ज्यो. दीपक गुरु
मेष राशि (चु.चे.चो.ला.लि.लु.ले.लो.अ.)
ज्योतिषीय दृष्टिमा मेष राशि हुनेहरूको लागि यो वर्ष आंशिक पक्षमा मात्रै अनुकूल रहेको मान्न सकिन्छ । राहु एवं शनि वर्ष भरी नै र गुरु बृहस्पति वर्षको पूर्वार्ध पछि प्रतिकूल देखिएका छन् जसले गर्दा मिथ्या विवाद, विश्वासघात र ‘आफू ताक्छ मुढो बन्चरो ताक्छ घु“डो’ भने जस्तो फल दिन सक्नेछ । तथापि बढी नै प्रयत्न गरेर वर्षका शुरुका तीन महिनामा अत्यावश्यक काम बनाउन सकिनेछ । भर कोसिसले विद्यार्थीहरूले पनि
यो समयावधिको सदुपयोग गरी उपलब्धि लिन सकिने छ ।
जन्मकालमा सम्बन्धित ग्रह प्रतिकूल भई सन्तान दोष व्यहोर्न परिहेकाहरूको लागि आषाढ उपरान्त सावधानी अपनाउन पर्ने देखिएको छ । विशेष गरी गर्भवतीहरूले बढी ध्यान पु¥याउन जरुरी देखिन्छ । कसैकसैलाई सन्तान कष्ट हुन जानेछ । वर्षको मध्ये वरपरबाट कसैकसैलाई रोग–शोक र कुसंगतको खतराको पनि ग्रहले लक्षित गरिरहेको छ । प्रायजसो सबैलाई बढी संघर्ष र कम उपलब्धिको कारण मानसिक उद्दिग्नता तथा उदासिनता बढ्न गइ आस्थाको धरोहरमा ह्रास आउने एवं किंकर्त व्यविमूढताको मनोविज्ञानले प्रसय पाउन सक्ने देखिन्छ ।
यो वर्ष अनिष्ट फललाई न्यून गर्न हतोत्साही नभइ इष्टदेवको भक्ति तथा साधनालाई बढीभन्दा बढी बढाउनु र शनि, राहु–केतु एवं गुरुको प्रतिकूलतालाई शान्ति गर्न हनुमान–शनि महाकाल वा महाकाली, भैरव–छिन्नमस्ता र विद्यार्थीले सरस्वती तथा सर्वसाधारण सबैले वगलामुखी मा“ एवम् कूलदेवताको श्रद्धाभक्ति, जपपाठ, स्तुती आदि व्रत अवलम्वन गर्नु हितकर हुने छ । आफ्नो औकात–हैसियत अर्थात स्थिति अनुसार कञ्जुस्याई एवं हेल्चेक्र्याई नगरी अन्तर आत्मादेखि नै श्रद्धापूर्वक ग्रहशान्तिको उपाय अवलम्बन गर्नाले धेरै हद्सम्म शान्ति भई शुभफल प्राप्त हुनेछ ।
वृष राशि (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो.)
वृष राशि हुनेहरूको लागि वर्ष संघर्ष कर रहनेछ । घर–जग्गाको मामलामा ग्रहगोचर अनुकूल परेको छैन । स्वास्थ्यमा पनि ग्रहले विपरित फल दिने तथा पेट जन्य समस्या बढाउने देखिन्छ । दीर्घरोगीहरूले सावधानी अपनाउनु पर्ने हुन्छ । तथापि साउन उपरान्त गुरुको अनुकूलता आउने भएकोले विद्यार्थीहरूले अध्ययनमा प्रगति गर्न सकिनेछ । अन्य क्षेत्रस“ग सम्बन्धितहरूको लागि पनि काम कार्य एवं व्यवसाय आदिमा सहजता बढ्नेछ भने केही महत्वपूर्ण काम कार्यहरू बन्नेछन् । तर गुरुको अनुकूलता भएपनि राहु आदि ग्रहको बाधक भूमिका रहिरहने हुनाले धेरै सहज मानिहाल्न पनि मिल्ने छैन । जन्मकालमा शनि आदि पाप ग्रह अकारक हुनेहरूको लागि दुर्घटना–चोटपटक, दैविक विपत्ति तथा धनजनको क्षति, दाम्पत्य कष्ट एवं विवादप्रद देखिएको छ भने परिबन्द, यात्रामा कष्ट, चोरी, राज्यबाट