बिनु माथेमा
उप–प्रधानाध्यापक
जगत् मन्दिर उ.मा.वि
बिनु माथेमा एक शिक्षासेवी तथा समाजसेवी हुनुहुन्छ । उहाँ जगत् मन्दिर उच्च माध्यामिक विद्यालय चाबहिलको संस्थापक उप–प्रधानाध्यापक तथा कस्मोपोलिटियन कलेजको संस्थापक सदस्य हुनुहुन्छ । त्यसैगरि लायन्स क्लब अफ धरहरा काठमाडौंको कोषाध्यक्ष एवंम ीष्लनगष्कतष्अक क्यअष्भतथ या ल्भउब िको आजीवन सदस्य पनि हुनु हुन्छ । नेपालको शिक्षा प्रणालीमा विगत देखि वर्तमान सम्म धेरै परिवर्तनहरु आएता पनि समस्या र चुनौतिहरु अझै पनि कायमै छन् । नेपालको औपचारिक र विशेष गरी विद्यालय शिक्षाको विभिन्न पाटोमा आधारित रहेर इन्द्रेणी साप्ताहिकका लागि सन्तोष खड्काले गर्नुभएको कुराकानीको सम्पादित अंश ः
शिक्षा भनेको के हो ?
शिक्षा भनेको विद्यार्थीहरुलाई अध्यारोबाट उज्यालो तर्फ लाने प्रक्रिया हो । अझ भनौँ शिक्षाले ज्ञान मात्र दिने होइन कि व्यवहार पनि सिकाउन सक्नु पर्छ । शिक्षाले सर्टिफिकेट मात्र बटुल्ने काम गर्ने होइन, व्यवहारिक हुन सक्नु शिक्षाको अर्को पाटो हो ।
शिक्षा पेशामा लागेर तपार्इँ ले के पाउनु भयो ?
मैले यस पेशामा लागेर दाम बाहेक सबै कुरा पाएँ । यस पेशामा लागेर मलाइ सबैभन्दा ठूलो सन्तुष्टि मिलेको छ । बुबाको इच्छा मलाई इन्जिनियर बनाउने थियो । यदि इन्जिनियर भएको भए म एक इन्जिनियर मात्रै हुन्थे भने शिक्षक पेशामा लागेर मैले धेरै इन्जिनियर, डाक्टरहरुलाई पढाउने काम गर्न पाउँदा ज्यादै खुशी र सन्तुष्टि मिलेको छ ।
अहिलेको समयमा निजि शिक्षण संस्थाका चुनौतीहरु के के हुन् ?
निजी शिक्षण संस्थाका चुनौतिहरु अहिलेको समयमा धेरै नै छन् । सरकारीको तुलनामा निजि शिक्षण संस्थाहरु साँघुरो घेरा भित्र रहेर सबै कुरालाई चलाउनु पर्ने, व्यक्तिको सम्पत्तिलाई लगानि गरेर संस्था चलाउनु पर्ने अवस्था छ । यती हुँदा पनि सिमित घेरामा रहेर पनि यसको सहि उपयोग र एकोहोरो मिहेनतले गर्दा निजी शिक्षण संस्थाको रिजल्ट सरकारीको तुलनामा राम्रो छ । सरकारले निजी क्षेत्रलाई नाफामुखी भए भनेर लान्छना लगाउने गरेको छ । यो सेवामुलक व्यवसाय हो । नाफामुलक व्यवसाय होइन । स्रोतको अभाव र राज्य पक्षबाट सहयोग नपाएको अवस्थामा पनि संचालनमा रहेर टिक्न सक्नु यसको चुनौति हो ।
लामो समय बच्चाहरुसँग बिताउनु हुन्छ । बालबालिकाको के कुरा चाहिँ तपाईँलाई मन पर्छ ?
बालबालिकाहरु भmुटो बोल्न जान्दैनन् । इमान्दार र सत्यवादी हुन्छन् । बालबालिकाको यो गुण मलाई मन पर्छ ।
अहिलेको युवा पुस्ता र तपाई युवा हुँदाको समयमा के फरक छ ?
समयको परिवर्तनले होला अहिले र पहिलेका युवाहरुमा भिन्नता छ । हाम्रो समयमा हामी असाध्यै अनुशासनमा रहेर प्लस टु लेभल सम्मको शिक्षा हासिल गरेका हुन्थौँ । तर अहिलेका युवाहरुमा अनुशासनको कुनै मतलब छैन । अहिले संगतका कारण पनि युवाहरु बिग्रिरहेका छन् । हुन त हाम्रो समयमा भन्दा अहिलेका युवाहरु प्रविधिमा अगाडि छन् । अहिलेको युवाहरुले टेक्नोलोजीको सहि प्रयोग गर्न जानेन् । टेक्नोलोजिको दुरुपयोगले साइबर क्राइमहरु बढ्दो छ । हामी फेसबुक त चलाउँछौ तर यसको बेफाइदा मात्रै होइन फाइदा हरु पनि छन् । कति कुराहरु बिर्सिइ सकेका अवस्थामा पनि फेसबुकले ताजा गराइदिन्छ ।
सरकारको वर्तमान शिक्षा नीति बारे के भन्नु हुन्छ ?
