जनयुद्धको धङ्धङेले जलालाबादको सम्झना गराइरहेकै छ । संविधानसभाले शान्तिमार्ग पहिल्याउन नसकी बिघटन हुनपुग्यो । लोकतन्त्रमा बबन सिंह गर्जियो, गणतन्त्रले गणाधिपति जन्माउन सकेन । यही सेरोफोरोमा समयको प्रश्न छ– गणतन्त्रको राग अलापेर नथाक्नेहरूले २७ सय वर्ष अघि राजा सुद्धोधनका दरवारमा अभ्यास गरिएको गणतन्त्र कस्तो थियो ? पढ्ने हो भने थाहा लाग्छ, त्यतिबेला गणराज्य थियो, गण सार्वभौमसत्ता सम्पन्न थिए, राजा गणाधिपति थिए । राजा गणको धरातलमा उभिन्थे । पछि निर्वाणा प्राप्त भएपछि बुद्धले ‘संघम् शरणम गच्छामी’ भनेर जनजनमा संघीयताको मन्त्रदान नै गरिदिएका छन् । अहिलेका प्रचण्ड, सुशील, झलनाथ र बिजयकुमारको धरातल कुन हो ? यी कति भोटका गणाध्यक्ष हुन् ? संविधानसभा मरिसक्यो, संविधानसभामा प्रतिनिधित्व गर्ने ३३ दलको हैसियत सडकछाप बनिसकेको छ । यो स्थितिमा शीर्ष भनिएका दलहरू कति मतका गणपतिहरू हुन् ? दक्षिण, पश्चिम अथवा उत्तरतिर देखिने सबै गणतन्त्र हुूदैन । गणतन्त्रका लागि राजनीतिक चरित्र र निर्णय गर्ने स्वाधीन क्षमता चाहिन्छ । नेतृत्व पंक्तिमा बसेका यी नेताहरूमा त्यस्तो क्षमता छ ? भएको भए देशको यो अराजक बेहाल किन भइरहेको छ ?
सबैभन्दा पहिले नेताहरूले बुझ्नुपर्छ : मातृभक्त राम र रामका पनि भक्त हनुमानलाई सर्बत्र पुजिन्छ तर ब्रम्हा र विभिषणको मन्दिर कतै देखिन्न, किन ? यत्ति सत्य बुझ्ने हो भने नेताहरूले आफ्नो अनुहार कति बिरुप र कुरुप रहेछ भन्ने थाहापाउँथे र सहीमार्ग अवलम्बन गर्नेथिए ।
नेपाली राजनीतिमा कूट राजनीति व्याप्त छ । कुटिलतालाई कूटनीति मान्नेहरू अबुझ हुन् । चरित्र कठपुतलीको राख्ने अनि स्वार्थी कुटिलतालाई राजनीतिक रणनीति भन्दाभन्दै जनयुद्ध र जनआन्दोलनका उपलव्धिजति मटियामेट भइसके । ६० वर्षपछि आएको जनताले, जनमतले संविधान निर्माण गर्ने अवसर गुमिसक्यो । २०५४ सालमा गरिएको एउटा अनुसन्धान रिपोर्टले देखाएको छ– मुस्ताङमाथिको दामोदर कुण्ड क्षेत्रमा पाइने दुर्लभ अर्गालिक जातिको जंगली एसियाली भेडा जो ४ फुट अग्लो र २ सय पाउण्डको हुनेगर्छ, यसको आकर्षण सिंग हो भन्ने नेपालले नबुझ्दा दिनदिनै सखाप भइरहेको छ । त्यस्तै गरेर नेपाली जातिको सम्पूर्ण आकर्षण लुटाएर छिमेकीले फालेको ‘कुत्तेका खाना’मा लुछाचुँडी गरिरहने र विदेशीले फालेको ‘अनेक अभिष्टसहित जातीय विद्वेष फैलाउने विषालु डलर कुम्ल्याएर’ नेपाली एकताको शक्ति बिखण्डन र बिभाजन गरिरहने हो भने यस्तो कुटिलतालाई कसरी राजनीति
भन्ने ? बुद्ध साहित्य सुगत सौरभ हो, बुद्धको देशका राजनीतिज्ञहरूको राजनीति भ्रष्टाचार र अपराधशास्त्र बन्यो । पोष्टमार्टम गर्ने हो भने प्रत्येक दलका प्रत्येक नेताका आन्द्राभुँडीमा राष्ट्रघातको लेउमात्र भेटिनेछ । इतिहाससिद्ध ‘इमान्दार गोर्खाली’को रगतमा ‘कुटिलपूर्ण बेइमानी’ कसरी मिसिन पुग्यो ? नेता कम र बुख्याँचा ज्यादा कसरी छरपस्ट भए ? अनुसन्धानको विषय बनेको छ । खरो शव्दमा भनौं– लोकतन्त्र आयो, लोकतन्त्रका सञ्चालकहरूको मस्तिष्क लोकतान्त्रिक हुन बाँकी नै रहेछ । यहीकारणले नेपालको भाग्य र भविष्यका सामु एउटा यक्षप्रश्न नाङ्गो खुकुरी भएर झुण्डिएको छ– लोकतन्त्रको प्राण जनविश्वास हो, त्यो जनविश्वास कुन पार्टीको कुन नेतासँग जिवन्त छ ?
