक भनेर औल्याईएका देशहरुलाइै अध्ययन गर्र्यौ भने थाहा हुन्छ कि समान मानबिय मूल्य र मान्यताको सिदान्त अनि मर्मलाइ ब्यबहारमा कार्यान्वयन गर्नु किन आवश्यक छ र परिणाम कस्तो आउछ ? जातीयबाद किन मानबता बिरोधी अपराधको रुपमा परिभाषित भएको छ । आज प्रविधिले संसारलाइ नजिकवाट पारदर्शी बनाइसकेको छ । इतिहास आखा र मस्तिष्कमा चलचित्र झैं छाएको छ । जातीय युद्धका पिडा भोगेका देशका नागरिकको कोलाहल चिच्याहट र देशवाट बिस्थापित हुनुपरेको दर्दनाक कथा ब्याहोरेका देशहरुको सुची यहाँ उल्लेख गर्नु पनि जरुरी छैन यसको बाबजुद पनि हाम्रो बिबेक पूर्ण क्षमतामा काम गर्न असमर्थ हुन्छ र बिदेशीको उक्साहट र खर्चमा अभिप्रेरित हुन्छ भने हामीले दुर्भाग्य व्यहोर्नु बाहेक कुनै बिकल्प रहने छैन । जातियता अनि बिदेशी प्रभाब कति खतरनाक हुन्छ भने स्विजरल्याण्डको संघियताको समस्या समाधान गर्न ३२ बर्ष लाग्यो । बिश्वयुद्धको चरम अवस्थाले गर्दा छिमेको राष्ट्रहरु त्यता व्यस्त भएको मौका छोपी साहसिलो निर्णय नगरेको भए शायद आज स्विजरल्याण्ड भन्ने देश बिश्वमान चित्रमा नहुन पनि सक्थ्यो । त्यसै गरी श्रीलंकामा राष्ट्रपति महेन्द्रा राजपाक्षले भारतको ससदीय आम निर्बाचनको मौका पारी नर्वेजियन, स्विडिस जो शान्तिदूत वा द्वन्द्वग्रस्त क्षेत्रमा मध्यस्तकर्ताको बहानामा अर्काको देशमा हस्तक्षेप गर्ने उस्तै परे देश नै टुक्राइदिने गर्दछन् उनिहरुलाई प्रवेश निषेध गर्नुको साथै सयुक्त राष्ट्र संघ समेतलाइ रोकेर जातियाबादी तमिल राज्यको माग गर्दै ४ दशकसम्म आन्दोलित समूहमाथि बिजय प्राप्त गरि देश बिभाजन हुनवाट रोकेका थिए । नर्बे, स्विडिस वा संयुक्त राष्ट्र संघ श्रीलंकामा छिर्न पाएको भए इस्ट टिमोरलाइ झैं श्रीलंकाको पनि बिभाजन हुने निश्चित थियो । जातीयबाद यति खतरनाक हुन्छ कि त्यस कारण सभ्य मुलुकमा त जात रंग अनि धर्मको बिभेदलाइ कानुनले नै निषेध र दण्डित गरेको छ । त्यस्तै भारतजस्तो बिशाल गणतान्त्रिक देश जहाँ नेपालकै जस्तो बिबिध जात र भाषाको सम्मिश्रणछ त्यहाँ पनि जातीयबादी र उग्रबाम पन्थी (माओबादी) पार्टी प्रतिबन्धित छ । कारण स्पस्ट छ, जतियबाद आजको सभ्य समाजको एउटा ठुलो कलंक हो । नेल्सन मण्डेलाको अर्को भनाइ अनुसार ‘जन्जिरवाट मुक्त हुनु मात्र स्वतन्त्रता होइन स्वतन्त्रता यस्तो होस् जहाँ अर्कोको स्वतन्त्रताको सम्मान र मर्यादा बढेको होस्’ हामीले यो सोचलाई कसरी कार्यान्वयन गर्ने ? त्यो सकारात्मक सोच देखाउन सक्नुपरेको छ ।
जब हामी आफ्नै लागि सोच्न,आफ्नै भबिष्य कोर्न असफल हुन्छौं अनि आयातित सिदान्त र निर्देशित बाटोमा हिड्न थाल्छौं । तब व्यक्तिगत मात्र होइन राष्ट्रिय स्वाभिमान समेत दाउमा लगाउन बाध्य हुन्छौं । हामीले गम्भीर भएर सोच्नु पर्ने कुरो के हो बने एउटा पराइले हामीलाइ बिना स्वार्थ लगानी गर्दैन । आज मलाई प्रयोग गर्छ आफ्नो स्वार्थ पुरा गर्छ अनि एउटा फ्याँक्छ अर्को च्याप्छ । क्रमैले सबैलाई खान्छ अर्थात सबैलाई ग्क्भ् ब्ल्म् त्ज्च्इध् गर्छ भनेर बुझ्न सक्नुपर्छ । अहिले नेपालमा जातीय मद्धा जबर्जस्ती लादिनुमा मुख्य