भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले वर्तमान राजनीतिक अन्योल हटाउनका लागि राष्ट्रपतिले संवैधानिक कदम चाली सरकार बर्खास्त गर्नुपर्ने बताउनुभएको छ ।
रफत सञ्चार क्लबले ँ आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा अध्यक्ष बिजुक्छेले भन्नुभयो, “देश सङ्कटमा परेका बेलामा देशलाई निकास दिनुपर्नेमा राष्ट्रपतिले बाँसुरी बजाएर बस्नुभएको छ, यसरी बस्नु हुँदैन ।”
उहाँले देशको शान्तिसुरक्षा अस्तव्यस्त रहेको र आर्थिक अवस्था डाँवाडोल भएको बेलामा दलहरूले बालुवाटार घेरेर प्रधानमन्त्रीलाई राजीनामा गराउन बाध्य पार्नुपर्ने उल्लेख गर्नुभयो । अध्यक्ष बिजुक्छेले पछिल्लो समयमा देश र जनताको समस्या समाधान हुनाको साटो अस्थिरता बढ्दै गएकाले संविधानसभा, संसद् नरहेको अवस्थामा राष्ट्रपतिले कदम चाल्नाको एक मात्र विकल्प भएको बताउनुभयो ।












