काठमाडौं/ एनएमबी बैंकले ‘एनएमबी बैंक भिसा इन्टरनेसलन कार्ड सञ्चालनमा ल्याएको छ ।
बैंकिङ सेवा बिस्तार गर्न वैदेशिक भ्रमणमा जाने ग्राहकलाई सहज सेवा प्रदान गर्ने लक्ष्यसहित बैंकले भिसा इन्टरनेसनल कार्ड सेवा सुरु गरेको हो ।
सेवाग्राहीले बैंकको कार्ड प्रयोग गरी भारतबाहेक अन्य मुलुकमा भ्रमण गर्दा सजिलै पैसा झिक्न तथा सामान खरिद गर्दा रकम भुक्तानी गर्न सक्नेछन् । ग्राहकले कार्डमार्फत यात्रा गर्दा आवश्यक भ्रमण बिमासमेत बैंकबाटै प्राप्त गर्न सक्नेछन् ।