भय–कष्ट, गलत संगत, स्वजनबाट विश्वास घात, फसिने–ठगिने, नहुनेकार्यमा मन जाने–आसक्ति बढ्ने, मिथ्या विवाद, अपव्यय, समय टरेपछि पश्चाताप हुने ग्रह गोचरीय स्थिति छ । तथापि बैशाख, भाद्र र आश्विन महिनामा यस्ता अनिष्ट एवम् बढी प्रतिकूल देखिएको छ भने मंसिर–पौष महिना पनि शारीरिक एवम् मानसिक कष्टकर रहने छ । कपट सम्बन्धको फन्दा देखिएको हुनाले वैवाहिक कार्य गर्न पर्दा वा प्रेममा विशेष ख्याल पु¥याउन जरुरी देखिन्छ । यौनरोग, गर्भाशय, मलाशय, ठूलो आन्द्रा, पौरुष ग्रन्थी, मिर्गौला, सक्रामक रोग आदिको सम्भावनालाई नकार्न नसकिने हुनाले तत्सम्बन्धी विषयमा संयम हुनु जरुरी देखिन्छ । व्यापारिक व्यवसाय क्षेत्र भने अन्य पेशाको तुलनामा सामान्य लाभ देखिन्छ । लगानीका क्षेत्रमा असम्भव प्रस्ताव आउन सक्नेछ, जसलाई ग्रहण गर्नुले पश्चाताप तथा धोका हुन सक्नेछ । शनि, राहु–केतु र गुरुको दुष्प्रभाव घटाउन महाकाल शनि मृत्युञ्जय स्तोत्र, भैरव–छिन्नमस्ताको दर्शन भक्ति, काग–कुकुर सेवा र ब्रह्मज्ञानी गुरुजनको आर्शिवाद लिने जस्ता उपाय अवलम्वन गर्नु हितकर हुनेछ ।
मिथुन राशि (का.कि.कु.घ.ङ.छ.के.को.ह.)
मिथुन राशिको लागि यो वर्ष अधिकांश ग्रह अनुकूल रहेको भएता पनि भाग्य स्थानमा रहेको केतुको कारण काम कार्यहरू अन्तिममा बिग्रन सक्ने सम्भावना देखिएको छ । जसको उपयुक्त उपाय अवलम्बन गर्नु बुद्धिमानी हुनेछ । उपाय अवलम्बन गरी अघि बढेमा राजनीति, समाजसेवा, प्रतिस्पर्धा आदिमा सफलता र वीजय प्राप्त हुनेछ । रोजगार–पद प्रतिष्ठा एवम् पदोन्नती प्राप्त हुनेछ, व्यापार–व्यवसायका क्षेत्रमा प्रगति हुने र चौतर्फि लाभ प्राप्त गर्न सकिने । न्यायिक क्षेत्रमा विजय मिल्नेछ । वर्षको मध्यपूर्व विदेश यात्रा, विवाह, जागिर, पदोन्नती, व्यापार–व्यवसाय आदि आ“टे ताकेका औकात अनुसारका कार्यमा मिल्नेछ । साउन उपरान्त बृहस्पति ग्रहको भूमिकामा ह्रास आउने हुनाले वर्षको मध्यपछि अध्ययनमा उन्माद बढ्ने तथा रुची कम हुन सक्ने सम्भावना देखिएको छ जसको उपयुक्त उपाय खोज्नु बुद्धिमानी हुनेछ । बैशाख–आषाढसम्म बावु आमाका लागि सन्तानको तर्फबाट चिन्ता बढ्न सक्नेछ । असार–भदौको अवधि ढाड–कम्मर, घु“डा–खुट्टा तथा हाडजोर्नी–नशा सम्बन्धी समस्या हुने योग परेको हुनाले स्वास्थ्य एवं आहार विहारमा ध्यान दिन जरुरी देखिएको छ । असोज कार्तिक र माघ फागुन दाम्पत्य–प्रेमकष्ट वा असमझदारी बढ्नसक्ने छ । यो राशि हुनेहरूले यो वर्ष केतुको दुष्प्रभाव न्यूनिकरण गर्न भैरव उपाशना आदि आफ्नो अवस्था एवं हैसियत अुनसारको उचित उपाय अवलम्बन गर्नु शुभप्रद हुनेछ । ग्रह शान्तिका उपायहरू सात्विक पारामा आफ्नो कूलधर्म संस्कृति अनुसार पनि अवलम्बन गर्न सकिन्छ ।
कर्कट राशि (हि.हु.हे.हो.डा.डि.डु.डे.डो.)
