काठमाडौं । सशस्त्र प्रहरी बल युएन शान्ति स्थापना तालिम केन्द्र ककनीमा सञ्चालित सि.सं.१५ गुल्मपति तथा स्टाफ (सिसिएससी) तालिम सम्पन्न भएको छ । उक्त तालिमको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक प्रकाश ओझाले चैत्र ११ गते सोही तालिम केन्द्रमा आयोजित एक समारोहका बीच समापन गर्नुका साथै तालिमका उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।

????????????????????????????????????
ओझाले संगठनका हरेक कामकारवाही सहकार्य, सरसल्लाह एवं समन्वयमा सञ्चालन हुने र तालिममा सिकेका कुरालाई प्रशिक्षार्थीहरुले कार्यक्षेत्रमा लागू गर्दै सशस्त्र प्रहरी कार्य सम्पादनमा उच्च प्रतिफल हासिल हुने ढंगले जिम्मेवारी निर्वाहमा कृयाशिल रहनुपर्ने बताएका छन । तालिम साधन हो साध्य होइन भन्नुहुँदै सकारात्मक सोचका साथ तालिम सम्पन्न गरिँदा प्रशिक्षार्थीहरुको क्षमता अभिबृद्धि हुने र यसबाट संगठनको उद्देश्य प्राप्तीमा सघाउ पुग्ने बताउनुभयो । धन्यवाद ज्ञापनको क्रममा संगठनले यस्ता तालिमलाई प्रमुख प्राथमिकतामा राखेको सशस्त्र प्रहरी नायव महानिरीक्षक रामशरण पौडेलले बताउनुहुँदै तालिमबाट आर्जित ज्ञानले प्रशिक्षार्थीहरुलाई कार्यक्षेत्रमा सफलता प्राप्त गर्न सघाउ पुग्ने बतायो । सो तालिम केन्द्रका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक नारायणदत्त पौडेलले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुहुँदै प्रशिक्षार्थीहरुले उच्च अनुशासन र मनोबलका साथ तालिम सम्पन्न गरेको बताउनुभयो । तीन महिना अवधिको उक्त तालिममा कूल २९ जना सशस्त्र प्रहरी नायव उपरीक्षकहरु प्रशिक्षार्थीको रुपमा सहभागी रहेका थिए ।













