काठमाण्डौ । एकीकृत नेकपा माओवादीले गठन गरेको सम्पत्ति छानविन आयोगले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डवाटै छानविन थाल्ने भएको छ । विहीवार पार्टी कार्यालय कोटेश्वर पेरिसडााडामा पत्रकार सम्मेलन गरी आयोगले यस्तो जानकारी दिएको हो ।
आयोगका सदस्य लोकेन्द्र विष्टका अनुसार आयोगले नेता र उनीहरुसंग जोडिएका व्यक्तिहरुको समेत छानविन गर्नेछ । छानविनका लागि स्थलगत निरिक्षण तथा सरकारी अड्डासम्म जाने आयोगको तयारी छ ।
छानविनका क्रममा कोही दोषी देखिए कारवाहीको सिफारिस गरिने विष्टले वताउनुभयो । माओवादी नेताहरुले अनियमित सम्पत्ति जोडिएको भेटिएमा उजुरी गर्न आयोगले एक हप्ताको समय दिएको छ ।