कर्कट राशि हुनेहरूको लागि माघ महिनासम्म उन्मादिलो रहने छ । बैशाख र जेठ महिना स्वभाविक सफलता एवं लाभप्रद रहे पनि समय समयमा सञ्चित धनको आकस्मिक खर्च गराउने गोचर रहेको छ । विशेष महत्वपूर्ण कामकार्यमा अनपेक्षित तवरबाट अलमल हुने लक्षण छ । जन्म समयमा शनि आदि ग्रह प्रतिकूल हुनेलाई पेटको विमार, चोटपटक–अपरेशनसम्मको समस्या नहोला भन्न सकिन्न । नीति–व्यवहार र सैद्धान्तिक पक्षमा विचलनको कारणले गर्दा सैद्धानितक प्रयोगको क्षेत्र जस्तै राजनीतिक कर्मीको लागि पार्टी भित्रै, दर्शन शास्त्री तथा विद्यार्थीलाई दर्शनको क्षेत्र, धार्मिक आध्यात्मिक व्यक्तित्वलाई सम्बन्धित क्षेत्र एवं पक्षबाट टिका टिप्पणी, आलोचना तथा अपजश एवम् विरोध आइपर्ने छ । सन्तान (छोराबुहारी)लाई कष्ट हुने वा सन्तानस“ग असमझदारी बढ्न सक्ने वा सन्तानबाट खर्च बढ्ने वा अपहेलित हुनपर्ने हुन सक्छ भने गर्भावस्थामा रहनु भएकाले विशेष ख्याल पु¥याउनु पर्नेछ । वर्षको मध्यतिर अध्ययनमा प्रतिकूलता देखिएको छ, आकस्मिक रूपमा अबरोध आइलाग्न सक्नेछ, ज्ञानोन्माद नगरेकै राम्रो हुनेछ । कोही कोहीलाई तान्त्रिक आदि गुप्त विद्याको अभिलाषा बढ्ने, भूमिगत एवम् जासुसी कर्ममा उद्यत हुने बुद्धि पलाउने सम्भावना देखिएको छ । पशुपालन, कृषि कर्मजन्य व्यवसाय, प्राविधिक क्षेत्रमा ग्रहले अनुकूल फल दिनेछ । तŒवोन्मादको वाबजुत पनि धर्म–अध्यात्मको पक्षमा भने सफलता मिल्ने छ । यो वर्ष विद्यार्थीले सरस्वतीको स्तुति बढाउने र सर्वसाधारण सबैले शनि, राहु र केतुको दुष्प्रभावलाई न्यूनिकरण गर्न हनुमान चालिसा, भगवती स्तोत्र, भैरवस्तोत्र आदि पाठ वा महाकालशनि, भैरवदेव, काली, छिन्नमस्ता अथवा आफ्नो कूल धर्म एवं संस्कृति अनुसार सम्बन्धित देवदेवीको सात्विक पूजापाठ, ध्यानधारणा, व्रत आदि उपायहरू अवलम्वन गर्नु बुद्धिमानी हुने छ । आश्विन पूर्व र १५ कार्तिक पछि मङ्गल ग्रहको भूमिका पनि प्रतिलुजन्य रहने भएको ले सोको लागि गुरु गणपति देवको श्रद्धाभक्ति गर्नु शुभकर हुनेछ ।
सिंह राशि (म.मि.मु.मे.मो.ट.टि.टु.टे)
सिंह राशिका व्यक्तिलाई यो वर्ष शुरुमा अल्लि र साउनपछि केही कम संघर्ष कर रहनेछ । जन्म कालिन शनि, राहु एवं केतु ग्रह प्रतिकूल हुनेहरूको लागि ज्योतिषीय दृष्टिमा यो वर्ष अनुकूलताको तुलनामा संघर्ष बढी देखएिको हो । चोटपटक–घाऊ खटिरा जन्य रोग, दैविक विपत्ति, व्यवहारिक, घरायसी एवम् पारिवारिक समस्याहरूले दुःख दिन सक्ने भएकोले हर प्रकारको सावधानीको आवश्यकता देखिन्छ । कूलमा रोगको प्रकोप, मान्यजन वियोगको सम्भावना तथा आफन्त, साथीभाई, छरछिमेकी, सहकर्मी आदिस“ग असमझदारीको सामना गर्नुपर्ने छ । मुद्धा मामिला पर्न सक्ने, घर–जग्गाको कार्यमा विश्वास घात–धोका हुने, फसिने तथा पछुतो हुने समय परेकोले सित्तिमिति कसैको भरोसा नगरेकै राम्रो हुनेछ । साउन पछि भने गोचर केही अनुकूल बन्ने भएकोले काम