वीरेन्द्र सापकोटा
पोखरा । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले संविधान अनुसारको भूमिका खलेर निकासको पहल गर्न राष्ट्रपतिलाई आग्रह गर्नु भएको छ । संवैधानिक संकटका कारण मुलुक अधिनायकवाद तर्फफस्दै गएको भन्दै कोइरालाले राष्ट्रपति डाक्टर रामबरण यादवलाई संविधानको अक्षरमात्रै हरेर नबसस्न आग्रह गर्नुभयो । कास्कीको पोखरामा सुरु भएको तीन दिने काँग्रेसका जिल्ला सचिवहरुको भेलाको उदघाटन गर्दै कोइरालाले निर्वाचन आयोगले समेत निर्वाचन हुन नसक्ने बताइसकेकाले राष्ट्रपतिले संविधानको संरक्षक तथा राष्ट्राध्यक्षको हैसियतले उचित कदम चाल्नु पर्ने बताउनुभयो । कोइरालाले अबको सरकार कांग्रेसको नेतृत्वमा बन्ने र सहमतिको सरकार हुने दावी पनि गर्नुभयो । मुलुकलाई काँग्रेसले मात्रै संवैधकानिक तथा राजनीतिक संकटवाट वचाउन सक्ने भएकाले छिट्टै सरकारको नेतृत्वमा पुग्ने पनि कोइरालाले बताउनुभयो । भेलालाई सम्वोधन गर्दै उपसभापति रामचन्द्र पौडेलले एकीकृत माओवादी सत्ता लम्बाउने खेलमा लागेको आरोप लगाउनुभयो । संविधानसभा विघठनसंगै ५ बुँदे सहमति पनि खारेज भइसक्यो भन्नु सत्ता लम्ब्याउने प्रपञ्चमात्रै भएको पौडेलको भनाई थियो । पार्टीका अर्का महामन्त्री कृष्ण सिटौलाले नेपाली जनतालाई हत्या, हिंसा र आतङ्क चाहिएको छैन भन्दै अब माओवादीले कहिल्यै पनि हिंसा मच्चाउन सक्दैनन् भन्नुभयो । नेपाली काँग्रेस देशमा जातीय द्वन्द्व भड्काएर मुलुकलाई रक्तपातपूर्ण अवस्थामा पुर्याउन चाहँदैन भन्दै काँग्रेसले सबै धर्म संस्कृतिको एकता सुदृढ गर्न चाहेको धारणा राख्नुभयो । पार्टीका केन्द्रीय सदस्य तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले सबै राजनीतिक दलहरुबीच सहमति, सहकार्य र एकतामा जोड दिँदै मुलुकलाई अनिर्णयको बन्दीबाट पार लगाउन काँग्रेसले कडा निर्णय गर्नुपर्नेमा जोड दिनुभयो । अर्का केन्द्रीय सदस्य एवम् पूर्व उपसभापति गोपालमान श्रेष्ठले राष्ट्रिय सहमतिको सरकार नबनेसम्म मुलुक अन्योल र अनिश्चिततातर्फ धकेलिने चेतावनी दिनुभयो । पोखरा उद्योग वाणिज्य सङ्घको सभाहलमा सुरु भएको भेलामा देशभरका जिल्ला, प्रशिक्षक र अरु समेत गरी झन्डै डेडसय सहभागी रहेको कास्की काङ्ग्रेस सभापति यज्ञबहादुर थापाले जानकारी दिनुभएको छ । नेपाली काङ्ग्रेसले पहिलोपटक सचिवहरुको मात्रै राष्ट्रिय सम्मेलन गरेको हो । यसअघि साउन १५ र १६ गते जिल्ला सभापतिहरूको भेला सिन्धुपाल्चोकको बाह्रबीसेमा सम्पन्न भइसकेको छ ।
�����P�Pा २/२ जना नयाँ केन्द्रिय प्रतिनिधिहरु खटाई जिल्ला र क्याम्पसहरुमा अधिवेसन सम्पन्न गर्नुपर्ने माग विज्ञप्तीमा गरिएको छ । संघका केन्द्रिय सदस्य एवं संयोजक शाहले पार्टी नेतृत्व समक्ष एकताको आग्रह गर्दै आफुहरुका मुद्धाको सुनुवाइ भए एउटै महाधिवेसनबाट नेतृत्व चयन गर्न आँफुहरु तयार रहेको उल्लेख गरे ।
राष्ट्रियता कमजोर भएको वर्तमान अवस्थामा ‘जातीयता हैन आत्मियता खोजौं,साम्प्रदायिकता हैन राष्ट्रियता रोजौं’ भन्ने नाराकासाथ महाधिवेसनको छुट्टै मिति तय गरेको असन्तुष्ट पक्षले उसको राजनीतिक प्रस्तावमा विघटित संविधान सभाको पुनसर््थापनाको समेत माग गरेको छ । पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा समेत विघटित संविधान सभाको पुनसर््थापनाको पक्षमा उभिदै आएका छन् । काडमाडौंको शंकरदेव क्याम्पसमा आयोजित पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तीमा शैक्षिक र महाधिवेसनसम्वन्धि भिन्न प्रस्तावहरु प्रस्तुत गरिएको थियो । नेपाली काँग्रेस विभागीय प्रमुख नविन्द्रराज जोशी र संघको केन्द्रिीय समितिलाई छलेर संस्थापन पक्षले गरेको महाधिवेसन घोषणाको कुनै औचित्य नरहेको वितरित प्रेस विज्ञप्तीमा उल्लेख छ ।













