काठमाडौं । असली माओवादी विचारधाराको कम्यूनिष्ट पार्टी नेकपा माओवादीले क्रान्तिकारी जनपरिषद्, जन प्रतिनिधिसभा र त्यसको अध्यक्ष घोषणा गरेर नेपालमा फेरि सशस्त्र जनयुद्ध शुरु गरेर समानान्तर सत्ताको अभ्यास गर्ने संकेत देखाएको छ । क्षेत्रीय विस्तारवादी भारतले नयाँ संविधान निर्माणसँगै गत असोज ७ गतेदेखि नेपालमा अघोषित नाकाबन्दी लगाई इन्धन, ग्यासँ र दैनिक उप
भोग्य सामाग्रीको आयात रोकेपछि नाकाबन्दी खुलाउन माग गर्दै विरोध प्रदर्शन गरेको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीले स्थायी समिति सदस्य सन्तोष बुढा मगर प्रमुख र पदम राई उपप्रमुख रहेको २६ सदस्यीय क्रान्तिकारी जन परिषद् (जनसरकार) को घोषणा गरेको छ । त्यस्तै १५१ सदस्यीय जनप्रतिनिधिसभाको गठन गरी त्यसको अध्यक्षमा पोलिटब्यूरो सदस्य उमा भूजेललाई तोकेको घोषणा गरेको छ । परिषद्को गत मंसिर ४ र ५ गते चितवनको गोप्य स्थानमा भएको बैठकले क्रान्तिकारी जनपरिषद् र जन प्रतिनिधिसभाको अध्यक्ष गठन गरेको जनसभामा घोषणा गरिएको थियो ।
जनपरिषद्ले नाकाबन्दी, कालोबजारी, मंहगी, अभाव विरुद्ध १३ गते नेपाल बन्दको घोषणा गरेको छ । अब विप्लव माओवादीले सबै राज्य समिति, जिल्ला समिति, नगर, गाउँ र वडा समितिमा जनसरकार घोषणा गरि समानान्तर सरकार सञ्चालन गर्ने भएको छ । विगत ०५१ सालमा एमालेको अल्पमत सरकार हुँदा कै अवस्थामा तात्कालिन माओवादीले जनवादी राज्य सत्ता स्थापना गर्न सशस्त्र जनयुद्ध शुरु गर्ने निर्णय गरि आन्तरिक तयारी गरेको थियो भने अहिले विप्लव माओवादीले पनि एमाले नेतृत्वमा माले, मसाले मण्डले सरकार गठन भएपछि नै समानान्तर सरकार, सभामुख घोषणा गरेर सशस्त्र जनयुद्धको एकीकृत क्रान्तिको थालनी गर्ने तयारी आरम्भ गरेको छ । विप्लव माओवादीले सरकारको ध्यान नाकाबन्दी खुलाउन र जनतालाई पेट्रोलियम पदार्थको आपूर्ति सहज गर्न गइरहेको वेलामा एकीकृत क्रान्तिको विजारोपण गरेर पूनः सशस्त्र जनयुद्धको प्रारम्भ गरेको छ । हेरौ जनयुद्ध कसरी अगाडि बढ्छ ?