दुई कारण रहेका छन । एक माओवादीले जनजातीलाइ राज्यवाट बिशेष अधिकार दिलाउने छौ भन्दै आफ्नो शक्ति आर्जनको लागि आकषिर्त गरि उक्साएर हतियारको रुपमा प्रयोग गर्न सफल हुनु र दोश्र्रो हो बिश्वको एकमात्र हिन्दु राष्ट्र र र यो समाजमा भएका केही बिकृतिलाइ बहाना बनाई केहि युरोपेली (इशाई) राष्ट्रले जन जातिलाइ प्रयोग गरी हाम्रो समाज ध्वस्त पार्न अरबौ खर्च गरी उक्साउनु नै हो । यो उक्साहटले यतिबेला खतरनाक स्वरुप धारण गरेको छ जसको कारण छिमेकी मित्रराष्ट्र भारत समेत सशंकित र सतर्क भएर केहि महिना अगाडी नेपाल सरकारलाइ लिखित रुपमै जनजातिको नाममा प्रोत्साहित गर्ने सबै गतिबिधि र कार्य अर्को शब्दमा जनजाति गतिबिधि रोक्न चेतावनी दिसकेको छ । भारत कै कुटनैतिक पहलमा बेलायतले बर्षेनी जनजातिलाई संघर्ष गर्न दिदै आएको १२/१५ करोड सहयोग रोकिएको वा दिन बन्द गरिएको जानकारी सार्बजनिक गरिसकेको छ । बिश्वको ठुलो गणतान्त्रिक लोकतन्त्र भएको देश भारतमा किन माओबादी र जनजातीबाद समुहलाइ आतंककारी घोषित गरि प्रतिबन्ध लगाइएको छ ? कारण स्पष्ट छ “जातीय युद्धले राष्ट्र विखण्डनमात्र निम्त्याउने छ र अनन्तसम्म देश अस्थिरतातर्फ धकेलिने छ । जसको केही लक्षणका समाचार हेरौ । केही दिन अगाडी मधेस तराइ फोरम दलका अध्यक्ष अमर यादबले पहाडियाहरुले तराइको प्राकृतिक श्रोतमाथि आक्रमण गरेकोले कानुन बनाएर पहाडियालाई तराइमा बसाइ सराइ गर्न प्रतिबन्ध लगाउनु पर्ने भन्दै प्रधानमन्त्रीमालाइ लिखित मागपत्र बुझाइएको छ । केही हप्ता अगाडी नेवा राज्य (उपत्यका) को फोहोर तामसिंग राज्यमा फ्याँक्न पाइन्न भनेको खबर छापियो भने त्यसैगरि ताम्सालिंंग राज्यको मेलम्चीको पानी नेवा राज्यलाइ किन दिने ? भन्ने पनि कुरो आयो । अब अनुमान गरौ नेल्सन मण्डेलाले त्यसै जातीयबाद मानबता बिरुद्धको अपराध हो भनेका हुन् ? अझ सुडान देश जुन देशमा जात, बर्ण, धर्मको आधारमा भेदभाब गर्नु गैह्र कानुनी छ त्यही देशहरु नेपालको जनजाती आन्दोलनको लागि खर्च व्यहोर्दै छन् भने बुझ्नु पर्छ कि हामिमाथि खेलबाड हुँदैछ र एकले अर्कोलाई सिध्याउने खेलमा कतै हामि स्वयम सिद्धिने त होइनौ ? किनकि साम्यबादी सिदान्तले (जो माओबादीले यो जातीयताको नारा उठाएको छ) जातीय बिभेदको अन्त गर्ने हो बिशेधाधिकार प्रदान वा बिशेष सुबिधा उपलब्ध गराउदैनन् हतियारमात्र बनाएर प्रयोग गर्ने हुन् ।
यो संसारमा जति पनि इतिहास रचिए जति पनि सपुतहरु अमर भएर रहेका त्यसमध्ये एक पनि जातीय वा क्षेत्रीयताको लडाई लडेर होइन । जातीय विवादमा फसेका कुनै पनि देश चरम आर्थिक संकट, अस्थिरता, अस्तव्यस्तता व्यहोर्दै अन्तमा विखण्डित भएका छन् । नेपालमा भैराखेको जनजाती अधिकार र स्वायत्तताको सन्दर्भमा बाइबलको एउटा राजनैतिक आदर्शको अंश उल्लेख गर्नु उचित होला भनिएको छ “बहुमतले अल्पमतमाथि अन्याय नगरोस’ तर हाम्रो समाजमा उल्टो भएको छ बहुमतले देखाइरहेको सदभाबमाथि अल्पमतले आक्रमण्ँ प्रयास हुदैछ । हामी यो २१ औं शताब्दीमा पनि आफुले आफूलाई चिन्न सकिराखेका छैंनौं वा आफ्नो मुल्य आफैलाइ थाहा छैन वा समाज र देशप्रतिको