दलहरु फुटेर होइन जुटेर अगाडि बढनु पर्ने समय आएको छ । आमसहमति अहिलेको आबश्यक बन्न गएको छ । पुराना पुस्ताका नेताहरुले सत्ता, स्वार्थ र सम्पति बाहेक अरु देखेका छैनन् । उनीहरु नै आम सहमतिको बाधक बन्न पुगेका छन । एकदलका नेताले भनेको कुरा अर्को दलका नेताले मान्न छाडेका छन । एक आपसमा अहम र इस्या बढदै गएको छ । अघिल्लो पुस्ताका नेता अतीत बन्न पुगेका पुगेका छन । युवाहरु भने वर्तमानका आधार बन्न पुगेका छन । पहिलो पुस्ताका नेता कमजोर भएका छन, शारीरिक हिसाबले र मानसिक हिसाबले पनि । उनीहरुको अवस्थाको तुलनामा युवावस्थामा केही बढी जोस हुन्छ, जाँगर हुन्छ र उत्साह हुन्छ । केही गर्ने र गरेर देखाउने हुटहुटी छ उनीहरुमा ।
युवा भित्रको यही उर्जा प्रयोग गर्दै देशमा थुप्रै राजनीतिक परिवर्तन सम्पन्न भए । युवाशक्ति जसको प्रमुख सहायताले परिवर्तन सम्भव गरायो । दुर्भाग्यवस परिवर्तन पश्चात त्यहि शक्ति शासित भएर बस्नुपऱ्यो । सेवक भएर बस्नुपऱ्यो । नेपाली युवाको नियति यस्तै बन्दै गयो । यदि राष्ट्रको साँच्चै विकास गर्नु छ भने युवालाई शासित बनाउने होइन, शासक बनाउने हो । जोसँग सम्भावना छ, शक्तिको भण्डार छ, त्यो शक्ति आदेश पालनकर्ता मात्रै भएर बस्नुपऱ्यो भने यो जति दुर्भाग्य अरु के हुन्छ ?
विश्वमा विज्ञानको हिँडाई यति तीब्र गतिमा छ कि त्यही गतिमा राष्ट्र हिँडाउन नसक्ने व्यक्तिले राष्ट्रको नेतृत्व लियो भने राष्ट्र पछि पर्छ । मानिसको आफ्नो आन्तरिक बनावट र आन्तरिक स्वभाव जस्तो छ, उसले बाहिर त्यस्तै प्रतिक्रिया देखाउने हो । व्यक्ति भित्र विकासको भोक जति तीब्र हुन्छ , त्यही अनुपातमा व्यक्तिले बाहिर काम गर्छ । अरुमा भन्दा तन्नेरी वर्गमा विकासको भोकको मात्रा ज्यादा हुन्छ, त्यसैले उक्त वर्गले त्यही अनुपातमा बाहिर काम पनि गर्न सक्छ । आजसम्म देशमा युवाहरुको व्यापक प्रयोग भयो तर उनीहरुले अवसर पाएनन् र अहिलेसम्मका युवाले निकै परिपक्व भइसकेको पुस्ताको शासनसत्ता स्वीकारेर बसे । तर अब विस्तार विस्तार आफूभन्दा अघिल्लो पुस्ताको नेतृत्वप्रति उनीहरुमा ठूलो असन्तुष्टि पैदा हुन थालेको छ । अघिल्लो पुस्ताका नेतृत्वले बहुसंख्यामा रहेको युवाको चाहनालाई सम्बोधन गर्न नसकेका कारण यस्ता असन्तुष्टिका स्वर जन्मिन थालेका हुन् ।
सहजै अनुमान गर्न सकिन्छ यदि परिपक्व पुस्ताले युवा पुस्ताको चाहना बुझ्न सकेन भने उसमाथि आवश्यक हस्तक्षेप हुन सक्छ । तन्नेरीहरुले जवर्जस्तीरुपमा भए पनि निर्णय तहमा आफूलाई स्थापित गर्ने उपायको खोजी गर्नेछन् । युवाहरुमा निहित जोस, जाँगर, उत्साह र बुद्धि नै उनीहरुप्रति विश्वास गर्ने आधार हो । संविधान निर्माण प्रक्रियामा युवाहरुले आवश्यक दबाव दिन सक्नु पर्छ । मुलुकलाई निकास दिनका लागि राष्ट्रिय सहमतिको आबश्यकता परेको छ । यस्तो समयमा उनीहरु मुलकको हितको लागि एक कदम अगाडि बढनु पर्छ । राष्ट्रिय हितमा काम गर्नका लागि युवाहरु तयार हुनु पर्छ ।
tA � P�P�ो ? मेरो अस्तित्व कहाँ छ ? आफुले आफैलाई प्रश्न गरें– म त नेपाली । के हो नेपाली भनेको ? नेपाल स्वतन्त्र छ तर खोई मेरो स्वतन्त्रता ? म कसरी स्वतन्त्र ? मलाई लाग्यो– हाम्रो सहनशील चेतनाले गर्दा भारतीय डाक्टरहरू हामीलाई मूर्ख बनाइरहेका छन् । देशलाई पराधीनतिर धकेलीरहेका छन् । जन्मभूमि आमा चिच्याइरहेकी छिन्, मजस्ता आम नागरिक आमाको चित्कारलाई पनि सहिरहेकै छन् । कतिञ्जेल सहने ?
अव त बोल्ने बेला भएन र ? कतारको ५० डिग्रीको उच्च तापक्रममा काम गर्दा मलाई त्यति पीडा भएको थिएन, जति आज भइरहेको छ । मैले अनुभव गरें, मेरो राष्ट्रियता खतरामा परेको छ । विश्व इतिहासमा सधैं स्वतन्त्र रहेको मेरो देशको स्वाभिमान संकटमा परेको छ । मेरो नेपालमा विदेशी व्यक्ति पो प्रधानमन्त्री भएका रहेछन् । उसको सर्टिफिकेट पनि विदेशी नै रहेछ । त्यसैले होला उसले हाम्री आमालाई विदेशी साङ्गलोमा बाँध्न खोजेको । मलाई लाग्यो हामी धेरै गर्नसक्छौं, अहिलेको सहनशीलता र शान्ति, ठूलो आँधी आउनु अघिको शान्ति हो । पक्कै पनि यो भित्रभित्रै भुसको आगो सल्किरहेको शान्ति हो । मलाई भएको जस्तो औडाह, देशभक्त नेपालीलाई भइरहेको छ । सबै चेतनशील जनजनले मनमनै भनिरहेका छन् : पख भारतीय बाबुराम तिमीलाई नेपाली देशभक्तहरूले छोड्ने छैनन् । नेपाली उठ्न बाँकी छ, नेपाली बोल्न बाँकी छ । जनतालाई सधैं यसैगरेर पेलेर राख्न सकिएला र ? जव नेपाली नेपालको झण्डा बोकेर उठ्छन्, बोल्छन्, त्यतिबेला भारतीय बाबुरामको गति र हविगत के होला ?