हो, माओवादीसूग बन्दुके दम्भ बाँकी छ, कांग्रेससँग समाजबादको अहंकार बाँकी छ, एमालेसूग बहुदलीय जनवादको फुइँकी बाँकी छ, मधेसी मोर्चासूग अवसरवादको मुस्कान बाँकी छ । चोखो मन, जनबल, स्वार्थभन्दा माथि कोही छैनन् । कुनै नेताको पनि प्राथमिकतामा राष्ट्रिय स्वाधीनता परेन । त्यसैले निर्विकल्प सहमतिको हाहाकारमा सत्ता हत्याउने राजनीतिको कुटिलचालमा सबै लिप्त छन् । योभन्दा राजनीतिक पाखण्ड अरु के हुनसक्ला ? प्रतिपक्षीलेसमेत प्रशंसा गरिएका र बाबुरामभन्दा प्रधानमन्त्रीका उपयुक्त बिकल्प नै थिएन भनेर प्रशंसा गरिएका डा.बाबुराम भट्टराईले जलस्रोत, बिप्पा, नागरिकतापछि एयरपोर्ट नै भारतको हिल्ला लगाउने प्रयत्न गरेर ‘आमालाई बेश्या’ बनाउने प्रयासमात्र गरेनन्, उनले आफ्नो पक्षमा बोल्न भारतका नेपाल विज्ञ एडी मुनी र राजनीतिज्ञ यशवन्त सिन्हालाई बोलाएर प्रतिपक्षको साता झार्ने दुस्साहससमेत गरे । कुनै पनि देशभक्तले आमाको यसरी व्यापार गर्दैन, झुत्री भए पनि आमाको सम्मान गर्छ, आमाप्रति गौरव गर्छ । नैतिकता, निष्ठा, सिद्धान्त र जनाकांक्षाको कहिलेसम्म मलामी गइरहने ? माटोवाद गौरवशाली हुन्छ । कुनै दलमा माटोको गौरव जगमगाएको देखिन्न । धर्तीपुत्रले मातृभूमि भन्छ, समानता भन्छ, हाम्रा नेताहरू जाति बोक्छन् र निहीत स्वार्थ हेर्छन् । चमत्कार गर्छु भन्नेहरूको नयाू नेपालमा इन्द्रजाले भ्रमको खेती खुब मौलाएको छ ।
महाभारतको कथामा कंश र सकुनी दुई पात्र छन् । यी दुबै पात्र अपराध र कुटखेलका प्रतिनिधि हुन् । त्यस्तै कुट राजनीति जनयुद्ध र जनआन्दोलनको सफलतापछि अर्थात २०६३ साल वैशाख ११ गतेपछि संविधानसभाको निर्वाचनमा पनि देखियो, राष्ट्रपतिको चुनावमा पनि देखियो, ४ वर्षे संविधानसभाको कार्यकालमा पनि देखियो र एकपक्षीय रुपमा एमाओवादीले गरेको संविधानसभाको मृत्य र निर्वाचनको घोषणामा पनि देखियो । अर्थात्, समस्याको जड भनेको कुटिलता हो । राजनीतिक कुटिलताले जटिलता जन्माउँदै गएको छ र सर्वसत्तावादी सिंहासनमा को बस्ने भन्ने पहलमानी उत्कर्षमा छ ।
गत जेठ १४ गते एमाओवादी एकल जातीय पहिचानसहितको संघीयतामा हलचल नगर्नाले संविधान घोषणा हुनसकेन र एमाओवादीको नेतृत्वको सरकारले कसैसँग सल्लाह नै नगरी मंसिर ७ गते संविधानसभाको निर्वाचनको घोषणा गर्नपुग्यो । एमाओवादीको यो कुटिलताको बिरोधमा प्रतिपक्षीले डंका बजाए, चुनाव हुनै सक्दैन भनेर ठोकुवा गरे । संसद भएपछि संविधान संशोधन हुनसक्ने थिएन, संवैधानिक र कानुनी बाधा नहटेकाले निर्वाचन आयोगले पनि गत सोमवार निर्वाचन हुनसक्दैन भन्ने घोषणा नै गरिदियो । कांग्रेसको जिल्ला सभापति भेला र एमालेको बैठकले संविधानसभाको निर्वाचन हुनैनसक्ने र २४० सिटमा संसदको निर्वाचन हुनुपर्ने निर्णय गरेका छन् । यसका