कार्यमा पनि शुभ लक्षणहरू प्रतित हुन थाल्नेछ । तथापि अढैया शनि र राहु केतुको दुष्प्रभावको कारण सावधानि चाही“ हुनै पर्नेछ । शत्रु बढे पनि पौष उपरान्त शत्रुलाई पनि हानी हुनेछ, यो समयमा कम्मर भन्दा तल र घु“डादेखि माथिको भागमा समस्या आउन सक्छ । तीर्थादि यात्राको सम्भावना देखिएको छ तथापि साथ संगतिको ख्याल पु¥याउनै पर्ला । दानपूण्यको समय परेकाले घरमा विवाह वर्तबन्ध आदि माङ्गलिक कार्य गर्न हुने देखिन्छ । स्वास्थ्यमा खराबी आउने, खर्च बढ्ने जस्ता आकस्मिक प्रतिकूलताको बाबजुत पनि साउनबाट गुरु बृहस्पतिको अनुकूलता आएपछि बुद्धि विवेक पु¥याएर चल्नेहरूको लागि धेरै राहतको अनुभूति हुनेछ । विद्यार्थी तथा शिक्षास“ग सम्बन्धितले ज्ञानोन्माद् नगरी समयको सदुपयोग गरेको खण्डमा मात्रै शुभ परिणाम हात पार्न सकिएला । व्यापार–व्यवसायमा देखिएको मन्दि, समाजसेवा, राजनीति, जागिरमा आएको अपजश जन्य स्थिति, घरपरिवार–कूलमा देखिएको दुःखविमार, पशुचौपाया तथा घरजग्गा एवम् कृषि आदिमा देखिएको समस्यालाई न्यून गर्न हनुमान–शनि महाकाल एवम् भैरवदेव र कूलदेवताको सात्विक स्तुति आराधना गर्नु मनासिव हुनेछ ।
कन्या राशि (टो.प.पी.पु.ष.ण.ठ.पे.पो.)
कन्या राशि हुनेहरूको लागि यो वर्ष मध्यम अनुकूल रहेको छ । अवसरको सदुपयोग गरेमा राजनीति, समाजसेवा, व्यापार–व्यवसाय आदिमा सफलता हात पार्न सकिने छ । बृहस्पतिको अनुकूलता आइ नसकेको भएपनि सोच विचार एवं बृहस्पतिको नाममा आफ्नो औकात अनुसारको आत्म समर्पण गरेको खण्डमा नया“ र दीर्घकालिन कार्यको थालनीको लागि सोच विचार तथा कार्य योजना बन्ने, गुमेको मान प्रतिष्ठा फिर्ता गर्न सकिने, विग्रिएको सम्बन्ध एवम् कार्यहरूको पुनर्संरचना हुने र अड्केर रहेका केही कार्यहरू पूर्ण हुनेछन् । न्यायिक क्षेत्र सबल रहनेछ । जेठ–श्रावणमा पेटमा समस्या देखिन सक्नेछ भने बैशाख, भाद्र–आश्विनमा हात तथा छातिमा चोट वा रोग र दाजुभाईमा कष्ट वा वादविवादको सम्भावना छ । मंसिर उपरान्त सन्ततीलाई संघर्षले सफलता दिलाउने, आम्दानी भएपनि सञ्चय गर्न कठिनाइ पर्ने, वाणीमा कठोरता आउने, ज्ञानोन्माद बढ्ने, नीति तथा सिद्धान्तमा विचलन आउन सक्ने, प्रमात बढ्ने र आस्थाको धरोहरमा ह्रास आउन सक्ने देखिएको छ । माघ उपरान्त अढैया शनिको प्रभाव नजिकिने हुनाले पारिवारिक, छरछिमेक तथा कार्यक्षेत्रमा प्रतिकूलता जन्य लक्षणहरू प्रतित हुन सक्ने छन् । मान्यजन कष्टादिको सम्भावनालाई पनि नकार्न सकिन्न । यो वर्ष यहा“ले गुरु बृहस्पति तथा राहुको र फाल्गुण उपरान्त शनिको समेत प्रतिकूलतालाई न्यूनिकरण गर्ने उपायहरू जस्तै विद्वानजनको आर्शिवाद, गरीब दीनदुःखी बालबालिकालाई अध्ययनको पक्षमा सहयोग, बगलामुखी, भैरवदेव, छिन्नमस्ता आदि देवदेवीको दर्शनभक्ति एवं इष्टदेवको साधनामा बृद्धि आदि मार्ग अवलम्बन गर्नु शुभप्रद हुनेछ ।
तुला राशि (रा.री.रु.रे.रो.त.ति.तु.ते.)
