साताको शुरुको दिन बिहानसम्म खर्च बढ्ने र आकस्मिक रूपमा बाधाव्यवधानको सामना गर्न परेपनि सहयोगी मिल्नाले उपरान्त सहज हुने देखिन्छ । मानप्रतिष्ठा, स्वादिष्ट परिकारबाट मेजमानी, मनोरञ्जन, भौतिकसुख, नयाँ व्यवसायको विचार, कार्यव्यस्तता होला । बोलीवचनको प्रभाव बढ्ने सम्भावना छ भने धनको संग्रहको योग परेको छ, कुटुम्ब तथा इष्टमित्रबाट पनि यथोचित सहयोग हुने देखिन्छ । बुध–बिहीवार पराक्रम बढ्ने तथा काम कार्यमा यथेष्ट सफलता मिल्ने र आय आम्दानी हुनेछ ।
वृष
आइतवार मध्यान्हसम्म अनर्थ घुमफिर, सञ्चितधनको खर्च, काममा अबरोध, नैराश्यता, विवाद, नहुने काममा मनजाने र अन्तिममा पछुतो पर्ने देखिन्छ, अधिक परिश्रमले मात्र अल्पलाभ होला । उपरान्तबाट गोचर अनुकुल रहनेछ, पार्टी भोज, व्यवहारिकता कुशलता, पेशागत उन्नति, सम्मान एवम् लाभ मिल्नेछ । मान्छेलाई बोलीवचनले प्रभावित पार्न सकिनेछ र आर्थिक उपलब्धि गर्न पनि सकिने ग्रहगोचरको स्थिति देखिएको छ ।
मिथुन
साता धेरै पक्षमा अनुकुल छ । उन्नति–प्रगति, उच्चस्तरसँगको भेट्ले महत्वाकांक्षा बढ्ने, हैसियत र जिम्मेवारी मिल्नेछ । व्यवसायिक व्यस्तता, सहयोग मिल्ने तथा आय–आम्दानी र पुरुषार्थ बढ्ने एवम् अध्ययनमा प्रगति हुनेछ । आइतवार मध्यान्ह पछि भने प्रतिकँल समय छ, खर्च बढ्ने, कार्यमा बाधाव्याबधान, अपजश एवं नसोँचेको अनर्थ हुनसक्छ, ख्याल पु¥याउनु होला । संयम र सहनशीलता दुवैको जरुरी देखिन्छ । बुध र बिहीवार ग्रहस्थितिमा सुधार आएको हुनाले मान–प्रताप बढ्ने र सुख समृद्धि मिल्नेछ ।
कर्कट
केही दबाबको बाबजुत आस्तिक विचार बढ्ने, आस्थामा सन्देह पलाउनसक्ने छ, तथापि उच्चसंपर्क गाँसिने, पदप्रतिष्ठा मिल्ने, राजमान तथा जिम्मेवारी मिल्ने र महत्वाकांक्षा बढ्नेछ । मनोरम एवम् सम्मानित यात्रा हुने, विशेष व्यवसायिक लाभ एवम् प्रसिद्धि, आर्थिक संकलन, पुरुषार्थ बृद्धि र आफन्तजनबाट सहयोग मिल्नेछ । बुध–बिहीवार भने आकस्मिक रूपमा खर्चका बहानाहरू थपिने, कामकार्यमा दिक्कत आदि प्रतिकँलता पर्नसक्ने देखिन्छ ।
सिंह
शुक्रवार बिहानसम्म स्वास्थ्यमा मन्दिपन, खर्च, कार्याबरोध, मानसिक अशान्ति रहेपनि दबाबको बाबजुतपनि धार्मिक कार्य सम्पादन हुने, व्यवसायिक सफलता र लाभ मिल्ने, आस्तिक विचार बढ्ने, व्यवसायिक प्रगति हुनेछ । संलग्नक्षेत्रमा पदोन्नति वा वरिष्ठता तथा जिम्मेवारी थपिने, आर्थिक एवम् व्यहारिक दुबै उपलब्धि हुनेछ । प्रतिस्पर्धामा सफलता मिल्ने र मानईज्जत प्रतिष्ठा बढ्ने तथा सहयोगीको साथ मिल्नेछ । सुखसमृद्धि बढ्ने साता रहेको छ ।
कन्या
शुक्रवार बिहानसम्म व्यवसायिक अर्थोन्नति, दाम्पत्य–प्रेममा सौहार्दता, यात्रा, मनोरञ्जन, सांसारिक तथा भौतिक उपलब्धि मिल्नेछ । उपरान्त आइतवार मध्यान्हसम्म स्वास्थ्य बिग्रनसक्ने, काममा ब्याबधान, किंकर्तव्यविमुढता, प्रतिष्ठामा आँच र आर्थिकभार बढ्नसक्ने देखिन्छ । धैर्य र संयम अप्नाई विचलित नभई रहनुपर्ला । त्यसपछि सुधार आउने छ, धर्मकर्ममा उद्यत भइने र शान्ति मिल्ने, व्यवसायिक प्रगति एवम् आर्थिक उन्नति हुनेछ । राज्य तथा संलग्न क्षेत्रमा थप जिम्मेवारी एवम् दायित्त्व बढ्न सक्ने, पेशागत सफलता मिल्ने छ ।
तुला