लागि समेत संविधानमा संशोधन हुनैपर्छ । संविधान संशोधनका लागि राजनीतिक सहमतिको आवश्यकता छ । सहमति हुन प्रधानमन्त्री बाबुरामको राजीनामा पहिले आउनुपर्ने प्रतिपक्षको माग छ । राजीनामा नदिएर असोजबाट आन्दोलन थाल्ने निर्णय कांग्रेसले गरिसकेको छ, एमालेले त युथफोर्स सडकमा उतार्न थालिसकेको छ । प्रम भट्टराई अर्थात एमाओवादी अध्यक्ष प्रचण्ड, कांग्रेसलाई नै सत्ता किन दिने भन्दै चैतमा चुनाव सारेर बाबुरामकै नेतृत्वमा चुनाव गर्ने वार्ता अगाडि बढाउन पुगेको छ । मधेसी मोर्चा निर्वाचन आयोग चुनाव गराउनै चाहँदैन भनेर कुर्लिन थालेका छन् । अर्थात् कुटिल राजनीति चम्कदै र चर्कदै गएको छ । कुटिल राजनीतिले संवैधानिक र राजनीतिक गत्यारोधलाई जटिलभन्दा जटिल बनाउँदै लगेको छ । जटिलताको गाँठो फुकाउने कुरा सबै गर्छन् तर उनीहरूभित्रको कुटिलताले जटिलताको गाँठो कस्सिदै जाूदो छ । राष्ट्रिय सरकार, संविधान र शान्ति प्रकृया र राज्यपुनर्संरचनाका मुद्धाहरू प्याकेजमा सहमति गर्नुपर्ने प्रचण्डको जोड छ । एकातिर जोड दिने, अर्कोतिर उत्ताउलो कूतर्क प्रस्तुत गरेर उन्मत्त अड्डी लिने कार्यले प्रचण्ड रणनीतिक चातुर्यका साथ कुटिल राजनीति गरिरहेको आशंका धेरैको छ । राजनीति टक्क अडिएको छ, ठूलो नरसंहार हुने अप्ठेरोमा अड्किएको छ, यो भद्रगोल राजनीतिले काठमाडौंलाई काबुल बनाउने त होइन ?
एमाओवादी अझै पनि संविधानसभाको चुनाव भनिरहेको छ, एकल जातीय पहिचानको कुरा गरिरहेको छ, बाहुनलाई काशी र क्षेत्रीलाई फाूसीको नारामा आनन्द लिइरहेको छ । आसाममा जातीय हिंसा फैलिएको ताजा घटना किन हेर्दैनन् नेताहरू ? क्षेत्री बाहुन पनि सडकमा उतारेर ११८ जातिवीच भिडन्त गराएर एमाओवादीलाई कुन स्वर्गीय लाभ छ ? हो, माओवादीलाई चुनाव जित्न र प्रचण्डलाई राष्ट्रपति बन्नका लागि जातीय भोट र शक्ति आवश्यक भएकाले कम्युनिष्ट माओवादी कम्युन्यालिष्ट माओवादी बनेको हुनसक्छ । तर देशमा डँढेलो लाग्दा आगोले जातीय नेता भनेर ‘बाहुन’ प्रचण्डलाई डाम्दैन भनेर उनले कसरी सोचे ?
राष्ट्रलाई असफल हुन दिने कि भट्टराईले राजीनामा दिएर मार्ग प्रशस्त गर्ने ? भट्टराई प्रधानमन्त्रीका रुपमा कहिलेसम्म नैतिकहीन भएर बसिरहने ? वार्ता सुरु भएका छन्, सहमतिमा सबैले जोड दिएका छन् तर निष्कर्ष शून्य । राष्ट्रिय हितमा, राजनीतिक निकासका लागि त्याग गर्न कुनै दल तैयार छैनन् । योभन्दा कुटिलताले जन्माएको जटिलता अरु के हुनसक्छ ? संविधानत: भट्टराईलाई फाल्न प्रतिपक्षलाई मुस्किल पर्ने हुूदा उनीमाथि सत्ताकव्जाको रणनीतिमा देखिएको आक्षेप लागेको छ । कुटिलतापूर्णराजनीतिले सर्वसत्तावादको सिंहासनको महाभारत डरलाग्दो बन्दै गएको छ । जनतामात्र भयभितभएरके गर्नु ?चबवबलज्ञढछटपबचपष्२थबजयय।अयm