तुला राशिको लागि यस वर्ष शुरुसम्म ठिक–ठिकै रहे पनि आषाढ उपरान्त माघसम्म त्यति सहज मान्न अल्लि नसकिने देखिन्छ । अतः विशेष कामकार्य सम्पादन आषाढ भित्रै गर्न जोड गर्नु बुद्धिमानी हुनेछ । वादविवाद, काम कार्यमा अबरोध, मान प्रतिष्ठामा आ“च आउने, यात्रा कष्ट, सञ्चित धनको खर्च, स्वास्थ्यमा समस्या, अपखबर र परिबन्दनीय परिस्थिति आदि प्रतिकूलताको सामना गर्नपर्ने ग्रह गोचरीय अवस्था देखिएको छ । सामान्य कार्यले अल्मल्याउ“दा ठूला काममा समय दिन नसकिने, अधिक परिश्रमले थोरै उपलब्धिमा चित्त बुझाउन पर्ने, खानपान विपरित हुने, विश्वासघाती संगतमा परिने आदि प्रतिकूलतास“ग जुध्न पर्ने सम्भावना छन् । घर छाड्न पर्ने–टाढा जानुपर्ने अथवा परिवर्तन गर्न पर्ने, भोगभङ्ग अथवा स्थानच्यूती, मुद्धा मामिला जन्य स्थिति तथा पछि पश्चाताप हुने जस्तो पनि नपर्ला भन्न सकिन्न । आत्तिनु वा हतारिनुले क्षतिलाई नै बढाउने हुनाले मानसिक उद्दिग्नता र निराशालाई हटाउन यथेष्ट धैर्यताको क्षमता बढाउनु नै बुद्धिमानी हुनेछ । फागुनबाट साढे साती शनिको दुष्प्रभाव समाप्त हुनेछ, तथापि विशेष काम कार्यको लागि गुरुको अनुकूलता आइन सक्ने भएकोले केही समय प्रतिक्षा गर्न पर्नेछ । अनिष्ट एवम् तनावलाई समन गर्न माघ महिनासम्म हनुमान तथा शनि महाकालको, वर्षभरी विद्यार्थीले विद्याकी देवी सरस्वती र भैरवको साथै सर्वसाधारणले वगलामुखीको भक्ति–स्तुति तथा श्रद्धा आराधना गर्नु हितकर हुनेछ । आफ्नो आस्थाको धरोहरप्रति निर्विकल्प रूपमा अटल–श्रद्धा र भरोसा राख्न सक्नेलाई हदैसम्मको समस्याको निकास निस्किइ राहात मिल्ने छ ।
वृश्चिक राशि (तो.ना.नि.नु.ने.नो.य.यी.यु.)
वृश्चिक राशिको लागि यो वर्ष विगतको तुलनामा केही पक्षमा सहज एवम् अनुकूल मान्न सकिएता पनि वर्षको शुरुमा आकस्मिक घटना–दुर्घटना तथा चोटपटक र स्वास्थ्य समस्या व्यहोर्न पर्न सक्छ । वादविवाद तथा यात्रामा विभिन्न खालका कष्टादिको सामना गर्नु पर्नेछ भने दाजुभाई वा मान्यजनको कष्टको सम्भावना प्रबल देखिन्छ । गलत आश्वासनमा फस्ने, आफन्तबाटै विश्वासघात–धोका हुने सम्भावना पनि छ । आषाढ उपरान्त भने गोचर केही सुधार भएको देखिएको छ । धर्म–अध्यात्म, विवाह–व्रतबन्धादि माङ्गलिक कर्म, सन्तान सुख, संघर्षका बाबजुत परिश्रमको फल मिल्ने, अधुरा कार्यहरू पूरा हुने, राजनीति तथा समाजसेवामा पनि अन्तिममा समर्थन र जश मिल्ने खालको समय छ । जागिरको खोजिमा रहेकाहरूको लागि पनि शनिको विशेष उपाय गरेको खण्डमा अनुकूल सम्भावना छ । केही पक्षमा क्षणिक अनुकूलता महसूस हु“दैमा हौंसिने र मात्तिने गर्न भने हुने छैन । स्नायू तथा उदर रोगले सताइ नै रहनेछ, दीर्घरोगिहरूले ख्याल पु¥याइ नै रहनुपर्ला । धेरै नै प्रयत्नले मात्रै जागिरमा पदोन्नती हुन सक्ला, शत्रु प्रभाव रहेकै छ । जन्मकालमा शनि आदि ग्रह अनुकूल रहनेहरूका लागि भने आकस्मिक लाभ एवम् पद प्रतिष्ठा मिल्ने छ । शनि स्तोत्रपाठ, शनि महाकाल, हनुमान, भैरव तथा छिन्नमस्ता आदि शनि तथा राहु–केतुको शान्तिदायक देवदेवीहरूको उपाशना श्रद्धाभक्ति एवम् व्रत गर्नु विशेष हितकर हुनेछ । आआफ्नो कूलधर्म संस्कृति अनुसार पनि सात्विक तवरबाट ग्रह शान्तिका सम्बन्धित उपाय अवलम्बन गर्न सकिन्छ ।
धनु राशि (ये.यो.भ.भि.भु.ध.फ.ढ.भे.)