सरकारले अहिले एस.एल.सी मा ग्रेडिङ सिस्टम लागु गर्न लागेको छ । अहिले टेस्टको लागि यो ग्रेडिङ लागु गरिँदै छ । कुन ग्रेड आएका विद्यार्थीलाई कुन कलेजमा भर्ना गर्ने, अनि रोजगार दाताले पनि व्यक्तिलाई छान्नमा समस्या हुन सक्छ । अहिलेको अवस्थामा त यो ग्रेडिङ प्रणालि राम्रो छ तर दीर्घकालमा यसले धेरै असरहरु पार्न सक्छ ।
पुरुष र महिलाको मनोविज्ञानमा के फरक छ ?
पुरुष र महिला भन्ने कुराले अर्थ राख्दैन । व्यक्तिको मनोविज्ञानलाई बाहिरी वातावरणले प्रभाव पारेको हुन्छ । उसको घर, परिवार, साथीको संगतले उसको मनोविज्ञानमा प्रभाव पारेको हुन्छ । तुलनात्मक रुपमा हेर्ने हो भने पुरुष भन्दा महिलाहरु नै बढी डिप्रेशनमा जाने अवस्था मैले पाएको छु । महिलाहरुले घर, परिवार र व्यवसाय सबै क्षेत्रमा खटिनु पर्दा डिप्रेशनको समस्या अझै बढ्न गएको होला । जन्मजात नै नारी र पुरुषमा फरक छ । नारीहरु अलि कोमल हृदय भएको हुन्छन् । महिलाहरु पुरुषको तुलनामा धैर्य गर्न सक्ने हुन्छन् ।
विद्यार्थीहरुलाई वा युवाहरुलाई अध्यात्म र ध्यानको आवश्यकता पर्छ वा पर्दैन । किन ?
युवाहरुलाई अध्यात्म र ध्यान योगको आवश्यक छ । हाम्रो स्कुलमा विहान १५ मिनेटको र बेलुका छुट्टि भएपछि १५ मिनेटको मेडिटेशन हुन्छ । अहिलेको वातावरणले गर्दा पनि बालबच्चा तथा ठूला मानिसलाई पनि विभिन्न समस्याहरु आउन सक्छन् । ध्यानले मनलाई शुद्ध गर्ने हो । हाम्रो मन विचलित भइरहेको हुन्छ । हामीले ट्रान्सिडेन्टल मेडिटेशन गराइ रहेका छौँ । यसमा एउटा मन्त्र हुन्छ । हामी नेपालीलाई ॐ भन्ने शब्द ज्यादै प्यारो लाग्छ । यो ॐ जपि रहँदा दिमाग आराममा जान्छ । शरिर र दिमागलाई सन्तुलनमा राख्नको लागि ध्यानको महत्वपूर्ण भूमिका छ ।
विशेष गरी नीजि क्षेत्रले प्रदान गर्ने शिक्षालाई व्यापार बढी भयो सेवा कम भयो भन्ने आरोप छ नि ?
म यो कुरालाई सय प्रतिशत गलत पनि भन्दिन । कतिपय विद्यालयहरु व्यापारिक रुपमा फस्टाएका छन् । हाम्रो स्कुलको कुरा गर्नु हुन्छ भने हामीले सेवा पहिला अनि मात्रै अन्य कुरा लाई राखेका छौँ । सबै शिक्षण संस्थालाई व्यापारिक संस्थाको आँखाले हेर्नु हुँदैन ।
नेपालको शिक्षा प्रणालीमा स्कुल तहको शिक्षा प्रणालीमा सुधार गर्नुपर्ने कुराहरु के के हुन् ?
स्कुलको शिक्षालाई प्लस टु सम्म लानु पर्ने कुरा आएको छ । यसलाई सरकारी तवर बाट अझै सम्म पनि क्रियान्वयन हुने कार्य भएको छैन । त्यस पछि भनेको ब्याचलरमा गएर मात्र कलेज हुनुपर्छ । प्रत्येक विद्यालय उच्च मावि हुनु जरुरी छ । त्यस पछि सुधार गर्नु पर्ने धेरै कुराहरु छन् । त्यसमा पनि सरकारले प्राथामिकताका आधारमा सुधार गर्दै जानु पर्छ । कुनै ठाउँमा घरै पिच्छे स्कुल छ भने कुनै ठाउँमा शिक्षा दिने संस्था नै छैन । धेरै बेरोजगारहरु शिक्षा क्षेत्रमा लागेको अहिलेको अवस्था छ । सरकारले स्कुल स्कुलमा गएर त्यहाँ कस्तो शिक्षा दिइरहेको छ भन्ने कुरा अनुगम गरिनु आवश्यक छ । प्लस टु पढ्दै गरेका विद्यार्थीले कक्षा ७, ८ का विद्यार्थीलाई पढाइ रहेको अवस्था छ । त्यो अनुगमन गरेर गुणस्तरीय शिक्षा प्रदान गर्ने कामको पहल सरकारले गर्नु आवश्यक छ । शिक्षा संकाय लिएर पढेका व्यक्तिले मात्रै शिक्षा दिने काम गर्नु राम्रो हुन्छ ।
युवाहरु अध्ययनको लागि विदेश जाने क्रम बढीरहेको छ यसलाई कसरी हेर्नु हुन्छ ?
