टिकाराम पोखरेल
दशवर्षे द्वन्द्वबाट माओवादी सत्ता राजनीतिमा आइपुग्यो । उसले आफूले अँगालेको दशवर्षे द्वन्द्वलाई जनयुद्धको संज्ञा दियो, भलै विपक्षीले जनयुद्ध भनेर स्वीकार नगरुन् । शान्ति प्रक्रिया हुँदै संविधानसभाको निर्वाचनसम्म आइपुग्दा माओवादीबाट एकीकृत माओवादी बनेर उसले एकपछि अर्को सफलता हात पार्यो तर संविधानसभाको चार वर्षको अवधि समाप्त हुँदा नहुँदा एमाओवादी आमजनताबाट निकै आलोचित बन्न पुग्यो । आमजनताको एमाओवादीप्रतिको आलोचना र स्वयम् एमाओवादीभित्रका विभिन्न अºठ्यारा परिस्थिति हेर्दा एमाओवादीको भविष्य
के ? भन्ने सम्मका प्रश्नहरु उब्जिए । जनयुद्ध कि धनयुद्ध : जनयुद्धबाट शान्तिप्रक्रियामा प्रवेश
गरेर सत्तामा आइपुगेको एमाओवादीले सत्तामा टेक्दा नटेक्दै जनयुद्ध होइन बरु धनयुद्ध गरेको रहेछ भन्ने आलोचना खेप्नु पर्यो । विगतमा धनयुद्धको आरोप विपक्षी दलहरुले मात्र लगाउने गरेका थिए तर पछिल्लो समयमा आफ्नै कार्यकर्ताहरु खासगरी पूर्व लडाकूहरुले एमाओवादीका
नेताहरुले धनयुद्ध गरेको भनी चर्को आलोचना गरे । पूर्वलडाकूहरुबाट उठाइएको रकम पारदर्शी नहुनु र पछिल्लो
समय एमाओवादीका नेताहरुमा बढ्दै गएको विलासी जीवनशैलीका कारण धनयुद्धको आरोपलाई थप बल मिलिरहेको छ । केही मान्छेहरु भन्ने गर्दछन्– नेपालमा सबैभन्दा धनी पार्टी एकीकृत माओवादी हो । तर एमाओवादीका नेताहरु भन्ने गर्दछन्–नेपालमा सर्वहाराहरको एक मात्र पार्टी एमाओवादी हो । देखावटी रुपमा भने आफ्नो सम्पत्ति पनि पार्टीकरण गरेको भनेर कार्यकर्तामा भ्रम सिर्जना गर्ने र व्यवहारमा चाहिँ विलासी जीवन विताउने एमाओवादी नेताको व्यवहारका करण नै अहिले एमाओवादीका नेता र कार्यकर्ता बीच ठूलो खाडल देखिँदै छ । एमाओवादी विस्तारित वैठकमा भएको विवाद यही दिनप्रतिदिन बढिरहेको ठूलो खाडलको
परिणति हो । भष्मासुर प्रवृत्ति : पुराणमा एउटा कथा उल्लेख छ ( दैत्यराज भष्मासुरले १० हजार वर्षसम्म भगवान् शिवको तपस्या गर्यो । शिव खुशी भए र भष्मासुरलाई वरदान माग्न भने । भष्मासुरले मैले जसको शीरमा हात राख्छु ऊ तुरुन्तै भष्म होस् भन्ने वरदान माग्यो । तपस्यादेखि अति प्रसन्न भएका शिवले वरदानको परिणति प्रति विचारै नगरी ‘तथास्तु’ भनी वरदान दिए । वरदान पाएको भष्मासुरमा आफू तीनै लोकको शक्तिशाली हुने चाहना जाग्यो । उसले आफूलाई वरदान दिएर शक्तिशाली बनाउने शिवको शीरमा हात राख्ने इच्छा जाहेर गर्यो । भष्मासुरबाट डराएर शिव भागे । शिवको शीरमा हात राख्न भष्मासुर शिवलाई लखेट्न
थाल्यो । यो कुरा भगवान् विष्णुले थाहा पाए र विष्णुले भष्मासुरलाई भने– तिमीलाई
