काठमाडौ । नेपालको पुरानो प्रजातान्त्रिक पार्टी नेपाली काँग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघभित्रको विवाद चुलिदै गएपछि असन्तुष्ट पक्षद्वारा छुट्टै महाधिवेसनको घोषणा गरिएको छ । संस्थापन पक्षले आँफुहरुलाई जानकारी नै नगराइ महाधिवेसनको तिथि मिति तोकेको आरोप लगाउँदै संघ भित्रका ४८ जना असन्तुष्ट केन्द्रिय सदस्यहरुले गत शनिवार छुट्टै महाधिवेसनको मिति तोकेका छन ।
नेपाली काँग्रेसको एकीकरणपछि लामोसमय सम्म नेपाल विद्यार्थी संघको महाधिवेसन हुन सकेको थिएन । प्रत्येक दुई दुई वर्षमा हुनुपर्ने महाधिवेसन तीन वर्ष पुग्दा पनि हुन नसकेपछि गत चैत्र ५ गते पार्टीले १०१ सदस्यीय तदर्थ समिति गठन गरेको थियो । उक्त तदर्थ समितिले काँग्रेस भातृ संगठन नेपाल विद्यार्थी संघ भित्रको विवाद झनै चुलिएको थियो । असन्तुष्ट पक्षद्वारा आºना २८ जना केन्द्रिय सदस्यको राजीनामा सँगै पार्टीकार्यालयमै अनसन बसेपछि गत जेठ ३१ गते तदर्थ समिति पुनर्गठन गरी असन्तुष्ट पक्षका थप वीस सहित १२१ सदस्यीय कार्यसमितिको गठन गरिएको थियो ।
नेपाल विद्यार्थी संघका अध्यक्ष रञ्जित कर्णले गत साउन १८ गते काठमाडौंको दरवार हाइस्कूलमा एक पक्षीय केन्द्रीय सदस्यहरुको भेला बोलाई महाधिवेसनको मिति तय गरेको असन्तुष्ट पक्षले आरोप लगाएको छ । संघका अध्यक्ष रञ्जितले गरेको भेला एकलौटी भएको आरोप लगाउँदै उक्त भेलाले गरेको निर्णय वदर गरी संस्थापन र असन्तुष्ट दुवै पक्षका विद्यार्थीहरुको अर्को वैठक बोलाएर महाधिवेसनको नयाँ मिति घोषणा गर्न असन्तुष्ट पक्षले आग्रह गरेको छ । त्यसो नगरे आँफुहरुले तय गरेको मितिमा आºनो पक्षको छुट्टै निर्वाचन गर्ने असन्तुष्ट पक्षका संयोजक एवं केन्द्रिय सदस्य ऋषिकेश जंग शाहले पत्रकार सम्मेलनमा जानकारी दिए । संयोजक शाहले तत्काल पार्टीले हस्तक्षेप गरी संघ भित्रको विवाद नमिलाए आँफुहरुले संस्थापन पक्षले घोषणा गरेको निर्वाचनमा भाग नलिने र पौष १६,१७ र १८ गते पर्साको विरगञ्जमा नेपाल विद्यार्थी संघको महाधिवेसन गरेरै छाड्ने दावी गरे । संघको संस्थापन पक्षले आगामी पौष २५,२६,र२७ गते झापा,लाहान,विराटनगर र काठमाडौं मध्ये कुनै एक स्थानमा महाधिवेसन गर्ने घोषणा गरेको थियो ।
संघको विधान विपरित गठन गरिएका अनुशासन समिति र निर्वाचन समिति भंग गरी आपसी सहमती र संघको विधान वमोजिम निर्वाचन र अनुशासन समिति गठन गर्नु पर्ने माग विज्ञप्तीमा गरिएको छ । संघको वर्तमान कार्यसमिति गठन हुनु भन्दा पहिला गठन गरिएका जिल्ला र क्याम्पसहरुका कार्यसमति र समतिहरु खारेजी गरी प्रत्येक जिल्ला र क्याम्पसहरुमा २/२ जना नयाँ केन्द्रिय प्रतिनिधिहरु खटाई जिल्ला र क्याम्पसहरुमा अधिवेसन सम्पन्न गर्नुपर्ने माग विज्ञप्तीमा गरिएको छ । संघका केन्द्रिय सदस्य एवं संयोजक शाहले पार्टी नेतृत्व समक्ष एकताको आग्रह गर्दै आफुहरुका मुद्धाको सुनुवाइ भए एउटै महाधिवेसनबाट नेतृत्व चयन गर्न आँफुहरु तयार रहेको उल्लेख गरे ।
राष्ट्रियता कमजोर भएको वर्तमान अवस्थामा ‘जातीयता हैन आत्मियता खोजौं,साम्प्रदायिकता हैन राष्ट्रियता रोजौं’ भन्ने नाराकासाथ महाधिवेसनको छुट्टै मिति तय गरेको असन्तुष्ट पक्षले उसको राजनीतिक प्रस्तावमा विघटित संविधान सभाको पुनसर््थापनाको समेत माग गरेको छ । पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा समेत विघटित संविधान सभाको पुनसर््थापनाको पक्षमा उभिदै आएका छन् । काडमाडौंको शंकरदेव क्याम्पसमा आयोजित पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तीमा शैक्षिक र महाधिवेसनसम्वन्धि भिन्न प्रस्तावहरु प्रस्तुत गरिएको थियो । नेपाली काँग्रेस विभागीय प्रमुख नविन्द्रराज जोशी र संघको केन्द्रिीय समितिलाई छलेर संस्थापन पक्षले गरेको महाधिवेसन घोषणाको कुनै औचित्य नरहेको वितरित प्रेस विज्ञप्तीमा उल्लेख छ ।













