काठमाडौं । नेपाल प्रहरीका सबै भन्दा वरिष्ठ, सक्षम, योग्य र कार्यक्षमता भएका एआईजी राजेन्द्रसिंह भण्डारीलाई आईजीपी उपेन्द्रकान्त अर्यालले फेरि जिम्मेवारी विहिन बनाएका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा एआईजी रहेका सिंहलाई आईजीपीको स्वीकृत वेगर विदेशीको सहयोग लिएको, आफूखुशी
बाहिरका विज्ञहरुलाई भिजिट प्रशिक्षकमा नियुक्त गरि तालिम प्रशिक्षण दिलाएको, दुतावासका कर्मचारीहरुलाई प्रतिष्ठान मै बोलाएर माथिको आदेश र अनुमतिविना भेटघाट गरि राष्ट्रिय सुरक्षा सम्वन्धि योजना चुहाएको आरोप लगाउँदै गत साता आईजीपी अर्यालले एआईजी सिंह र अपराध अनुसन्धान विभागका एआईजी सुरेन्द्रबहादुर शाहलाई चेन अफ कमाण्ड पालना गर्न निर्देशन पत्र पठाएका थिए । त्यसको चार दिन नपुग्दै ८ जना एआईजीहरुको विभागीय जिम्मेवारी परिवर्तन हुने गरि सरकारले एआईजीको सरुवा गरेको छ । सरकारले एआईजी सिंहलाई प्रहरी प्रधान कार्यालय सचिवालयको विशेष दरबन्दीमा रहने गरि राष्ट्रिय सुरक्षा परिषद्मा सरुवा गरेको छ । त्यस्तै यस अघि सचिवालयमा रहेका एआईजी प्रतापसिंह थापा महानगरीय प्रहरी कार्यालय, सुरेन्द्रबहादुर शाह एकेडेमी, केदारप्रसाद साउद कार्य विभाग, विज्ञानराज शर्मा अपराध अनुसन्धान विभाग, वीरेन्द्रवावु श्रेष्ठ मानव स्रोत विभाग, रमेश शेखर बज्राचार्य प्रशासन विभाग, गणेशराज राई सचिवालयमा सरुवा भएका छन् । महानगरीय प्रहरी प्रमुख बन्न एआईजी श्रेष्ठ र बज्राचार्यले निकै प्रयास गरे पनि सफल भएनन् । वरु आईजीपी अर्यालले अप्ठेरो स्थितिमा जोखिम पूर्ण निर्णय गर्न सक्ने, हकी र आटी स्वभावका सक्षम, इमान्दार र मौका पर्दा च्यानल मिलाएर दुई चार पैसा कमाउन पनि पछि नपर्ने एआईजी प्रतापसिंह थापालाई सरुवा गरेका छन् । डिआईजी हुँदा प्रबन्ध शाखा प्रमुख रहेका थापा द्वन्द्व कालमा माओवादी नियन्त्रण गर्न सक्षम मानिएका थिए । तिनै थापा महानगरीय प्रहरी प्रमुख बन्न आईजीपी अर्याल र गृहमन्त्री शक्तिबहादुर बस्नेतको रोजाइमा पर्न सफल भएका छन् ।
एआईजी सरुवाले प्रहरीमा हंगामा
Posted By admin On 02 Dec 2015. Under विविध समाचार
Comments are closed.