शिवले दिएको त्यो वरदान झुटा हो, तिमीले जसको शीरमा हात राख्छौ ऊ भष्म हुने वरदान तिमीले पाएकै छैनौ, नपत्याए आफ्नै शीरमा हात राखेर हेर त । विष्णुको कुरा भष्मासुरलाई हो जस्तो लाग्यो र वरदानको परीक्षण गर्न भष्मासुरले आफ्नो हात आफ्नै शीरमा राख्यो । तत्कालै भष्मासुर भष्म भयो । भष्मासुर दैत्यको यो कथा एकीकृत माओवादीको हकमा यतिबेला धेरै ठाउँमा लागू हुन्छ । भष्मासुरले १० हजार वर्षसम्म कठोर तपस्या गरे भैँm माओवादीले पनि १० वर्षसम्म कठोर युद्ध लड्यो । कठोर युद्धको परिणति नै हो एमाओवादीलाई जनताले शक्तिशाली पार्टी बनाइदिए, शिवले भष्मासुरलाई शक्तिशाली बनाए जस्तै । एकपछि अर्को खुड्किला चढेर शक्तिशाली हुँदै गरेको माओवादीलाई अझै शक्तिशाली हुने मोह जाग्यो । शिवबाट शक्तिशाली बनाइएको भस्मासुर शिवमाथि नै जाइलागे जस्तै जनताबाट ठूलो पार्टी बनाइएको माओवादी जनताकै संविधान बनाउने कुरामा उदासिन रह्यो । त्यतिमात्र होइन युद्धकालमा बाहुबलकै भरमा शक्तिशाली बन्नुपर्छ अर्थात् बातले नमान्नेलाई लात्ले ठीक पार्नुपर्छ भनेर कार्यकर्तालाई प्रशिक्षित गरेका कारण आज माओवादीका कार्यकर्ता आफ्नै आदर्श नेतामाथि लात बजार्न पुगे । भष्मासुरले आफ्नै टाउकोमा हात राखेर आफैँ ध्वत भए झैँ यतिबेला माओवादी पनि आफूआफूमा हानाहान गरेर आफैँ ध्वस्त हुन उद्यत भैरहेको देखिन्छ ।
अनुशासनहीनताको पराकाष्ठा : अनुशासनको सवालमा एकीकृत माओवादीका नेता र कार्यकर्ता आफूलाई अरु पार्टीका कार्यकर्ताभन्दा बढी नै अनुशासित ठान्छन् । एमाओवादी आफ्ना कार्यकर्तालाई पाइला पाइलामा अनुहशासनको पाठ सिकाउँछ । पार्टी अनुशासनको पालना गर्ने पाठ रटाउँछ । अरु पार्टीमा भएको अनुशासनहीनताको उदाहरण दिएर आफ्ना कार्यकर्तालाई
अनुशासित हुन भन्छ । तर जतिसुकै अनुशासनहीन कार्यकर्ता वा अनुशासनप्रति उदासिन पार्टी भनिए पनि कांग्रेस एमाले राप्रपालगायतका पार्टीमा एमाओवादीमा झैँ आफ्नै आदर्श नेताहरु माथि कुर्सी बजार्ने र पाखुरी चलाउने काम भएको कहिल्यै देखिएन । विगतमा सर्वसाधारण
एमाओवादी नेता र कार्यकर्तासँग आºनो जीवन बचाइदिन याचना गर्दथे आज एमाओवादीका नेताहरुले नै आफ्नै कार्यकर्ताबाट ज्यान बचाउनको लागि भागाभाग गर्नुपरेको छ । बालेले ीमा सिद्धान्त व्यवहारमा बाहबुबु ल : एमाओवादीका नेताहरु बीच चुलिँदै गएको व्यक्तित्वको टकरावको प्रसंग कोट्याउँदा एकजना एमाओवादीका केन्द्रीय नेताले भनेका थिए–नेपालमा
सैद्धान्तिक बहस हुने एकमात्र पार्टी छ भने त्यो एमाओवादी हो । हाम्रो पार्टीमा बहस र असहमति त हुन्छन् तर जति बहस र असहमति हुन्छन् ती सबै बहस र असहमति सैद्धान्तिक मात्र हुन्छन् । उनले यसो भनिरहँदा आफ्नो पार्टीप्रति निकै गौरवको अनुभूति गरेको प्रतीत
हुन्थ्यो । तर वैचारिक बहस भन्ने तिनै नेताका अगाडि मोहन वैद्यहरुले पार्टी फुटाएर लगे । बाबुराम र प्रचण्डका समर्थक बीच हात हालाहाल भयो, अहिले फरि प्रकाशहरुले वैद्य कुरा गर्न लागेका छन् । सैद्धान्तिक लडाइँमा कहाँनेर हात हालहाल र कुर्सी फालफाल हुन्छ त्यो त तिनै सिद्धान्तको बहस गर्ने नेताले जान्ने कुरा हो । नेपालमा कम्युनिष्ट पार्टीहरुको जुट, गुट र फुट कुनै नौलो कुरा होइन ।
विद्यार्थीहरुलाई हाजिरी जवाफमा अलि अºठ्यारो प्रश्न सोध्न मन लाग्यो भने अन्त कतै दिमाग
