गत साउन ४ गते सम्पन्न मिस राई प्रतियोगितामा आथिर्क घोटालाको आरोप लागेको छ । मिस राईका केही प्रतिस्पर्धीले पैसा लिएर आयोजकले बिजेता बनाएको आरोप लगाएका छन् ।
प्रतियोगितामा सहभागी अनिता राईले भनिन– पूर्व योजनाअनुसार नै युमा राईलाई विजयी वनाएको आरोप लगाएकी छिन् । बिजेता युमा आयोजक दिलीप राईकी भान्जी र उनैलाई बिजेता बनाउने योजनाअनुसार सहभागी बनाइएको उनीहरुले आरोप लगाएको छ ।
प्रतिस्पर्धाका क्रममा पूर्व योजनाअनुसार प्रश्न सोधिएको र बिजेताका हजुरबाले डोनेशनका नाममा डेढ लाख रुपैयाँ आयोजकलाई दिएको अनिताले दावी गरिन् ।
आफुले जित्न नसकेरमात्र आरोप लगाएको नभई प्रमाणका आधारमा बोलेको अनिताले दावी गरिन् । युमासँग टक्कर गर्न सक्ने सवैलाई टपटेनबाट वाहिर निकालेर कमजोरलाई मात्र प्रतिस्पर्धामा सहभागी बनाइएको दावी छ ।
अन्य प्रतिस्पर्धामा प्रश्न सोध्ने निर्णायक चिटको माध्यमवाट छानिने व्यवस्था भएपनि यहाँ आफुलाई मन परेको निर्णायक रोज्न लगाईएको थियो । प्रतिस्पर्धामा व्वाईफ्रेन्डलाई साथै लिएर आउनेलाई डिसिप्लिनको अवार्ड दिईएको, प्रतिस्पर्धी एकजनासँग पनि राम्रो सम्बन्ध नभएकालाई बेष्ट फेन्डसीप अवार्ड दिइएको सहभागीहरुको आरोप छ ।
अर्की प्रतिस्पर्धी पुनम राईले युमाले आफु विजेता हुने भनेर पहिले नै अन्य साथीहरुसँग भनेकी थिईन् । उनले आºनो हजुरवुवाले लाख भन्दा माथी रकम आयोजकलाई दिएको पनि बताएकी थिइन् ।’ यस्तै, पुनमले टप टेनमा पुगेर प्रश्नको उत्तर समेत दिन नसकि धन्यवाद मात्र भनेकी गोमा राईलाई मिस इरेन्डसिपको ताज पहिराएकोमा समेत आपत्ति जनाएकी छिन् । नेपालमा पछिल्ला दिनमा जातीय, क्षेत्रीय अनेक नाममा सौन्दर्य प्रतियोगीता आयोजना भइरहे पनि सवैजसो बिबादमा पर्ने गरेका छन् । दुईवर्ष अघि काठमाण्डौमा आयोजना भएको मिस्टर नेपालमा पनि आर्थिक अनियमिता भएको भन्दै प्रतिस्पर्धीरुले विरोध गरेका थिए ।












