वीरेन्द्र सापकोटा
पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको जिल्ला कार्यसमिति कास्कीमा कार्यविभाजन गरिएको छ । पार्टीका निवर्तमान अध्यक्ष देवीजङ्ग गुरुङ्ग आमन्त्रित केन्द्रिय सदस्य भई जानुभएकोले पार्टी कार्यालयमा भएको विशेष भेलाद्धारा जयलाल पुनको अध्यक्षतामा पदाधिकारीसहित ३५ सदस्यीय कार्यसमिति गठन गरेको हो । समितिको सह–अध्यक्षमा वरुणविक्रम राणा, उपाध्यक्षमा नारायण गुरुङ्ग, सचिवमा अर्जुनबहादुर बस्नेत, कोषाध्यक्षमा युद्धबहादुर कोईराला, सह–सचिवमा बाबुराम बस्ताकोटी र सह–कोषाध्यक्षमा गिता गुरुङ्ग रहनुभएको छ । जिल्ला कार्यसमिति गठन गर्न भएको भेलाले पार्टीलाई सशक्त रुपमा अगाडी बढाई राष्ट्रियता प्रजातन्त्र र उदारवादप्रति प्रतिबद्ध भई लाग्न आम समुदायलाई आग्रह गर्दै राजनैतिक दलको नाममा भागबण्डाको प्रवृत्तिलाई अन्त्य गराई हिन्दूराज्य निर्माण सहित राजा सहितको प्रजातन्त्र देशको लागि फलदायी रहने कार्यक्रमका सहभागि वक्ताहरुले धारणा राखेका थिए । कार्यक्रममा आमन्त्रित केन्द्रिय सदस्यद्धय विष्णुदेवी गुरुङ्ग, देवीजङ्ग गुरुङ्ग, सम्मानित ज्येष्ठ सदस्य लक्ष्मण कार्की, रामबहादुर कार्की, सल्लाहकार मनविर ढासा लगायतले पार्टीलाई जनता सामु पुर्याई रचनात्मक काम गर्नुपर्नेमा जोड दिएका थिए । पार्टी अध्यक्ष जयलाल पुनको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थी सङ्गठनका केन्द्रिय उपाध्यक्ष विश्व पौडेल, यूवक सङ्गठन कास्कीका सचिव कृष्ण तिवारी, सह–सचिवमा वरुणविक्रम राणा, उपाध्यक्ष नारायण गुरुङ्ग, सचिव अर्जुनबहादुर बस्नेत लगायतका वक्ताहरुले आ–आफना धारणा राख्नुभएको थियो ।