खियाउनु पर्दैन । नेपालमा कतिवटा कम्युनिष्ट पार्टीहरु छन् ? भनेर सोध्यो भने विद्यार्थीको बाह्र बजिहाल्छ । धेरैलाई थाहा छैन नेपालमा कतिवटा कम्युनिष्ट पार्टी छन् । बल्ल बल्ल अनेक गरेर आज कम्युनिष्ट पार्टीको संख्या थाहा पाए पनि भोलि त्यो तथ्य गलत हुन्छ । किन कि भोलि त कुनै दुईवटा बीच कि एकीकरण भैसकेको हुन्छ कि कुनै पार्टी फेरि फुटेर संख्या बढिसकेको हुन्छ । यतिबेला एमाओवादी नेपालका कम्युनिष्ट पार्टीको संख्या बढाउने कसरत गरिरहेको छ । एमाओवादी दुई भइसक्यो, तीन हुने साइत कुरेर बसेको छ । विस्तारित वैठकमा भएको झगडाको विस्तारले यही कुरालाई पुष्टि गर्दैछ । तर यो सबै टुट, फुट र गुट सिद्धान्तको होइन व्यक्तिगत टकराव हो भन्ने कुरा स्पष्ट छ । सीमाहीन एमाओवादी शैली : दर्शनशास्त्र भन्छ ( हरेक कुराको सीमा हुन्छ । जब कुनै कुराल्े सीमा नाघ्छ तब त्यहाँ विष्फोट हुन्छ । यतिबेला एमाओवादी भित्रको विष्फोट सीमा नाघेपछिको विष्फोट हो । आफूले जे गरे पनि हुन्छ भन्ने मानसिकताबाट अभिप्रेरित भएर नै एमाओवादीहरुले नेपालको राजनीतिमा साम, दाम, दण्ड, भेदको नीति अख्तियार गरे । क्षणिक रुपमा उनीहरु सफल पनि देखिए । तर बाहुबललाई नै
शक्ति ठानेर अरु माथि बाहुबल प्रयोग गर्ने एमाओवादीको बाहुबल यतिबेला आफ्नै नेता माथि बज्रियो । सीमाहीन गतिविधिको परिणति सीमाहीन हुन्छ भन्ने राम्रो उदाहरण हो यो । जस्तो रोप्ेप्यो त्यस्तै फल्छ : जे बीऊ रोपिन्छ त्यही फल लाग्छ । एमाओवादीले रोपेको बाहुबलको राजनीतिको विऊ विस्तारै झांगियो र अन्तत त्यसको फल एमाओवादी नेताहरुले नै पाए । दश वर्षे जनयुद्धमा धेरै बाहुबलको प्रयोग भयो । पार्टी शान्ति प्रक्रियामा आएसँगै बाहुबलको प्रदर्शनी हुन पाएको थिएन । सानो कुरा भेट्यो कि मुक्का प्रहार गरिहाल्ने बानी परेका एमाओवादीका कामरेडहरु उकुसमुकुस भएर बसेका थिए । मुक्का गुम्सिएका थिए । विस्तारित वैठकमा सानो ठाउँ पाउने वित्तिकै गुम्सिएका मुक्काहरु बाहिर निस्के । अन्तत: आफ्नै नेतामाथि मुक्का प्रहार भयो । जस्तो बीज रोपियो त्यस्तै फल प्राप्त भयो । यतिबेला नेपालको राजनीतिक अवस्था सहज छैन । राजनीतिक दलहरु पनि स्वयम् संकटमा छन् । सबै दलभित्र कुनै न कुनै समस्या छन् । तर एकीकृत एमाओवादीमा जस्तो अत्यन्तै असहज परिस्थिति अन्य दलमा छैन । देशको
सबैभन्दा ठूलो पार्टीको रुपमा स्थापित एमाओवादीभित्र समस्या देखिनु भनेको भावी राजनीतिका लागि पनि पक्कै शुभ संकेत होइन । त्यसैले यतिबेला एमाओवादीले गम्भीर भएर सोच्नुपर्ने भएको छ । एमाओवादीको हालै सम्पन्न विस्तारित वैठकमा नेतृत्वको व्यापक आलोचना भएपछि एमाओवादीको केन्द्रीय समिति विघटन गरिएको छ । अब हुने महाधिवेशनले एमाओवादी पार्टी भित्रका यावत् समस्या निमिट्यान्न पार्न सक्यो भने एमाओवादी पार्टी फेरि सुद्धिकरण होला । महाधिवेशनले पनि एमाओवादीभित्रका फोहोर सफा गर्न सकेन भने त्यो एमाओवादीका लागि मात्र होइन सि·ो देशको लागि पनि शुभ नहुने निश्चित छ ।