साताको शुरुवातमा पराक्रम बढ्ने, प्रतिस्पर्धामा विजय भइने, व्यवसायिक प्रगति, आरोग्यता, कान्तिबृद्धि, आकर्षण बढ्ने र सफलता मिल्नेछ । दाम्पत्य जीवन तथा प्रेमसम्बन्ध प्रगाढ, मानसम्मान मिल्ने, आर्थिक लाभ हुने, यात्राादि अवरबाट यथेष्ट मनोरञ्जन पाउनसकिने छ । आइतवार मध्यान्हबाट भने स्वास्थ्यमा कष्ट, काम कार्यमा अबरोध, तनाब, पश्चातापजन्य प्रतिकुलतासँग संघर्ष गर्न पर्न सक्ने छ । बुध–बिहीवार समायमा सुधार आउनेछ । अर्थलाभ हुने, मानसम्मान एवम् पदप्रतिष्ठा बढ्ने र शान्ति मिल्ने छ ।
वृश्चिक
साता अनुकुलप्रद देखिएको छ । घमण्डलाई संयम गर्नसके विद्वदता बढ्ने, विद्यार्थीहरूले विशेष फाइदा उठाउन सकिने छ । विद्याबुद्धिको फुर्ति गर्न पाइनेछ । इष्टकार्यमा सफलता मिल्ने, विपक्षिसँग जुध्न सकिने, लाभ, सफलता, आरोग्यता बढ्ने र प्रशंसनीय कार्यसम्पादन हुनेछ । प्रेमप्रिती र नयाँ ठाऊ विशेषको यात्रा, व्यवसायिक कार्यमा पनि ग्रहले साथ दिएको छ भने विवाहितहरूको दाम्पत्य कुशलताको योग छ । बुध–बिहीवार भने स्वास्थ्यमा मन्दता आउने, चोटपटकको संभावना र कार्यमा ढिलासुस्ति प्रद योग देखिएको छ ।
धनु
शुक्रवार बिहानसम्म त्यति अनुकुल देखिँदैन, राम्रो गर्न खोज्दा पनि उल्टो पर्न सक्छ, आफन्तबाटै कार्यमा उल्झन, अपयश, मनमुटाव एवम् वेमेलको सम्भावना छ । उपरान्तबाट नीति तथा सैद्धान्तिक कार्यमा सफलता मिल्ने छ, विद्याबुद्धि तथा ज्ञानविज्ञानको पक्ष सुदृढ हुनेछ, विद्याबलको प्रभाव पर्नेछ । क्रमशः शत्रु परास्त हुने, प्रेमप्रद दिनचर्या, श्रीलक्ष्मी बृद्धि, दाम्पत्य सुख एवम् माधुर्यता बढ्ने, सुखद यात्रा र व्यवसायिक उन्नति तथा विजयकर साता रहेको छ ।
मकर
शुक्रवार बिहान शरीरिक स्फुर्ति बढ्ने, कार्यरुचि, शुभेच्छुकबाट सहयोग र व्यवसायबाट लाभ मिल्ने देखिन्छ । उपरान्तबाट केही प्रतिकुलता पर्न सक्छ वादविवाद तथा कार्यमा केही दिग्दारीको समाना गर्नपर्ने देखिएको छ विचार पुर्याउनु होला । आइतमध्यान्हबाट अहंभावलाई संयम गर्नसके सैद्धान्तिक कार्यमा सफलता मिल्ने छ, विद्याबुद्धि तथा ज्ञानविज्ञानको पक्ष सुदृढ हुनेछ, विद्याबलको प्रभाव पर्नेछ । बुध र बिहीवार विजयीयोग परेको छ हिम्मत गर्नुहोला, श्रीलक्ष्मी आउनेछिन् ।
कुम्भ
वाणी तथा बोलीवचनले मान्छेलाई परेको प्रभावमा सुधार ल्याउन सकिनेछ, धन एवम् इष्ट कमाउन सकिने समयछ । जोशजाँगर तथा उमङ्गिला दिन रहेका छन्, सौहार्दता, स्वादिष्टान्न, उपाहार र लाभ मिल्नसक्ने छ । शारीरिक स्फुर्ति, कार्यरुचि, सहयोग, व्यवसायिक उन्नती र यात्राको सम्भावाना छ । आइतवार मध्यान्हबाट भने केही होसियारी हुनपर्ने समय छ । केही अपयश तथा विवाद, समस्या र कार्याबरोध हुन सक्ने सम्भावना छ । बुध र बिहीवार विद्याबुद्धि तथा ज्ञानविज्ञान बढ्ने, मान्छेलाई प्रभाव पार्नसकिने र कामकार्यमा सफलता मिल्ने छ ।
मीन
शुक्रवार बिहानसम्म गोचर अनुकुल एवम् सौहार्दप्रद छ । उपरान्त वोलीवचनमा निकै ख्याल पु¥याउनु होला, सामाजिक सेवा गर्नु पर्ला । आइतवार मध्यान्हबाट रोकिएका कार्य बन्ने, व्यवसायिक लाभ, कामप्रति रुचि, व्यवसायिक उन्नती र यात्राको सम्भावना छ । जोशजागर बढ्ने, विपक्षीसँग जुध्न सकिने, आरोग्यता बढ्ने र श्रीलक्ष्मी बृद्धिहुने छ । तथापि बुध र बिहीवार भने पारिवारिक समस्या बढ्न सक्ने, आफन्तबाटै कार्यमा उल्झन आउनसक्ने, मनमुटाव–असमझदारी झेल्नपर्न सक्नेछ, अपयशको स्थिति रहनेछ ।













