अफरोज मंसुर
इस्लाम धर्म मुस्लिम समुदायको पाँच प्रमुख स्तम्भ, कलमा (मन्त्र), नमाज (प्रार्थना), जकात (दान), रमजान (व्रत) र हज (मक्काको धार्मिक यात्रा) हुन् । यी मध्येको रमजानलाई एक महत्वपूर्ण स्तम्भ मानिन्छ । रमजानको महिना चलिरहेको छ । रमजान इस्लामी क्यालेन्डरको अनुसार नवौ महिनाको नाम हो । यो महिना महत्वपूर्ण हुनुको कारण, मुस्लिमहरूको धार्मिक ग्रन्थ कुरान सरिफ यसै महिनामा अवतरण भयो र पथभ्रष्ट मानवतालाई विहानी प्राप्त भयो । यस महिनाभरि सम्पूर्ण मुस्लिम समुदाय रोजा (व्रत) बस्ने गर्दछन् । आºनो दया दृष्टि एवम् बरकत (बढीवढाऊ) तथा आत्मीय शुद्धताको हिसाबले पनि यो महिना सम्पूर्ण महिनाहरूभन्दा उत्कृष्ट थियो र यसका दिनहरूलाई रोजाले तथा रातहरूलाई उपासनाले सुसज्जित गर्नु उचित थियो । व्रत बस्दा कुनै आहार, पेय पदार्थ यहाँसम्म कि औषधी खानु, सुई लिनु पनि मनाही छ । रोजामा प्रत्येक मुस्लिम व्यक्तिले सूर्य उदय हुनु पूर्व सेहरी (विहानीको खाना) खान्छन् र बेलुका सूर्यअस्त पछि इफतार (रोजा तोडने) गर्छन् । इस्लामी कानुनले रोजाको ढाँचा र बाह्य स्वरूपमा यसलाई सीमित गरेन । बरू वास्तविकतामा र सारतत्वमा पनि पूरा बल दिएको छ । यसले रोजेदारका (पर्व वस्ने)का लागि केवल खानु, पिउनु र सहवासलाई अवैध घोषित गरेन । बरू प्रत्येक ती चिजहरूलाई पनि वर्जित गरेको छ, जुन रोजाको उद्देश्यको विपरीत र त्यसको तत्वज्ञान र नैतिक फाइदाका लागि हानिकारक छ । यसले रोजालाई शिष्टाचार अदब, अल्लाहसँग प्रेम एव्म संयमी दिल र वचनको पवित्रताको घेरामा घेरेको छ । कसैले झुटो बोल्न र त्यसलाई व्यहारमा ल्याउन छोडेन भने अल्लाहलाई त्यसको कुनै जरूरत छैन् कि त्यसले आºनो खानापिन छोडिदेओस् । जुन रोजा अल्लाहको डर विहीन छ, रोजाको त्यस्तो रूप हो जसको कुनै वास्तविकता नै छैन् र यस्तो शरीर हो जसमा आत्मा नै छैन् । कतिपय यस्ता रोजेदारहरू छन् जसलाई उनीहरूको रोजाबाट सिवाय भोक र तिर्खाको केही हात लाग्दैन । र, कति त्यस्ता उपासकहरू छन्, जसलाई आºनो उपासनामा राति जागरण गर्नु बाहेक केही प्राप्त हुदैन । रमजान उपासना, कुरआनको पाठ (तिलावत) अल्लाहको याद सहानुभुति र गरिबको समस्या बुझ्ने र मुद्धत गर्ने महिना हो । यसमा मुस्लिमहरूको धार्मिक, धर्मको सम्मान, उपासनाका अभिलाषा तथा धर्मप्रति आस्था पूर्णरूपमा प्रवाहित हुन्छ र उनीहरूको हृदयको कोमलता अल्लाहसँग लगाव प्रायश्चितको निस्कने भावना हुन्छ । दैनिक पाँचपटक पढ्ने नमाज यो महिनामा थप १ पटक बेलुकाको नमाजसँगै पढिन्छ, त्यसलाई तरावीहको नमाज भनिन्छ ।
उपरोक्त सम्पूर्ण चिजहरूले रमजानलाई उपासना, जप, कुरआनको पाठ, पहरेज गरी एवम् अल्लाहको डर मान्नुको यस्तो विश्वव्यापी मौसम प्रदान गर्दछ । जसमा पूर्वदेखि पश्चिमसम्मका सम्पूर्ण मुस्लिम, शिक्षित र अशिक्षित, धनी र गरीब कमजोर र शक्तिशाली तथा हरेक वर्गका व्यक्तिहरू एक अर्काका परम् मित्रको रूपमा देखा पर्दछन् । यो रमजान समान समयमा हरेक शहर, हरेक गाउँ र हरेक क्षेत्रमा हुन्छ । धनी को महल र गरीबको छाप्रो दुबैमा चहलपहल देखा पर्दछन् । यसलाई सम्पूर्ण संसारमा हेर्न सकिन्छ । यस्तो प्रतित हुन्छ कि सम्पूर्ण मुस्लिम समाज रमजानमा सुख चैन र अल्लाहको दिव्य ज्योतिको कुनै व्यापक शमियान टाँगिएको छ । जुन व्यक्तिहरू रोजाको मामिलामा केही अल्छी हुन्छ । यो एक सामूहिक र विश्वव्यापी रोजा हो । जसमा स्वत: एक यस्तो वातावरण सिर्जना हुन जान्छ जसले रोजा सजिलो लाग्छ । हृदयका नम्रता उत्पन्न हुन्छ र मानिसहरू उपासना, आज्ञा पालन, तथा सहानुभूतिका विभिन्न कामहरूतिर स्वत: आकर्षित हुन जान्छन् । यसलाई एकताको प्रतिक पनि भनिन्छ , किनकि अवतारी बेलुकाको खाना) खाने बेलामा गाऊ , छिमेकका सम्पूर्ण मुस्लिम मास्जिदमा जम्मा भई एकै साथ व्रत तोडने गर्दछन् । रमजानको अन्तिम दिन चन्द्रमा देखि सकेपछि त्यसको भोलीपल्ट सम्पूर्ण मुस्लिम समुदाय नयाँ–नयाँ, लुगा–कपडा, खाना बनाई एकै ठाउँमा जम्मा भई इर्द (इर्द उल फित्र) नमाज पढी हर्षोउल्लासका साथ इर्द मनाउने गर्दछन् । इर्द मनाउनु पूर्व प्रत्येक मुस्लिम परिवारको व्यक्तिले आ–आºनो भागमा पार्ने रूपैया गरीब, दिन दु:खी व्यक्तिलाई दिने गर्नु पर्दछ । यदि नदिएमा इर्दको नमाज अल्लाहले स्विकार नगर्ने धार्मिक विश्वास रहेको छ । (मधेश दपर्ण फिचर सेवा)