जिम्मेवारी महसुस गर्न सकीराखेका छैनौ । कतै हामी बिदेशीको अनपेक्षित निर्देशनमा आफ्नो स्वबिबेक र दायित्ववाट बिमुख हुदै त छैनौ ? अन्जान वा उक्साहटमा सामाजिक सदभाब र राष्ट्रिय एकतामा आघात पार्दै त छैनौ ? सबभन्दा ठुलो आघात त् यहाँ स्वयम एक जनजातिले अर्को जनजातिमाथि गर्दैछन् । उदाहरणको लागि हेरौं त हिजो सम्पूर्ण जनजातीको एउटा छाता संघठन थियो । आज माओवादी समर्थक,एमाले समर्थक, कांग्रेस समर्थक, राप्रपा समर्थक, मधेसबादी समर्थक बनेर टुक्रा टुक्रामात्र भएका छैनौ राइ एकातिर, लिम्बु एकातिर । शेर्पा एकातिर । तामांग एकातिर, नेवार एकातिर यसरि हामी र हाम्रो एकता लथालिंग हुदैछ । आजसम्म मिलेर बसेका सबै जनजाती अब कथित विशेषाधिकारको कोटा,कथित बेग्लै राज्य र पहिचानको मृगतृष्णा बोकेर स्वयमलाइै कमजोर र अबसान गर्ने बाटोमा हिडेका वा अग्रसर हुदैछौ । यो समाज यो देश सबको साझा फुलबारी हो । यो माटोको सुगन्ध सबैले समान रुपले ग्रहण गर्न पाउनुपर्छ । राज्यले दिने अवसरलाई आफ्नो इच्छा योग्यता र क्षमतामा पतिस्र्पधी र्बनेर उपयोग गर्न पाउने नैसगिर्क अधिकारको सुरक्षा गर्नुपर्छ । प्रत्यक नागरिकले देशको प्राकृतिक श्रोत र साधनको समान रुपले उपयोग गर्न पाउनुपर्छ । हामी नेपालीले कथित उपल्लो जात वा जनजाती र दलित जस्ता सोच र ब्यबहारवाट माथि उठ्न ढिला भैसकेको छ । यहाँ एकपटक प्लेटोको भनाइ स्मरण गर्नु उचित हुन्छ इशापूर्ब ३२८ मा जन्मिएका प्लेटोले भन्नु भएको थियो “प्रकृतिको हिसाबले सबै मानिस समान छन् एउटै पृथ्वीको हावा । पानि र माटोको भ मा बाँच्दछन् । त्यसैले राजा होस् कि गरिब मानिस सृष्टिकर्ता को नजरमा बराबरी कुनै जात बिशेष वा समूह बिशेषलाई प्राथमिकतामा पार्ने कुरो संबैधानिक हुनै सक्दैन । जुनसुकै धर्म जात बर्णको किन नहोस् प्रत्यक नागरिक राज्यको दृष्टिमा समान हुनुपर्दछ । जातीय विशेषाधिकार, आरक्षण वा छुट्टै राज्यको माग चेतना होइन अब चेतना र भ्रमित मानसिकताको उपज हो । एक चेतनसिल नागरिकको दृष्टिमा कुनै पक्षले योग्यता बिना नै विशेष अवसर पाउनु पर्ने र अर्को कुनै पक्षले योग्यताको बाबजुद राज्यवाट पाउनुपर्ने सुबिधावाट बन्चित हुनु पर्ने हो भने अन्तहीन द्वन्द्वको बिजारोपण गर्नु हो, जुन आधुनिक सभ्य समाजको लागि कलंक हो । तसर्थ नागरिक समाजदेखि राजनैतिक दलहरुले जातियताको मुद्धालाई स्थगित गर्नुपर्छ । आफ्नो दल र कार्यकर्तालाई नेतृत्व बर्गले सहमत गराउनु पर्छ । स्पस्ट छ, यही जातीय मुद्दाको सेरोफेरोमा दलहरुले आफुलाई निश्चित बाटोमा डोर्याउन नसक्दा नै गत जेष्ठ १४ मा नयाँ संबिधान आउँन नसकेको हो । तत्कालीन संविधानसभाकोको प्रमुख दल माओवादीले उठाएको यो जातीयबाद सो दल आफै अगाडी बढेर नकार्न गार्हो परेको छ अब अरु दलले जातीय मुद्दावाट पछाडी हट्न माओबादी लाइ सहमत गराउनु पर्छ । यो मुद्दाको अन्त संगै संबिधान बनाउन र टिकाउन धेरै सजिलो हुन्छ । अन्यथा जबर्जस्ती कहिले संबिधान बन्छ त्यो पनि ठेगान छैन र यो मुद्धाको दिर्घकालीन् रुपमा समाधान नखोजी संबिधान बन्नु र नबन्नुको कुनै औचित्य छैन ।











