काठमाडौं । मुख्य सचिवको चयन निजामती प्रशासनको इतिहासमै पहिलोपटक मधेसी समूहबाट हुने अनुमान गरिएको छ । समावेशी र समानताको निकै बहस चलिरहेको स्थितिमा मधेसी समूहलाई राष्ट्रिय मूलधारमा रहेको पुष्टि गर्न पनि मधेसी समूहबाट मुख्य सचिवको चयन हुनुपर्ने आवाज उठ्न थालेको छ । मधेसी समूहबाट प्रमुख दावेदार रहेका उद्योग सचिवको कार्यभार सम्हालिरहेका उमाकान्त झा । झाको दावीदारीलाई टक्कर दिनसक्ने मापदण्डको बरिष्ठताक्रमको अग्रपंक्तिमा अथवा जातीय वा क्षेत्रीयताको दाबेदारी गर्नसक्नेसमेत कोही पनि देखिएका छैनन् । समकक्षी भने रहेका छन् । कार्यकुशलतालाई नियुक्तीको मापदण्ड मान्ने हो भने पनि झा अग्रपंक्तिमै रहेका छन् । सिंचाईदेखि भौतिक योजनासम्मको अनुभवसमेत झामा रहेका छन् । नेपालको निजामती प्रशासनलाई राम्ररी बुझेका र निजामती प्रशासनमा अनुशासन र नियमलाई बढी महत्व दिने झा सबैका लागि मान्य उम्मेदवारका रुपमा देखिएका छन् । कसैलाई गाली नगर्ने र सबैको सम्मान गरेर कानुनअनुसार चल्ने झासँग कुनै राजनीतिक संरक्षकत्व भने देखिदैन । प्रशासनमा राजनीतिकरण नगर्ने र समन्वय निर्माण गरेर स्थायी सरकारको रुपमा रहेको निजामती प्रशासनको जग बलियो पार्ने हो भने उमाकान्त झा मुख्य सचिवका हरेक दृष्टिकोणबाट सही र उपयुक्त उम्मेदवार हुन् ।
मुख्य सचिव हुन राजनीतिक नेताहरुको ढोका ढोकामा सचिवहरुको दौडधूप निकै चलेको छ । निकै चर्केको छ । मुख्य सचिव माधवप्रसाद घिमिरेको उत्तराधिकारी को हुने ? मुख्य सचिवको प्रतिस्पर्धी छन् : लीलामणि पौडेल, उमाकान्त झा, शंकर कोइराला र बृन्दा हाडा । तर, भगवतीकुमार काफ्ले, वामनप्रसाद न्यौपाने, त्रिलोचन उप्रेती, सुशीलजंगबहादुर राणा, ज्ञानचन्द्र आचार्य, श्यामप्रसाद मैनाली र अवनिन्द्रकुमार श्रेष्ठ पनि आफ्नो दावी पेश गरिरहेका छन् ।