धनु राशिको लागि यो वर्षको ग्रहगोचर त्यति अनुकूल भन्न सकि“दैन । वर्षको शुरुमा सामान्य रहेपनि आषाढ महिना उपरान्त ग्रह बढी प्रतिकूल बन्दै गएको देखिन्छ । जन्मकालमा शनि आदि ग्रह अकारक हुनेहरूलाई विशेष गरी मिथ्या अपवाद जनित अफवाहले चारित्रिक एवम् नैतिक सवालमा प्रश्न चि≈नसम्म लाग्न सक्ने, अनपेक्षित मुद्दा मामिला–वादविवाद, अन्यौलता, विगतको कपट प्रेम एवम् गुमिसकेको विषयको यादगारले सताउने, आकस्मिक खर्च, धन–जन तथा भौतिक सम्पत्तिको क्षती, दैविक विपत्ति, कूल–परिवारमा ग्रन्थिरोग, घाऊ खटिरा–चोटपटक, वायु विकार–उदर रोग, स्नायू आदि साध्या साध्य रोग विमारजन्य स्वास्थ्य समस्याहरू हुन सक्ने सम्भावनालाई खगोलीय ग्रहस्थितिले संकेत गरेका छन् । विना परिश्रमको धन प्राप्तिको चेष्टा हुन सक्ने, त्यस्तै संगतमा परिने वा गर्न मन लाग्ने र पछि पर्दाफास हुने कैफियत युक्त धन लिन सकिने हुन सक्ने छ । तर जन्म समयमा शनि आदि सम्बन्धित ग्रह अनुकूल अर्थात कारक रहनेको लागि भने प्रतिकूल फल कम मिल्ने तथा बढी शुभ फल प्राप्त हुनेछ । ग्रह प्रतिकूल हुनेले लहै लहैमा नलाग्ने, संयम र धैर्यता गर्नु हितकर हुनेछ । घर–परिवार तथा आफन्तबाट टाढिनु, विदेशिनु, मुग्लान पस्नु, गुप्तबास–भूमिगत हुनु, कठोर तप गर्नु, हठ योग गर्नु, वैराग्य धारण गर्नु, एक्लो हुनु जस्ता कार्यमा ग्रहले उत्प्रेरित गरेको देखिन्छ र यस्तै कार्यबाट हित हुने तर्फ अगाडि बढ्नु बुद्धिमानी हुनेछ । निम्न वर्गीयबाट फत्ते हुने कार्य, शारीरिक परिश्रम बढी गर्नुपर्ने तथा झट्ट हेर्दा सफा सुग्घर नदेखिने र खासै ईज्जतिलो नमानिएको तर लोक सेवा हुने एवम् सदाचारी कार्यमा सफलता मिल्ने छ । त्याग एवम् ईश्वर प्रणिधानको भावनालाई प्रसय दिएर निस्काम गर्नु बुद्धिमानी एवम् सुखकर हुनेछ । विद्यार्थीले सरस्वती माताको, वैदेशिक यात्राको पर्खाइमा बसेका लगायत सर्वसाधारणले हनुमान वीर, शनि महाकाल, वगलामुखी र कूलदेवता आदिको स्तुति गर्नु शान्तिप्रद हुने छ ।
मकर राशि (भो.ज.जी.जु.जे.जो.ख.खि.खु.खे.खो.ग.गी.)