यो एकदमै नराम्रो कुरा हो । हाम्रो देशको अवस्था पनि अहिले यस्तै छ । हातमुख जोर्नकै लागि पनि विदेशीनु पर्ने वाध्यता छ । देशमा अहिले कित बुढाबुढी कित बच्चाहरु रहेका छन् । यहाँका युवा जनशक्ति विदेशीएको अवस्था छ । सरकारले रोजगार दिन सकेको छैन । यहाँ व्यक्तिले आफ्नो योग्यता अनुसारको काम पाइरहेको छैन । यसले व्यक्तिहरु कित डिप्रेशनमा जाने कित विदेशीने अवस्था आएको छ ।
मानिसलाई खुशी के कुराले मिल्छ ?
मानिसलाई सानो सानो कुराले पनि खुशी बनाएको हुन्छ । यो खुशी भन्ने कुरा अत्यन्तै गहिरो छ । वातावरण र समयले मानिसलाई भित्री रुपमा जब प्रभाव पार्न सक्छ त्यस समयमा मानिस खुशी हुन सक्छ । जुनसुकै कुराले पनि मानिस खुशी हुन सक्छ ।
वातावरण प्रतिको चेतना वृद्धिको लागि तपाईहरुले विद्यालयमा के कुराहरु ग्रिरहनु भएको छ ?
वातावरण प्रदुषण अहिलेको जल्दो बल्दो समस्या हो । ग्लोबल वार्मिङ भइ रहेको छ । मुख्यतया प्रदुषण के कारणले हुन्छ भन्ने कुरा हामी बच्चाहरुलाई विज्ञान तथा इ.पी.एच मा पनि पढाउँछौँ । आजसम्म हाम्रो प्रचलन के छ भने पढ्ने तर पढेको कुरा चाहिँ व्यवहारमा लागु नगर्ने । जस्तै इन्जिनियर, डाक्टरको कुरा गरौँ । उनीहरुलाई वातावरण प्रदुषणको बारेमा थाहा नहुने त होइन नि । तर, गाडि चढेर हिँड्ने अनि फु्रटी खाइसके पछि बोतल चाहिँ गाडिको सिसा खोलेर बाटामा फ्याँक्ने । अनि कहाँ वाट हुन्छ त वातावरण सफा ? विभिन्न कार्यक्रम गरेर हामी यहाँ विद्यार्थीहरुलाई व्यवहारीक र सैदान्तिक दुवै शिक्षा दिन्छौँ ।
नयाँ सोच र भिजन भएको युवाको समुहलाई सामाजिक कार्यको लागि कस्तो सहयोग गर्न सक्नु हुन्छ ?
कस्तो खालको सहयोग आवश्यक पर्ने हो । जस्तो सहयोग मागिएको छ हामी त्यस्तै खालको सहयोग दिन तयार छौँ । हामी दिन सक्छौँ । मानविय सहयोग भौतिक सहयोग जे जस्तो सहयोग चाहिने हो हामी सहयोग गर्न सक्छौँ ।
शिक्षाको स्तर बढ्दा पनि देशमा परिवार, कार्यालय तथा सार्वजनिक ठाउँमा लैंगिक समानता हुन नसक्नुको कारण के होला ?
लैंगिक समानता हुनको लागि घर बाट नै विभेदको अन्त्य हुनु आवश्यक छ । प्राय त एउटा महिलाले नै महिलालाई विभेद गरिरहेको अवस्था छ । आमाले छोरीलाई, सासुले बुहारीलाई विभेद गरेको अवस्था छ । यो अन्त्य हुन जरुरी छ । यो सामाजिक संस्कार र मनोवैज्ञानिक कुरा पनि हो ।
मर्नु भन्दा अगाडि तपाई के गर्न चाहनु हुन्छ ?
शिक्षा क्षेत्रमा आवद्ध छु । यही क्षेत्रको लागि अझ भन्नु पर्दा विद्यार्थीहरुको लागि उनिहरुले सम्झिरहने काम गर्न चाहन्छु । म मरेर गए पनि पछिल्लो पुस्ताले पनि सम्झि रहोस् भन्ने काम गर्न चाहन्छु ।













