डाक्टर बाबुराम भट्टराई, नेपालका प्रधानमन्त्री, के उनी भारतीय डाक्टर नै हुन् त ? यो प्रश्न यसकारण पनि उठेको छ कि बाबुरामले नेपालको हित कम र भारतको हित बढी सोचेको अनुभूति मजस्ता सामान्य नागरिकहरूले पनि सोच्न थालिसकेका छन् ।
शनिवार विहानै मैले मेरो भतिजलाई छोड्न म्हेपीबाट नयाँ वसपार्क गएको थिएँ । विहान ५ बजे गाडी छुट्ने भएकोले हतार हतार म र भतिज हिड्दै बसपार्कतिर गयौं । जति गर्दा पनि बस छुटेरअलि अगाडि पुगेकाले दौडदै…रोक…रोक भन्दै थियौं । शायद हेल्परका ेआँखातिर भएकोले उसले ढ्याम्म… ढोकामा हान्यो र बस केही पर पुगेर रोकियो । म भतिजलाई गाडीमा चढाइसकेर फर्कने सुरमा थिएँ । विहान भएकाले चिया पिउने मन भयो र एउटा अधवैंसे दिदीको पसलमा रोकिएँ । अरुहरूपनि शायद यात्री पुर्याउने र आउनेको प्रतिक्षामा चिया पसलमा चियाको चुस्की लिदै विहानीको मजा लिइरहेका थिए । दिदी मलाई पनि चिया पाउँन …। दिदीले सोधिन्– चिनी बढी कि कम ? मैले जवाफ दिए– ठिकै हाल्नोस् न । कस्तो देश कस्तो भयो ? देश नै अर्कैले चलाएजस्तै छ । एकजना चिया पिइरहेका व्यक्ति आश्चर्य प्रकट गर्दै थिए । ठीक भन्यौ यार, उसको साथी सही थाप्दै थियो । हेर त राणा शासन, कांग्रेसको सरकार, ०४६ सालको सरकारलेसमेत नगरेको राष्ट्रघात काम डा. बाबुरामले सबैलाई मूर्खै ठानेर गरिदिए.. अर्का चिया पिउने भलाद्मी भन्दैथिए ।
यत्तिकैमा अलि गर्जिदै..तात्दै भन्नथाले– हेर..के गरेको डाक्टरजस्तो नेताले ? अन्तर्राष्ट्रिय विमानस्थलको सबै जिम्मा विदेशीलाई दिनेरे । उनका अर्का साथी चियाको अन्तिम घुट्को तानेर भन्नथाले– त्यसो हो भने त हाम्रा दाजुभाई, चेली, दिदीबहिनी विदेशबाट नेपाल आउँदा वा जाँदा विदेशीले चेक गर्ने भए होइन त ? अर्का साथीले जवाफ दिए– त्यसो भए त भाषा पनि नेपाली के रहुन्थ्यो होला र ?
म पनि चियाको चुस्की लिदै उनीहरूको छलफल सुनिरहेको थिएँ । यत्तिकैमा अर्का मित्र भन्दै थिए– बिप्पा सन्धि गरेर कति न विदेशी लगानी ल्याउँछु भन्थे, जनतालाई त भेडा नै सम्झेर छक्याए । लालकौडी विदेशी लगानी भित्रिएन । बरु लगानीकर्ताले विदेशमा लगानी गर्न जान पाउँ भनेर अनुमति पो माँग्न थाले । सुपुर्दगी सन्धि गरेर भारतलाई खुशी पार्ने भारतीय डाक्टर बाबुरामले जनयुद्धकाल र पछि १९५० को सन्धि खारेज गर्छु भन्थे, पुनरावलोकन गर्ने कुरा गरे, अव त यसबारेमा चुँइक्क पनि बोल्न छाडे ए गाँठे । क्रानितकारी सत्तामा पुगेपछि त अचम्मै हुनेरहेछ । आम नागरिकको कुरा सुने, जिल्लाराम परें । चिया पिइसकेर मनमनै सोच्दै त्यहाँबाट हिंडे । मलाई लाग्यो– जनतामा चेतनाको स्तर बढेको रहेछ । चेतनाको स्तर बढ्नु भनेको देश बलियो हुनु हो । तर, जनजनमा यसरी बढेको संचेतना किन हो कुन्नी भ्रमजाल र इन्द्रजालजस्तो राजनीति गर्ने नेताहरूको खुलेर आलोचना गर्नै सक्दैन । बालबालिका चढेको स्कूल बसमा आगो लगाउने क्रान्ति, देशका पक्षमा किन मौन छ ? देशका पक्षमा सडकमा उत्रन नसक्ने चेतनालाई के चेतना भन्नु र ?
विहानको समयमा म जस्तो आम मान्छेको मस्तिष्कमा तरङ्ग चल्न थाल्इो । म को हो ? मेरो परिचय के हो ? मेरो अस्तित्व कहाँ छ ? आफुले आफैलाई प्रश्न गरें– म त नेपाली । के हो नेपाली भनेको ? नेपाल स्वतन्त्र छ तर खोई मेरो स्वतन्त्रता ? म कसरी स्वतन्त्र ? मलाई लाग्यो– हाम्रो सहनशील चेतनाले गर्दा भारतीय डाक्टरहरू हामीलाई मूर्ख बनाइरहेका छन् । देशलाई पराधीनतिर धकेलीरहेका छन् । जन्मभूमि आमा चिच्याइरहेकी छिन्, मजस्ता आम नागरिक आमाको चित्कारलाई पनि सहिरहेकै छन् । कतिञ्जेल सहने ?
अव त बोल्ने बेला भएन र ? कतारको ५० डिग्रीको उच्च तापक्रममा काम गर्दा मलाई त्यति पीडा भएको थिएन, जति आज भइरहेको छ । मैले अनुभव गरें, मेरो राष्ट्रियता खतरामा परेको छ । विश्व इतिहासमा सधैं स्वतन्त्र रहेको मेरो देशको स्वाभिमान संकटमा परेको छ । मेरो नेपालमा विदेशी व्यक्ति पो प्रधानमन्त्री भएका रहेछन् । उसको सर्टिफिकेट पनि विदेशी नै रहेछ । त्यसैले होला उसले हाम्री आमालाई विदेशी साङ्गलोमा बाँध्न खोजेको । मलाई लाग्यो हामी धेरै गर्नसक्छौं, अहिलेको सहनशीलता र शान्ति, ठूलो आँधी आउनु अघिको शान्ति हो । पक्कै पनि यो भित्रभित्रै भुसको आगो सल्किरहेको शान्ति हो । मलाई भएको जस्तो औडाह, देशभक्त नेपालीलाई भइरहेको छ । सबै चेतनशील जनजनले मनमनै भनिरहेका छन् : पख भारतीय बाबुराम तिमीलाई नेपाली देशभक्तहरूले छोड्ने छैनन् । नेपाली उठ्न बाँकी छ, नेपाली बोल्न बाँकी छ । जनतालाई सधैं यसैगरेर पेलेर राख्न सकिएला र ? जव नेपाली नेपालको झण्डा बोकेर उठ्छन्, बोल्छन्, त्यतिबेला भारतीय बाबुरामको गति र हविगत के होला ?