मकर राशिको लागि यो वर्ष स्वास्थ्यको मामला सहित केही पक्षमा बाहेक आषाढ उपरान्त माघसम्म शुभ फलकारक देखिएको छ । समयको सदुपयोग गर्ने र नहौंसिने हो भने यो समयमा धेरै क्षेत्रमा सफलता प्राप्त हुनेछ । राजनीति र समाजसेवा तथा जागिरमा पदोन्नती–प्रगति हुने देखिन्छ । साउन पूर्व सामान्य सन्तानस“ग वैचारिक द्वन्द र कष्ट देखिए पनि उपरान्त सहज हुनेछ । दाम्पत्य सुखमा प्रगाढता आउने, विवाह योग्यका लागि दाम्पत्य सम्बन्ध जोडिने, जग्गा जमिन एवम् वाहनादिको प्राप्ति हुने, सम्मानित यात्रा हुने, शत्रु तथा विपक्षि उपर विजय प्राप्त हुनेर अवैध–कुधनको कुचेष्टा नगरे पनि राम्रै आय–आम्दानी गर्न सकिने जस्ता अनुकूल फलदायक वर्ष छ । कसै कसैलाई अर्श (पाइल्स) आदि पेटको रोग, हात, छाति–घा“टी र खुट्टामा चोट वा समस्या हुन सक्ने कुरालाई भने नकार्न सकिन्न । बुद्धि विवेकको सदुपयोग नगर्ने र हौंस्याट् तथा धनोमाद् गर्नेहरूको लागि भने सञ्चित धनको आकस्मिक अपव्यय गराउन राहु केतुले भूमिका निर्वाह गरिरहेका छन् । विद्यार्थीका लागि साउन महिनाबाट विशेष अनुकूलता बढ्ने छ बुद्धिको युक्ति (जुक्ति) लगाएर समय एवं अवसरको सदुपयोग गरेमा भइरहेको अध्ययन विघ्नतामा सफलता प्राप्त हुनेछ । व्यापार–व्यवसायीका लागि विशेष प्रगतिकारक र कृषक–उद्यमी वर्गको लागि सुख एवम् लाभप्रद समय रहेको छ । फागुनबाट भने साढेसाती शनिको शुरुवात हुने भएकोले अनपेक्षित रूपमा अबरोध एवं प्रतिकूलता प्रतित हुनसक्नेछ, सावधानी रहनुपर्ला । स्वास्थ्य लगायतका सम्भावित अनिष्टको निवाराणको लागि वर्ष भरी भैरवदेवको र आषाढसम्म सरस्वतीको र फागुन उपरान्त हनुमानवीर तथा शनि महाकाल आदिको स्तुतिध्यान एवम् श्रद्धाभक्ति एवं व्रत आदि गर्नु हितकर हुने छ ।
कुम्भ राशि (गु.गे.गो.स.सी.सु.से.सो.द.)
यो वर्ष कुम्भ राशि हुनेहरूको लागि मिश्रित रहेको छ । अधिकांश पक्षमा उथल पुथल र कतै हानी त कतै नसोचेको सफलता र लाभ मिल्न सक्ने छ । गर्दै आएको र भोग्दै आएको क्षेत्र, भोगाधिकार तथा पद प्रतिष्ठाबाट हात झिक्न पर्न सक्छ भने अप्रत्यासित रूपमा विभिन्न खालका प्रस्तावहरू आउने छन् तर नबुझि स्वीकार गर्नु घातक पनि हुन सक्नेछ । साउन उपरान्त घरपरिवार, दाम्पत्य सम्बन्ध, यात्रा, मित्र सम्बन्ध आदिमा एकाएक असमझदारी बढ्ने तथा कष्ट पर्न सक्ने कुरालाई नकार्न सकिन्न । पितृ–मातृ तथा गुरुजन्य मान्यजनको कष्ट–वियोगसम्म व्यहोर्न पर्न सक्ने र शत्रु प्रभाव बढ्ने खगोलीय ग्रहको असर देखिएको छ । पशु चौपाया तथा वाहनादिको पनि क्षति हुने सम्भावना देखिएको छ । पछि पर्दाफास हुने पाप कर्म एवम् कुधन आर्जनको चेष्टा नआउला भन्न सकिन्न । जन्मकालमा शनि राहु आदि ग्रह प्रतिकूल रहेकाहरूले जागिर तथा कर्म क्षेत्रमा देखिएको अड्चनलाई हटाउन र उपयुक्त प्रतिकूलतामा कमि ल्याउन शनि, राहु–केतु र बृहस्पतिको शान्तिका लागि शनि, भैरव, वगलामुखी स्तोत्रको पाठ र विद्यार्थीहरूले सरस्वती मा“ को दर्शन एवम् स्तुती श्रद्धाभक्ति आदि व्रतको पालना गर्नु हितकर रहने छ । ग्रह शान्तिको लागि आफ्नो कूलधर्म संस्कृति अनुसार सात्त्विक विधिबाट सम्बन्धित देवदेवीको श्रद्धाभक्ति पूजापाठ तथा दर्शन आदि गर्न पनि सकिन्छ । फागुन पछि भने शनिको बाधा विघ्न हट्ने र आय आम्दानीको पक्षमा सुधार आउने छ ।
मीन राशि (दी.दु.थ.झ.ञ.दे.दो.च.ची.)
यो वर्ष मीन राशि हुनेहरूको लागि विभिन्न सन्देहको बाबजुत पनि धर्म–अध्यात्म ज्ञानको क्षेत्रमा प्रगति हुने, घर परिवारमा विवाह व्रतबन्धादि दान पूण्यप्रद माङ्गलिक शुभ कर्म हुनेछ । संघर्ष बाबजुत भाग्यमा बृद्धि हुने र आइ लागेका शत्रु पर हट्ने अर्थात शत्रु प्रभाव कम हुने छ । आय–आम्दानीको मात्रा बढ्नेछ । व्यापार–व्यवसाय तथा कृषि उद्यम, राजनीति एवम् समाज सेवा आदि क्षेत्रमा सफलता र पद–प्रतिष्ठा मिल्नेछ । जागिर आदिमा पदोन्नती दायक वर्ष छ । विद्यार्थीहरूको लागि विद्यार्जनमा देखिएको ढिलासुस्ति हटेर ज्ञानार्जनमा सहज हुने तथा विद्वानको उपाधि मिल्न सक्ने छ । प्रवचक तथा वाचक आदि वाणीवृति हुनेहरूको लागि पनि समय उपलब्धि मूलक रहनेछ । संगीतकर्ला कर्मीहरूको लागि पनि यो वर्ष उल्लेखनीय रहनेछ । साहित्यिक व्यक्तित्त्वले यस वर्ष कृति स्थापित गर्न छन् । नया“ पेशा–व्यवसाय तथा जागिर मिल्ने, पुरुषार्थ गर्न सकिने, विवाह योग्यलाई दाम्पत्य सम्बन्ध जोडिने, सन्तानाभिलाषिहरूलाई सन्तान प्राप्ति हुने, वैदेशिक यात्राको पर्खाइमा रहेकाहरूको ईच्छा पूर्ति हुने समय परेको छ । फागुन महिना उपरान्त भने शनि ग्रहको प्रतिकूलता बढ्ने भएकोले जागिर–पेशा–व्यापार व्यवसाय जन्य कर्मक्षेत्र, मान्यजनको स्वास्थ्य, विशिष्ट सम्बन्ध आदिमा प्रतिकूलता सृजना हुन सक्ने भएकोले आवश्यक सावधानी एवं निवारणका उपाय अवलम्बन गर्नु जरुरी हुनेछ । जेठ महिनामा अस्वस्थता तथा गृहकलह, आषाढ–साउनमा हाड–जोर्नीको सम –साउन भदौं दाम्पत्यकष्ट र स्वास्थ्य अवरोधप्रद छ । निम्न वर्गीय श्रमजिवीको पक्षमा सहयोगप्रद कार्य आदि गर्नाले शनिको प्रतिकूलतालाई कम गर्न मद्दत हुनेछ । धर्म–अध्यात्मका क्षेत्र तथा सम्भावित पक्षमा आउने सन्देह र समस्यालाई समन गर्न आफ्नो कुलधर्म संस्कृति अनुसार सात्त्विक विधिले सम्बन्धित उपाय अवलम्बनको साथमा आदिशक्ति भगवती महामायाको श्रद्धाभक्ति तथा ध्यान गर्नु उत्तम हुनेछ । पुनश्च ःजन्म समयमा ग्रहहरू अनुकूल रहेकाहरूलाई यहा“ बताइएका फलमा प्रतिकूल फल कम घट्ने र अनुकूल फल बढी घट्ने हुनेछ । त्यस्तै जन्म समयमा प्रतिकूल ग्रह हुनेहरूलाईप्रतिकूल फल बढी घट्ने र अनुकूल फल कम घट्ने हुनेछ ।













